आशिष पौडेल
राष्ट्रिय समृद्धिको प्रमुख आधार सबल अर्थतन्त्र हुनु हो । अर्थतन्त्रको सबलता र उत्कृष्टताको आधार तिव्र, दीगो र समावेशी आर्थिक वृद्धि र आर्थिक विकास हो । मुलुकको बहुआयामिक पक्षहरू आर्थिक, सामाजिक, राजनीतिक, भौतिक पूर्वाधारको सबलीकरण गरी उपलब्ध साधन स्रोतको न्यायोचित प्रयोग गर्दै समृद्धिको आधार खडा गर्न सकिन्छ र आर्थिक वृद्धि हुदै आर्थिक विकास हुन्छ । त्यस्तै आर्थिक अनुशासन, नियमितता, राजकता, पारदर्शिता, जवाफदेही, जनउत्तरदायिता एवम् समावेश र मितव्ययी को अनुसरण गरी दीगो, फराकिलो, खुला तथा उद्धार र उच्च आर्थिक विकासको परिकल्पना गर्न सकिन्छ ।
आजको विश्वका मुलुकहरू समृद्धि तथा आर्थिक विकासको निरन्तरतामा रहिरहेका छन् । अर्थतन्त्रको मजबुतिका लागि आर्थिक वृद्धि र आर्थिक विकास अब्बल बनाउन हरेक देशहरू सक्रिय भइरहेको सन्दर्भमा नेपालले पनि सन् २०३० सम्ममा दीगो बिकास लक्ष्य हासिल गरी आफुलाई मध्यम आय भएको राष्ट्रको रुपमा स्तरोन्नति गर्ने सङ्कल्प सहित अग्रसर हुदैछ । दीर्घकालीन सोच २१०० र चालु पन्ध्रौं योजना (२०७६/७७ – २०८०/८१) को माध्यमबाट ” समृद्ध नेपाल, सुखी नेपाली ” बनाउने अबधारणा लिएको छ ।
कोभिड – १९ ले अर्थतन्त्रलाई शिथिल बनाउदै आउदा, विश्व बैंकको २०२२ को पहिलो प्रक्षेपण अनुसार नेपालको ३.९ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान छ, भने नेपाल सरकारले २०७९/८० मा ८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमानित आंकलन गरेको छ । त्यस्तै IMF “World Economic Outlook; Countering The – Cost – Of – Living Crisis” 2022 अनुसार ४.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।
आर्थिक वृद्धि आर्थिक विकासको पूर्वशर्त हो । आर्थिक वृद्धि कुन कुन क्षेत्रबाट गर्न सकिन्छ भन्ने विषय आर्थिक वृद्धिदर का क्षेत्र हुन् । जस्तै :- उत्पादनमा वृद्धि, लगानीमा वृद्धि, व्यापार, उपभोग, मूल्यमा वृद्धि, रोजगारी, बचत तथा आय वृद्धि गरी समष्टि आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।
आर्थिक विकास
” राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक रुपान्तरण सहित सर्वाङ्गीण राष्ट्रिय विकासको संवाहक हो आर्थिक विकास । “
मुलुकको सिंगो आयाममा हुने गुणात्मक र सकारात्मक परिवर्तन साथै सबलीकरण गर्नु हो । राष्ट्रिय बहुआयामिक उपलब्धि, जनजीवनको सुखमा अनुभुति, उच्चतम प्रतिफल हासिल हुनु राष्ट्रिय आर्थिक विकास हो । राष्ट्र विकासको मेरुदण्ड तथा पूर्वशर्त, दीर्घकालीन विकास, समृद्धि र समुन्नति एवम् व्यापक उपलब्धि हो आर्थिक विकास ।
Pillar of Economics Development भनेर सार्वजनिक, निजी र सरकारी क्षेत्रको रुपमा लिन सकिन्छ । नेपालको सन्दर्भमा पनि यि तीनै पक्षले राष्ट्रिय अर्थतन्त्रमा विशेष योगदान पुर्याई मुलुकको आर्थिक समृद्धिमा सघाउ गर्ने र समुन्नतिको आधार खडा गर्ने संयन्त्रको माध्यम हुन । जस्तै :- कृषि, उद्योग, व्यापार, पर्यटन, वैदेशिक रोजगार र मानव संसाधनको अधिकतम प्रयोगमा तीन पक्षले सक्रियता जनाउदै आर्थिक विकास गर्न सक्दछ ।
नेपालको आर्थिक विकासमा विभिन्न समस्याहरू देखिन्छन् जस्तो समाधान गर्न
– उच्च राजनीतिक प्रतिवद्धता सहित स्थीरता,
- नीतिगत एवम् संस्थागत सुधार,
- जनशक्तिको सहि परिचालन,
- उपलब्ध साधन स्रोतको न्यायोचित उपयोग,
- बजेट र योजना बीच उचित तालमेल,
- साथै उच्च, फराकिलो, समावेशी र तीव्र आर्थिक वृद्धि गर्ने, औधोगीकरण, उर्जाको दीगो उपलब्धता सहित अन्य आर्थिक क्रियाकलापको वाञ्छनीय सञ्चालन तथा सुदृढीकरण गर्दै सार्वजनिक, निजी र सरकारी क्षेत्रको अग्रगामी कार्यदिशाका कारण समस्या सम्बोधन गर्न सकिन्छ ।
अन्तत, नेपाल अति विकसित वाट विकासशिल मुलुकको रुपमा स्तरोन्नति गर्ने तत्परतामा रहेको छ । त्यसैले उच्च आर्थिक वृद्धि र आर्थिक विकासको विकास बाट संभव हुनेहुँदा आन्तरिक राजनैतिक अस्थिरताको अन्त्य गर्न जरुरी हुन्छ ।








