वि वि श्रेष्ठ
आभास हुनु पनि समान्य जीवनका लागी घातक रहेछ । पाईलाको तत्ववोधले जीवन नीरस वनाउने भए, त्यो तत्ववोधको आभास नभएकै जाति । यहि वोधको गहिराईमा डुव्दै जादाँ जीवन थप निरर्थकको अनुभति भईरह्यो । तर त्यो न आत्मासात गर्न न कि कुल्चन ।
कहिलेकाँही त लाग्दछ, यति धेरै घमण्ड के का लागी ? यसको सकारात्मक परिणाम अव निस्कने छैन । फेरि पनि उहि मनगढन्ते सोच भने मनमस्तिष्कमा सधै गढिरह्यो । घमण्ड आफैमा लागिरहँदा त्यसको दोश्रो पक्षले घमण्डको आत्मसमिक्षा नगरिदिदो रहेछ । एकात्मक शैलीका घटनाले अन्तत्वगत्व जीवनका उर्जाशिल समयहरु व्यतित गरेर गए । फगत मनोविज्ञानको त्यो धरातलीय आभास हरु शिथिल वनिदियो, त्यो सँगै यो जीवनको उर्वर गतिविधिहरु पनि ।
धरातल विर्सिएका पाईलाहरु अनगिन्ती पाईयो, त्यो विचार नितान्त थियो, कसैमा लागेको कुरा दोश्रो पक्षमा लागु हुनै पर्दछ भन्ने सर्वमान्य सिद्धान्त नहुँदो रहेछ, त्यहि खोक्रो रवाफ वोक्दा जीवनमा चरम नैराश्यतावादी हावी वनिदियो । त्यो धरातलयी आभास अहिले जीवन दर्शनका वोझ वनिदियो । के धरातल सम्झेर परिवर्तनका आभास गर्न सकिदैन ? सफल जीवनका आधारहरु के के हुन ? यो विषय प्रश्नका रुपमा आईरहँदा विगत भने निकै कष्टकर वन्यो, अगामी दिनहरु पनि त्यो भन्दा पृथक वन्ने सम्भावना रहेन ।
प्रकृतिलाई आत्मासात गर्ने मनासाय पनि नहुँदा जीवन रुपी डुङामा अनेकन यात्रीहरु यात्रारत रहे । सवैमा चाहना उहि, जुन मेरो आत्माले चाहन्थे । प्राप्तीमा जीवन खोज्नेहरुको भीडमा पनि कतै तैरिरहेको पाए । सोच भने पृथक, आत्मा भित्र सल्वलाईरहेको सोचको तत्ववोध अन्य आत्मामा आयो कि आएन होला ? घमण्डको चुरोमा नै मानव जीवनले जीवन व्यतित गर्दो रहेछ । त्यही घमण्डको आडम्वरमा जीवनका सुखद पलहरु विते, जसका कारण त्यो सुखद क्षणलाई आत्मासात गर्ने, ग्रहण गर्ने क्षमता नै रहेन ।
कतै लर्किए जस्तो, कतै झर्किए जस्तो, कतै निस्सासिए जस्तो । लागेको छ, उहि समय, उहि गति, उहि स्थान यो सोचको सर्वव्यापकता नै गलत रहेछ । जसमा म अल्झिरहे ।
विगतका स्मरणहरु मानसपटलमा छाईरहँदा धरातलको आभास भएको महशुश गर्ने सोचहरु अन्यमा कति विकसित रह्े होलान् ? घमण्डका पनि आफनै पराकाष्ठ हुने रहेछ, जसले दुख र चिन्ताको भुमरी वाहेक अन्य कल्पना नगर्ने रहेछ । धर्तिमा पनि त अनेकन वस्तुहरु रहेका छन्,त्यहि अनेकता भित्र सृष्टि संवाहक भईरहेछन्, जीवन पनि त्यसैको अभिन्न रुप रहेछन्, तर त्यसलाई वुझन भने कमैले मात्र सक्दा रहेछन ।
अन्तरआत्मामा दन्किरहेका प्रश्नहरु सवैका आत्मामा खोज्नु नै मुर्खता रहेछ । सवैमा समान सोचको विकास भए त सृष्टिको नै निरन्तरता हुने थिएन, क्यारे, वैराग्यता भित्र पनि असमानता हुने रहेछ । सोचको विविधता भित्रको वहुआयामिक तत्व भन्दा धेरै पर जीवन राख्नु नै समान्य जीवनका परिसुचक रहेछन् । जुन मेरो आत्माभन्दा धेरै पृथक छन् ।
धरातलको खोज व्यक्ति केन्द्रित भईदिदाँ जीवनमा धेरै प्रश्नहरु तेस्रिए । तर त्यो गलत रहेछ भन्ने आत्मानुभुति भएको छ । धरातलको खोज सृष्टिको निरन्तरता सँग जोडेर हेर्नुपर्ने रहेछ । जव परिवर्तनका सोचहरु व्यक्ति केन्द्रित हुन्छ, मनभित्रका ज्वाराभाटाहरुले अन्तत्वगत्व पोल्ने मात्र रहेछ, जसको पीडा निर्मम हुने रहेछ ।
धरातल विर्सन हुदैन, तर सम्झेर सधै वस्नु हुदैन, समस्या यहि हो । पाईला पाईलामा प्रकट हुने धरातलीय आभासले व्यक्ति केन्द्रित रहि अनेकन अपेक्षाहरु रहे, तर गलत यहि रहेछ । अपेक्षाको पनि आफनै भुमिका रहेछ, जसलाई आत्माकेन्द्रित राखे ।
जीवनमा दुखका कारण अपेक्षा पनि रहेछ, कसैप्रति अपेक्षा राख्नु नै गलत रहेछ । म मा लागेको आत्मानुभुति अर्को आत्मामा पनि हुनुपर्दछ भन्ने अपेक्षाकृत हरु नै जीवन दर्शनको मुल्य मान्यता विपरित रहेछ । जुन अन्तरआत्मा देखि अपेक्षित भईरह्यो ।
सोच्दै छु, यहि पाईला, जुन अनगिन्ती रुपमा त्यहि टेकिरह्यो, त्यो टेकिरहेको पाईलामा पनि समानता छैन, क्यारे, तर लागीरह्यो, त्यो टेकिएको पाईलामा समानता छ । यहि घमण्ड भित्र जीवन घिस्रिरह्यो । लाखौ टेकिएको आफनै पाईलामा त समानता नहुने परिप्रेक्ष्यमा दोश्रो पाईलाको टेकाई पनि आफनै पाईतालाको समान डोममा पार्न खोज्ने अभिलाषा सवैभन्दा घातक रहेछ ।
नयनको दृष्टिले पनि वस्तु र व्यक्तिको वाहिरी रुपमात्र दृष्टिगोचर गर्दछ । सधै देखिरहेको वस्तुमा पनि देखिने नयनभित्रको नयनीहरुमा समानता रहेनछ । तर त्यो समान लागिरह्यो । लागेको वस्तुमा नै सत्यताका कसी लगाईरहदाँ जीवन सधै निरश वनिदियो ।
लाग्दो रहेछ, आफनो सोच नै सवैभन्दा विकसित सोच हो, यहि सोच नै सत्य र तथ्यमा छ । यहि घमण्डमा आम मान्छेहरु वाँच्दो रहेछ । वाँच्नु अलग कुरा हो, तर यसैमा रटान लगाउनु भनेको जीवन वुझने नाममा अभिषाप हो । जसले मिठो जीवनको कल्पना गर्न दिदैन ।
साँच्चै जीवन भित्रका क्रन्दन मिलाउन सानो सोचले सम्भव छैन, सानो सोच लिएर जीवन र प्रकृतिलाई नै जित्न खोज्नु अर्को भुल रहेछ, त्यहि भुललाई धरातल सम्झेर वोकिरहेका जीवन हो यो ।
नयनको दृष्टिले पनि वस्तु र व्यक्तिको वाहिरी रुपमात्र दृष्टिगोचर गर्दछ । सधै देखिरहेको वस्तुमा पनि देखिने नयनभित्रको नयनीहरुमा समानता रहेनछ । तर त्यो समान लागिरह्यो । लागेको वस्तुमा नै सत्यताका कसी लगाईरहदाँ जीवन सधै निरश वनिदियो । धरातलको आभास पनि मोटो रुपमा उहि लागेता पनि त्यो भित्रको यथार्थ भने हिजो र आजमा समान छैन क्यारे । तर त्यहि सोचमा कुद्ने सोच भने विलक्षण ।
ह्दयको गहिराईमा मडारिएको सोच भित्र पनि थुप्रै असमानता रहेछ, क्यारे । जसलाई मैले समान देखे, आफनै आत्मालाई एकीकृत गराउन नसकेका मेरा भावहरु अन्य आत्मालाई समाहित गराउन खोज्नु नै जीवनको भुल रहेछ, त्यहि भुललाई सत्य सावित गर्न अनेक हत्कण्डा गर्न तछाडमछाड गरिरहेका छन् ।
आहा, जीवन त घर्किसकेछ, म भने सवैको विचारलाई आफनो अनुकल खोजिरहेको छु । घमण्डको पनि सीमा हुन्छ, क्यारे, यहि अनावश्यक घमण्डको पोकालाई सफल जीवनको कसी ठानिरहेछु । लागेको छ, सधै देखिएको वस्तुमा परिवर्तन छैन, तर होईन रहेछ, परिवर्तन सवैमा रहेछ, म भने उहि धरातली पृष्टभुमिमा रुमल्लिरहेको छु । कतै लर्किए जस्तो, कतै झर्किए जस्तो, कतै निस्सासिए जस्तो । लागेको छ, उहि समय, उहि गति, उहि स्थान यो सोचको सर्वव्यापकता नै गलत रहेछ । जसमा म अल्झिरहे ।