भानु नगरपालिकामा  कर्मचारीहरूको  अवधि नथपिने निर्णयमाथि नेपाल निजामती कर्मचारी संगठन तनहुँको ध्यानाकर्षण


श्रावण १ तनहुँ । भानु नगरपालिकाको १४औं नगरसभाद्वारा नगरपालिकामा कार्यरत ६ जना कर्मचारीहरूको करार सम्झौता अन्त्य गर्ने निर्णय भएपछि नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति तनहुले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ।

नगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा वृद्धि विकासको प्रत्याभूति मार्फत उनीहरूको मनोभावनालाई उच्च बनाई सेवा प्रवाहमा चुस्तता कायम गर्नुको सट्टा महालेखा परीक्षकको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्र लगायतका विषयवस्तुलाई जोडेर व्यक्तिगत पूर्वाग्रहका आधारमा कर्मचारीहरूको करार अन्त्य गरिनु असान्दर्भिक निर्णय भएको हुँदा उक्त निर्णय को घोर भर्सना सहित तत्काल पुनर्विचार गर्न नगरसभा अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ ।

यस्तै  समग्र नगरको संस्थागत स्मृतिको रुपमा कर्मचारीहरुको  मात्र करार सम्झौता अन्त्य गर्ने निर्णयले आम कर्मचारीमा जनप्रतिनिधि प्रतिको विश्वास र सेवाको सुरक्षाको विषयमा शङ्का पैदा गरेको विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले आइतबार नगरसभामा ६ जना कर्मचारीहरूको करार अवधि नथपिने निर्णय गरेको थियो।  महालेखा परीक्षाको कार्यालयले कानुनविपरीत नगरपालिकाले करारमा कर्मचारी राखेको भनी पटकपटक प्रतिवेदनमा उल्लेख गर्दै आएको नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले बताए । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कानुन विपरीत राखेका कर्मचारीहरूको सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउने आदेश दिएसँगै मलेपको प्रतिवेदनमा नाम नै तोकिएका छ जना कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.