व्यास नगरपालिकाका मेयर वैकुष्ठ न्यौपानेले संस्कृति जगेर्नाका लागी फाल्गुण ७ गते साँस्कृतिक महोत्सव गर्न लागेका वताए । व्यास नगरपालिकाले जातिय संस्कति जगेर्ना र सम्र्वद्धनका लागी लागी समेत काम गरिरहेको न्यौपानेले वताउनुभयो ।
महोत्सवहरु हुने तर त्यो व्यवसायिक मात्र रहने हुदाँ त्यसले सकारात्मक सन्देश प्रवाह गर्न सकेन । व्यास नगरपालिकाले जातिय संस्कृति संरक्षणका लागी जातिय पहिचान झल्कने सास्कृतिक महोत्सव गर्न लागेको वताए । भवन र वाटोघाटोले मात्र विकास सम्भव नहुने हुदाँ जातिय संस्कृति जगेर्ना गर्नका लागी रुम्सिमा मगरजातिको सस्कृति र परम्परा झल्किने गरि पर्यटकिय गन्तव्य वनाउन लागेका छौ, उनले भने । जातिय भेषभुषा, रहनसहन, संस्कृती र पहिचानको जगेर्नाका लागी व्यास नगरपालिकाले प्रज्ञा प्रतिष्ठान नै गठन गरि काम अगाडी वढेको सो अवसरमा जानकारी गराए ।

लखन थापालाई व्यास नगरपालिकाको वैठकवाट नै शहिदको घोषणा गरेका छौ । लखन थापाको शालिक निर्माण र स्रंगहालय निर्माणका लागी भनेर व्यास नगरपालिका वडा नं १२ को घाँसीकुवामा करिव १०० रोपनी क्षेत्रफलमा डिपिआरको काम अगाडी वढेका छ । यहि आर्थिक वर्षमा खर्च हुने गरि वजेट समेत व्यवस्था गरेका छौ, न्यौपानेले भने ।
गुरुङ्ग समुदायको पहिचान र सस्कृतिको लागी टुटेपानीमा आवश्यक व्यवस्था गरेका छौ । नेवार समुदायको गौरवको विषय रहेको शंखधर साख्याको मुर्ति स्थापनाका लागी समेत काम गरेका छौ । मगर माघे सकराठीको अवसर पारेर मगर जातिले आयोजना गरेको कार्यक्रमको अवसरमा मेयर न्यौपानेले सो कुरा वताएका हुन् ।