वेलाैंते सामुदायिक वन शुक्लागण्डकी ७, मा चिउरी, काेईरालाे लगायतका बिरुवा वृक्षारोपण

समयमै कार्ययाेजना नवीकरण गराैं, सामुदायिक वनलाई गतिशिल बनाऔ भन्ने नाराका साथ पञ्चासे वेलाैंते सामुदायिक वन शुक्लागण्डकी ७, मा चिउरी, काेईरालाे लगायतका बिरुवा वृक्षारोपण गरि मनाईयाे । कार्यक्रमकाे अध्यक्षता पञ्चासे वेलाैते सा व उ स का अध्यक्ष श्री केशवराज पाैडेलले गर्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्यकाे साथै उद्देश्यवारे डिभिजन वन कार्यालय, तनहूँका कार्यालय प्रमुख श्री शरद कुमार अधिकारीले गर्नु भएकाे थियाे । प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख श्री कृष्ण राज पण्डित रहनु भएकाे थियाे । उहाँले वनकाे संरक्षण व्यवस्थापन गर्दैआयआर्जनमा जाेड दिनु पर्ने वारेमा जाेड दिनु भएकाे थियाे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्री दिपक रेग्मी, सामुदायिक वन उपभाेक्ता महासंघ तनहुँका अध्यक्ष श्री विष्णु कुमार श्रेष्ठ, शुकलागण्डकी ७ का वडा अध्यक्ष खड्गसिं थापा, नेपाल वन पैदावार उद्योग व्ववसायी संघ, तनहूँका अध्यक्ष श्री दिप वहादुर श्रेष्ठले वनकाे महत्व, वन पैदावारकाे सदुपयाेग, आयआर्जन, वन्यजन्तुको संरक्षण , व्यवस्थापन, सामुदायिक वनलाई गतिशिल वनाउन अावश्यक रहेकाे वारेमा जाेड दिनु भएकाे थियाे । कार्यक्रममा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत श्री दिवाकर पाैडेल, राष्ट्रिय अनुसन्धान उप निर्देशक श्री मनाेज ढकाल, वडा नं ६ का वडाध्यक्ष श्री बुद्धि वहादुर थापा, निजी वन संजाल तनहूँका अध्यक्ष श्री मुक्तिनाथ तिम्सिना, वन कार्यालयका वन अधिकृत सहितका कर्मचारीहरू, उद्योग व्यवसायीहरू, सामुदायिक वनका पदाधिकारी सदस्यहरू सहितका उपभाेक्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे संचालन वन अधिकृत नर वहादुर क्षेत्रीले गर्नु भएकाे थियाे । कार्यक्रमकाे अायाेजना डिभिजन पन कार्यालय, तनहू र पञ्चासे वेलाैते सा प उ स शुक्लागण्डकी ६ र ७, जिल्ला प्रशासन कार्यालय, तनहूँकाे समन्वय र सा व उ महासंघ, तनहूँ, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, तनहूँकाे सहयाेग रहेकाे थियाे । साथै साेही अवसरमा अ व ०८१/०८२ मा डिभिजन वन कार्यालय, तनहूँकाे आर्थिक सहयाेगमा सामुदायिक वन उपभाेक्ता समूहले निर्माण सम्पन्न गरेकाे पाेखरीकाे समेत नगर प्रमुख श्री कृष्ण राज पण्डितले उदघाटन गर्नु भएकाे थियाे ।

सामुदयिक वन दिवसकै अवसरमा डिभिजन वन कार्यालय, तनहूँकाे सभाहलमा आयोजित कार्यक्रममा आ.व. ०८१/०८२ मा उत्कृष्ट सा व उ स पुरस्कारकाे प्रमाणपत्र सम्वन्धित पुरस्कृत सामुदायिक वन उपभाेक्ता समूहका अध्यक्षहरूलाई डिभिजन वन कार्यालय तनहूँका कार्यालय प्रमुख श्री शरद कुमार अधिकारीले प्रदान गर्नु भएकाे थियाे । प्रथम परस्कार मधुवन सा व उ स देवघाट ५ , द्वितीय पुरस्कार थानीमाई सा व उ स भानु ७, तृतीय पुरस्कार छपेली सा व उ स वन्दिपुर १ र सान्त्वना पुरस्कार साँगुपखेरा सा व उ स म्याग्दे ५ ले प्राप्त गरेका छन । पुरस्कार स्वरूप आ.व. ०८१/०८२ काे विनियाेजित वजेटवाट प्रथमलाई रू १०,०००/-, द्वितीयलाई रू ८०००/, तृतीयलाई रू ५०००/ र सान्त्वनालाई रू ३०००/ यश अधि नै उपलव्ध गराई सकिएकाे थियाे ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.