बिषादीमा लगाइएको भ्याट खारेजीको माग गर्दै व्यावसायी आन्दोलित

तनहुँ

सरकारले आगामी आर्थिक वर्ष २०८१⁄०८२ मा प्रस्तुत बजेटमा कृृषि बालीनालीमा प्रयोग हुने सम्पुर्ण विषादीहरुमा मुल्य अभिवृद्धिकर लागाएको भन्दै विषादी बिक्रेताहरु आन्दोलित भएका छन् ।

बिषादीमा लगाइएको मुल्य अभिवृद्धि कर(भ्याट) खारेजीको माग गर्दै दमौलीका विषादी व्यावसायीहरुले पसल बन्द गरेका छन् । नेपाल विषादी व्यावसायी संघ केन्द्रीय कार्यालयको आयोजनामा विषादीमा लगाइएको कर खारेजीको माग गर्दै विरोध स्वरुप सेवा बन्द गरेका हुन् । केन्द्रिय कार्यालयको आयोजनामा भएको व्यवसाय बन्द तनहुँमा पनि एक्यवद्धता जनाइएको नेपाल विषादी व्यावसायी संघ तनहुँका अध्यक्ष सुरेश चन्द्र घिमिरेले बताए ।

विषादीहरुमा मुल्य अभिवृद्धिकर लागु गरेको कारण बाध्य भएर असार १४ र १५ गते (शुक्रवार र शनिवार) पसल बन्द गरेर विरोध जनाइएको तनहुँ बिज भण्डारका सञ्चालक बैकुण्ठनाथ मिश्रले बताए ।

कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मुल्य अभिवृद्धि कर खारेजी गर्नुपर्ने उनिहरुको माग छ । कृषि बालीनालीमा मुल्य अभिवृद्धि कर लागु गर्दा ले किसान संगै विषादी व्यावसायीलाई समेत मार पारेको कारण केन्द्रको निर्णय अनुसार पसल बन्द गरिएको पशुपति विज भण्डारका प्रोपाइटर गुञ्जामान कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.