नेपाल कम्युनिष्ष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार एवं प्रतिनिधीसभाका निवर्तमान सासंद केदार सिग्दलको जन्म वि.स. २०२०।६।५ गते साविक किहुँ–७ भिमादमा जन्मेका हुन् । त्रिभुवन विश्वविद्यालयवाट स्नातकोत्तरमा (एमए), वि.एलं गरेका सिग्देल २०३५।३६ सालको विद्याथी आन्दोलनवाट प्रभावित भई अनेरास्ववियु र तत्कालिन नेकपा (माले) सम्वद्ध विभिन्न कमिटीहरुमा सङगठित रहि सक्रिय भुमिका निर्वाह गरि राजनितिमा होमिएका हुन् ।
२०३८।०३९ सालमा आसामको मेघालयवाट नेपालीहरुलाई जर्वजस्त रुपमा खेद्ने कदम विरोधी आन्दोलमा सक्रिय सहभागिता जनाएका सिग्देल १५ वर्षको उमेरदेखि नै सक्रिय रुपमा राजनितीमा प्रवेश गरिसकेका थिए । २०४० सालको माघ १ गतेको पिस्कर हत्याकाण्ड विरोधी आन्दोलनको सिलसिशलामा नेपाल ल क्याम्पस र जिल्लाको दक्षिण पश्चिम भेगमा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । २०४३ सालको निर्वाचनमा जनपक्षिय उम्मेदवारलाई उठाई चुनाव उपयोग गर्ने नितिको पक्षको सक्रिय क्रियाशिल रहेका सिग्देल यस विचमा राजनैतिक आन्दोलनमा लागे वापत पटक पटक जेलनेल भोगेका छन् ।
२०४६ सालको संयुक्त जनआनलोलनमा मुलतः जिल्लाको दक्षिण–पश्चिम क्षेत्रको मोर्चाको सशक्त र प्रभावकारी नेतृत्वदायी भुमिकामा थिए । वि.स. २०४८, २०४९, २०५१, २०५४, २०५६, २०६४ र २०७० सालको आम निर्वाचन तथा स्थानिय निकायको चुनवामा आपु उम्मेदवार नभई पार्टीको उम्मेदवारलाई विजयीगराउन मन, वचन र कर्मले सर्मपित भएर लागेका सिग्देल पार्टी र जनतामाझ प्रष्ट वक्ता, अडान र सादा जीवन उच्च विचारको रुपमा परिचित छन् ।
२०६२।०६३ सालमा भएर्को ेतिहासिक लोकतान्त्रिक जनआन्दोलनमा सशक्त नेतृत्वदायी भुमिका निर्वाह गरेका सिग्देलले दुई कार्यकाल एमालेको निर्वाचित जिल्ला अध्यक्ष र नेकपाको समेत जिल्ला अध्यक्षको जिम्मेवारीमा रहि कुशल संङग्ठकको भुमिका निर्वाह गरेका थिए । केदार सिग्देलको नेतृत्वमा ०७४ सालमा भएको आम निर्वाचनमा नेपाली काग्रेसको गढ मानिएको तनहुँको २ प्रतिनिधसिभा र ४ प्रदेशसभा सदस्यमा नेकपाका उम्मेदवारलाई ६ सिटमा नै विजयी गराएका थिए । शालिन, भद्रता र कुशल संगठकका रुपमा परिचित केदार सिग्देल पार्टी भित्र राम्रो पकड राख्ने नेता हुन् ।
जिल्ला पार्टी अध्यक्ष र सङघीय संसद (प्रतिनिधीसभा) मा प्रत्यक्ष जन–निर्वाचित सदस्यको हैसियतमा दल र संसदीय अनुशासन तथा मर्यादा कायम राखी पदिय जिम्मेवारी, जवाफदेहिताका साथ सम्पादन गरि सुयोग्य र निष्कलंकित जनप्रतिनिधीको रुपमा पहिचान स्थापित गरेका सिग्देल जनताको विकास र समृद्धिमा ढेढ देखिन्छन् । समयको ख्याल राख्ने, वोलीका पक्का र साधारण जीवन व्यतित गर्ने केदार सिग्देलको अहिले पनि कृषि कर्ममा आवद्ध छन् । विगत ०७४ मा भएको आम निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार शंकर भण्डारीलाई ३५०० माथीको मतान्तरले जितेको सिग्देल अहिले भने क्षेत्र नं २ (ख) मा गठवन्धनका उम्मेदवार जित प्रकाश आले सँग चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
जनतासँगको निरन्तरको सम्वन्ध, जनप्रतिनिधहिुदाँ विकास निर्माणमा खेलेको भुमिका र आम जनताहरुको साथ र विश्वास नै जितको आधार भएको सिग्देलले वताए । राजनितीमा थकाई भन्ने शव्दावली भन्ने हुदैैन भन्ने मदन भण्डारीको भावनालाई आत्मासात गर्दे निरन्तर देश र जनताप्रति समर्पित रहने उद्ष गरेका सिग्देल व्यक्तिगत स्वार्थको प्रलोभनमा परि वा सवैको जाती हुने नाममा असर प्रवृत्ति दुरुत्साहित र गलत प्रवृत्ति प्रोत्साहित हुन्छ भन्ने जान्दाजान्दै वा पिडितको न्यायको हक गुमाउने अवश्थामा मौनता साँध्नु गम्भिर समाजिक अपराधमा संलग्न हुनु वरावर ठान्दछन् ।








