बी लेभलको प्रथम पुरस्कार सागर शर्मा र निशान गुरुङ्गलाई

डी लेवलको प्रथम पुरस्कार झापुटारका सविर सारु र अमर थापालाई

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ व्यास युवा क्लवको आयोजनामा शुरु भएको व्यास–४, प्रथम वडा अध्यक्ष कप २०८१ को खुल्ला व्याडमिन्टन प्रतियोगिताको वी लेवल को खेलमा चितवनका सागर शर्मा र निशान गुरुङ्गले पहिलो स्थान हासिल गरेको छ ।
प्रतिष्पर्धी टिम विपिन घले र विमल कुमाल व्यास ४ को टोलीलाई फाईनल खेलमा हराउदै सागर र निशानको टिमले प्रथम स्थान हासिल गरेको हो । खेलमा पोर्ट वहादुर शारु र विश्वास विक ले तृतीय भएका छन् भने सफल भुजेल र आश्विन मगर पनि तृतीय भएका छन् ।


जितसँगै प्रथम हुने टिमले ३० हजार नगद राशी सहित ट्रफी र सम्मान पत्र प्राप्त गरको छन् भने दोश्रो हुनेले १५ हजार र शान्त्वना हुनेले ५÷५ हजार नगद सहित सम्मान पत्र र ट्रफी प्राप्त गरेका छन् ।
यसैगरि खुल्ला व्याडमिनटन प्रतियोगितको डी लेवलको खेलमा झापुटारका सविर सारु र अमर थापाले प्रथम स्थान हात पारेका छन् भने व्यास ५ चापाघाटका राजकुमार मानन्धर र विनोद श्रेष्ठले दोश्रो स्थान हात पारेका छन् भने राजु गुरुङ्ग र विक्रम दरैको टोली तृतिय भएका छन भने सर्जन थापा र समिर अधिकारीको टोलीले पनि तृतीय स्थान हासिल गरेका छन् ।


डी लेवलको प्रथम हुनेले २० हजार, दोश्रो हुनेले १० हजार र शान्त्वना हुनेलाई ३ हजार ५ सय का साथै मेडल र सम्मान पत्र द्धारा पुरस्कृत गरिएको थियो ।


युवाहरुलाई खेलकुदमा अभिप्रेरित गर्ने, भएको प्रतिभालाई उजागर गर्ने उद्येश्य अनुरुप खुल्ला व्याडमिन्टन प्रतियोगिता गरिएको व्यास युवा क्लवका अध्यक्ष मिन वहादुर गुरुङ्गले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.