व्यास नगरपालिका वडा नं ५ मा आर्थिक वर्ष २०८२।०८३ को लागी वडा केन्द्रित वजेट तथा योजना तर्जुमा विषयमा छलफल सम्पन्न भएको छ । वडामा क्रियाशिल राजनैतिक दलको उपस्थितीमा वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतमा आउँदो वर्षको लागी हुने वजेट विषयमा छलफल भएको हो ।
व्यास नगरपालिकाले आर्थिक वर्ष ०२।०८३ मा वजेट रु १ करोड सिलिङ तोकिएकोमा वडा समितीवाट कृषि, शिक्षा, पर्यटन, खानेपानी, सडक, आय आर्जन क्षमता विषयमा हुने गरि कार्यक्रम निर्माण गर्न परिपत्र जारी गरेपछि सर्वदलिय वैठकमा छलफल गरिएको हो ।

व्यास नगरपालिकाका शिक्षा शास्त्र प्रमुख केदार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेसका वडा सभापति सुर वहादुर थापा, नेकपा एमालेका वडा अध्यक्ष राजकुमार श्रेष्ठ, नेकपा –माओवादी केन्द्रका प्रतिनिधी वावुराम लगायतले वजेट तथा योजनाका वारेमा आफनो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख अतिथी केदार आचार्यले वजेट निर्माणको सन्र्दभमा वडा राजनैतिक दलसँगको परार्मशले कार्यसम्पादन र विकास निर्माणमा सहयोग पुग्ने वताए । सवै सँगको सहकार्यले वडा विकास गर्न सकिने हुदाँ वडाको आवश्यकताको आधारमा वजेटको निर्माण गर्नुपर्ने आचार्यको धारणा रहेको थियो ।
वडा सचिव विश्व नाथ पौडेलले संचालन गरेको सो कार्यक्रममा वडा सदस्य, विषयगत शाखाका प्रमुखहरुकोे उपस्थिती रहेको थियो ।