नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले अहिलेको सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको वताएका छन् । माओवादी केन्द्रको नेतृत्वमा भएको १८ महिने कार्यकालमा जनपक्षिय काम धेरै भएको देखेर जनविरोधी शक्ति मिलेर प्रचण्डको नेतृत्व ढालेको वताए । शुसासनका पक्षमा काम गरिरहेको प्रचण्डको सरकारले जनतामा आशा जगाएको सन्र्दभमा परिवर्तन विरोधी शक्तिहरुले घेरावन्दी गरेको समेत वताए ।
माओवादीले सरकारमा वसेर गरेका कामका कारण अहिले जनतामा माओवादीले स्थानिय तहको उपनिर्वाचनमा बलियो शक्ति वनाएको समेत दावी गरे । माओवादी एक्लै आफनै शक्तिका आधारमा चुनावमा जाँदा त्यसको परिणाम सकारात्मक भएको हुदाँ ८४ को निर्वाचनमा समेत एक्लै प्रतिष्पर्धामा जाने उनले वताए ।

.
सहकारी रकम अपचलन गर्नेलाई कारवाही हुनुपर्दछ । तर त्यसमा विभेद हुनुहुदैन, सरकारको पक्षका नेताहरुलाई जोगाउने तर मन नपर्नेलाई मात्र अनुसन्धान गर्दा त्यसले लोकतन्त्रमाथी नै प्रश्न चिन्ह खडा गरेको पुनको दावी थियो । सहकारीको रकम अपचलन गर्नेहरुको सम्पति जफत गरेर सहकारी पिडितको रकम फिर्ता गर्नुपर्दछ, उपमहासचिव पुनले भने ।
संसारमा पहिलो र दोश्रो शक्ति मिलेर सरकार वनाएको पहिलो पटक भएको दावी गर्दे पुनले संविधान संशोधनको नाराले सरकार वनेता पनि सरकारले जनपक्षिय संविधान संशोधन गर्न नसक्ने दावी गरे । यो सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन सक्दैन, किनकी विपरित धुव्रका शक्तिहरुमा अनेकन असहमति छन् । उनीहरुको किचलोले नै सरकार लामो समय जान सक्दैन ।

हाम्रो अवको वाटो संगठन निर्माण नै हो । हामी सरकार ८४ सम्म नै चलोस भन्ने चाहन्छौ । वीचमा आएका चर्चा हरु केवल चुनावी चर्चा हुन् । सरकार फेरवदलमा कुनै सत्यता छैन, पुनले भने ।
प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आयोजना गरेको पत्रकार भेटघाट सन्र्दभमा उपमहासचिव पुनले सो कुरा वताएका हुन् । प्रेस सेन्टर नेपाल तनहँुका अध्यक्ष एसवी नेपालीको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्र तनहँुका नेताहरुको उपस्थिती रहेको थियो ।