श्यामराजा महत कि राजेन्द्र केशरी न्यौपाने ?

वि वि श्रेष्ठ

टिप्पणी

आम निर्वाचन नजिकिदै जाँदा तनहुँमा राजनिती सरगर्मी वढेको छ । तनहुँको क्षेत्र नं २ को प्रदेश (क) मा गठवन्धनको तर्फवाट नेकपा (माओवादी केन्द) को राजेन्द्र केशरीले उम्मेदवारी दिएका छन भने नेकपा (एमाले) को तर्फवाट श्यामराजा महतलाई मैदानमा उतारेको छ । ०७४ को आम निर्वाचनमा वाम गठवन्धनको तर्फवाट माओवादी केन्द्रका उम्मेदवार आशा खनालले नेपाली काग्रेसका उम्मेदवार प्रदिप पौडेललाई झिनो मतले जितेका प्रदेश (क) मा अवको निर्वाचमा कसले हात पार्ला भन्ने उत्सुकता छाएको छ ।
०७४ को आम निर्वाचनमा वाम गठवन्धनले झिनो मतले जितेको क्षेत्रमा अहिले नेपाली काग्रेस, माओवादी केन्द्र लगायतको गठवन्धनको तर्फवाट माओवादी केन्द्रका नेता राजेन्द्र केशरी न्यौपाने चुनावी मैदानमा उत्रिएको छ । विगतमा एमालेले माओवादी सँग गठवन्धन गर्दा थोरै मतले मात्र हार वेहोरेका नेपाली काग्रेस अहिले माओवादी केन्द्रसँग तालमेल गर्नु र सो क्षेत्र पुन माओवादीको भागमा नै पर्नुले जितिन्छ भन्ने सोचमा छ ।
गठवन्धनका तर्फवाट उम्मेदवार दिएका राजेन्द्र केशरी न्यौपाने लामो समय शिक्षण पेशामा लागे । माओवादीको शिक्षण मोर्चामा आवद्ध रहदाँ पटक पटक जेल परेका न्यौपाने २०५५ सालमा जेलमा परे । २०५८ सालवाट भुमिगत भएका न्यौपाने त्यसअवधिमा जनअदालतको प्रमुख वनेका थिए । ०५८ देखि ०६० सालसम्म जनसत्ताको न्यायलय प्रमुख भएर काम गरेका न्यौपाने माओवादीको जिल्ला सदस्य, हुदै अहिले केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका छन् ।
सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका न्यौपाने नविन उपभोक्त सहकारीको अध्यक्ष, जिल्ला उपभोक्ता सहकारीको अध्यक्ष, ०६८ सालमा दमौली अस्पताल विकास समितीका अध्यक्ष समेत वने । संसदीय निर्वाचनमा पहिलो पटक होमिएका न्यौपाने समाजवाद उन्मुख समृद्ध योजना नै आफनो उद्येश्य भएको वताए ।

२०३४ सालमा नै कम्युनिष्टको सदस्यता लिएर परिवर्तनमा आन्दोलनमा होमिएको महत २०४४ सालमा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पंचायत सदस्यको चुनावमा होमिएर पराजय भोगेका थिए । २०४२ सालमा नै प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक पटक जेल जीवन विताएका महत २०५४ सालदेखि ०५९ सालसम्म नगर उन्मुख नमुना ढोरफिर्दी गाविसको अध्यक्ष वनेर काम गरे ।
नेकपा मानन्धर समुह हुदै ४ पटक जिल्ला कमिटी सदस्य वनेर पार्टी काम गरेका महत हाल नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य हुन् । २०४९ सालमा रामचन्द्र पोख्रेल जिल्ला विकास समितीका अध्यक्ष हुदाँ श्यामराजा महत जिल्ला विकास समितीका निर्वाचित सदस्य हुन ।


माओवादीको शिक्षण मोर्चामा आवद्ध रहदाँ पटक पटक जेल परेका न्यौपाने २०५५ सालमा जेलमा परे । २०५८ सालवाट भुमिगत भएका न्यौपाने त्यसअवधिमा जनअदालतको प्रमुख वनेका थिए । ०५८ देखि ०६० सालसम्म जनसत्ताको न्यायलय प्रमुख भएर काम गरेका न्यौपाने माओवादीको जिल्ला सदस्य, हुदै अहिले केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

वि वि श्रेष्ठ


वाम गठवन्धनवाट जित हासिल गरेको नेकपा (एमाले) यो क्षेत्रमा आफनो विराशत पुन जोगाउने अभियानमा कम्युनिष्ट आन्दोलनका अध्येता श्यामराजा महतलाई चुनावी मैदानमा उतारेको छ । २०३४ सालमा नै कम्युनिष्टको सदस्यता लिएर परिवर्तनमा आन्दोलनमा होमिएको महत २०४४ सालमा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पंचायत सदस्यको चुनावमा होमिएर पराजय भोगेका थिए । २०४२ सालमा नै प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक पटक जेल जीवन विताएका महत २०५४ सालदेखि ०५९ सालसम्म नगर उन्मुख नमुना ढोरफिर्दी गाविसको अध्यक्ष वनेर काम गरे ।
नेकपा माले, मानन्धर समुह हुदै ४ पटक जिल्ला कमिटी सदस्य वनेर पार्टी काम गरेका महत हाल नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य हुन् । २०४९ सालमा रामचन्द्र पोख्रेल जिल्ला विकास समितीका अध्यक्ष हुदाँ श्यामराजा महत जिल्ला विकास समितीका निर्वाचित सदस्य हुन ।
लामो समयसम्म राजनिती र जनप्रतिनिधीको रुपमा काम गरेका महत कम्युनिष्ट आन्दोलनमा नेतृत्वमा रहेका काम गरेका नेता हुन् । २०३९ सालमा नै साझा सहकारीको अध्यक्ष वनेर सामाजिक क्षेत्रमा क्रियाशिल वनेका महतले धेरै सामाजिक संघसंस्थामा नेतृत्व गरिसकेका छन् । जीवनको उर्वर समय नै नेपालको कम्युनिष्ट आन्दोलन, वर्ग विभेद विरुद्धको आन्दोलनको नेतृत्व, पंचायत विरुद्धको आन्दोलन, समाजिक संघ संस्थामा योगदान, ढोरफिर्दी गाविसको अध्यक्ष, जिल्ला विकास समिती सदस्य वनेर गरेको कर्म नै आफनो पहिचान भएको वताए ।
गठवन्धनको तर्फवाट तनहुँ क्षेत्र नं २ को प्रदेश (क) मा कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्ता राजेन्द्र केशरी न्यौपाने र लामो समय देखि कम्युनिष्ट आन्दोलनमा होमिएका, समाजिक अभियन्ता, जनप्रतिनिधी समेत वनेर जनताको काम गरेका श्यामराजा महतको चुनावी प्रतिष्पर्धा निकै पेचिलो हुने देखिएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.