दलदलमा फसेको नेपालका राजनिीमा युवाको आगमनले अन्तत राजनितीको वहस तातेको छ । नेपालको राजनैतिक दलको रवैया र त्यसले दिएको परिणाम विरुद्धको आवाज हो, आम निर्वाचनमा युवाको जर्वजस्त प्रवेश । विचार र सिद्धान्त विहिनतामा रहेको नेपालको राजनैतिक दललाई अव वादमा हैन, प्रतिष्पर्धामा लाग्न वाध्य वनेको छ । लामो समयसम्म राणाशासनका विरुद्ध लडेका नेपालका राजनैतिक दलहरु लोकतन्त्र प्राप्तका लागि पुन लडे । यो समय विचारको थियो । राजनैतिक दलमा ईमान र निष्ठा थियो । जसले गर्दा राणाशासनको विरुद्धमा एकमना एकताका साथ आन्दोदन भयो । त्यसले उपलव्धी पनि प्राप्त ग¥यो । लोकतन्त्र प्राप्ति पछि गणन्त्र प्राप्तिका लागी जनयुद्ध लडेको माओवादी र त्यसपछि गणतन्त्र नै अवको विकल्प सोचेको नेपालको राजनैतिक दलहरुको साझा आन्दोलन पछि गणतन्त्र संस्थागत भयो । मुलुक संस्थागत गणतन्त्रमा अगाडी वढ्यो । यो विचमा विभिन्न घटना घटेपनि संविधान निर्माण गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक शासन व्यवस्थामा दलहरु अगाडी वढे । जुन शासन व्यवस्थामा हामी छौ ।
फेरिएको शासन व्यवस्थालाई अंगिकार गरेको पनि मुलुकमा धेरै वर्ष वितिसकेको छ । अवको राजनैतिक पार्टीहरुको विचार र दृष्टिकोण के त ? गएको चुनावमा पनि विचार र सिद्धान्त विहिन वनेर चुनावमा होमिएको राजनैतिक सवै दलहरुको अहिलेको चुनावी नारा भनेको समृद्ध नेपाल हो । जुन राजनैतिक दलले जे भनेता पनि सवैको सार देशको विकास र जनताको समृद्धी नै हो । यहि विचमा घोत्लिएको राजनैतिक दलहरु विभिन्न वादमा आश्रित वने पनि चुनावमा भने ठोस कार्यनिती र विचार प्रस्तृत गर्न सकेन । अव नेपालको राजनिती कम्युनिष्ट विचारधारा र लोकतान्त्रिक विचारधारामा अगाडी वढेता पनि अहिलेको चुनावमा भने भिन्न देखिएन । कारण थियो, वाम लोकतान्त्रिक गठवन्धन । केपी ओली सरकारले संसद विघटन गरेपछि देखिएको मोर्चावन्दी चुनाव सम्म कायम रह्यो । फरक फरक विचारधारा वोेकको राजनैतिक दलको गठवन्धनले साझा घोषणापत्र के वनाउने भन्ने अलमलमा परेका राजनैतिक दलहरु विना एजेण्डा चुनावमा होमिए ।
नेपालको सन्र्दभमा अवको प्रतिष्पर्धा भनेको लोकतन्त्र कि समाजवाद भन्नेमा नै केन्द्रित छ । देश अव धुव्रिय राजनितीमा विभाजित वनेता पनि अवको प्रतिष्पर्धा भनेको कम्युनिष्ट शासन व्यवस्था कि लोकतान्त्रिक व्यवस्था भन्ने नै हो । यहि विभक्त विचारधारामा होमिएको नेपालको राजनिती अहिलेको आम निर्वाचनमा भने केही फरक देखियो । जुन विचारधारामा आश्रित नभई यहि राजनैतिक दलहरुले अंगिकार गरेको शासन व्यवस्थामा युवाको हस्तक्षेप नै हो । जुन निर्वाचनमा जर्वजस्त पटाक्षेप भईदियो ।
देश किन वनेन ? नेपाल किन परनिर्भर वन्यो ? रोजगारीको अवसर किन सिर्जना भएन ? यी प्रश्नहरु आम जनताको प्रश्न हुन् । जुन प्रश्न नेपाली जनताले पटक पटक नेतालाई सोधिरहे । नेताहरुको दादागिरीमा आजित वनेका जनताले यहि प्रश्न सोध्ने युवालाई संसदमा जिताएर पठाएका छन् । जनताको प्रश्नहरु सधै सोध्ने युवाहरु अव आम युवाको प्रतिनिधित्व गर्ने भएका छन् । निति निर्माण गर्ने, कानुन वनाउने अभिभारामा जिम्मेवारी वोकेका युवाहरु अव आम नेपालीको आशाको किरण हुन् । वर्षोदेखिको एकाधिकारवादी सोचमा व्रेक लगाउने युवाहरु नै अवको नयाँ नेपाल निर्माणका अभियन्त वनेका छन् । पुरानै संसदीय व्यवस्थामा फस्ने छुट नयाँ संसदहरुलाई छैन । यहि चुनौतीको पहाडमा उभिएका युवाहरुको दवाव र खवरदारीले पुराना राजनैतिक दलहरु पनि जनताप्रति वफादार वन्नेमा आम जनता आशावादी वनेका छन् । जनताको यो अभिमतलाई स–सम्मान ग्रहण गरि विकसित नेपाल र समृद्ध नेपाल निर्माणमा लाग्नुको विकल्प देखिदैन ।

विचार र सिद्धान्त अवको राजनितीमा सवैको समान देखिएता पनि त्यसले दिने ठोस परिणाम भने देखिदैन । दलवदलको हुण्डरी र राजनितीमा साम, दाम दण्ड, भेदको अस्त्रलाई नयाँ उदय भएको राजनैतिक पार्टीको जितले राजनितीमा नयाँ कोर्सको सिर्जना भएको छ । सिद्धान्त र विचारको दृष्टिकोणमा खासै फरक नभएको नयाँ शक्तिको उदयले नेपालको राजनिती कागजी हैन, व्यवहारिक कार्यन्वयनमा जोड दिएको पाईन्छ । आफुलाई लोकतान्त्रिक दावी गर्नेहरुको रवैया सामन्ती प्रवित्ती भन्दा फरक नहुनु नै नयाँ शक्तिको उदय हो । जसले आम नेपालीको प्रतिनिधित्व गरेको छ ।
नेपालको राजनितीलाई नजिकवाट नियाल्ने हो भने पछिल्लो दशक देखि शक्ति, सत्तामा केन्द्रित वनिदियो । गणतन्त्रको अभ्यास र त्यसले अंगिकार गरेको शासन व्यवस्थामा टेकेर राजनिती दलले गरेको व्यवहार सह्यै हुन सकेन । जनतालाई विवेकहिन सोच्ने प्रवृत्ति र जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति मौलाउँदा अहिलेको चुनाव राजनैतिक दलका लागी कासेढुङ्गा सावित वनिदियो । जनताको ईच्छा र आंकाक्षा भन्दा पनि जनविरोधी काम गर्ने र जनतालाई रैती सम्झने परिपाटीले अन्तत नेपालको राजनितीलाई जर्वजस्त विचार र सिद्धान्तमा अभ्यस्त वनाउँन वाध्य वनेको छ ।
शासन व्यवस्था परिवर्तन गर्न जनयुद्धमा होमिएको माओवादी र यहि शासन व्यवस्था टिकाउन खेलेको राजनैतिक दलको गठजोडले अन्तत नेता र नेतृत्व के चाहन्छन् भन्ने कुरा पुष्टि भएको छ । विचारमा समानतामा गठजोड आवश्यकता भएता पनि फरक धुव्रमा उभिएको राजनैतिक दलहरु पनि सत्ता र शक्ति प्राप्तीका लागी गरिएको गठवन्धन नेपाली काग्रेस, माओवादी र समाजवादीको लागी अभिसाप वनिदियो । संख्यात्मक रुपमा नेपाली काग्रेसलाई संसदीय गणतन्त्रमा केही उकेसो लागेता पनि गठवन्धनको मर्मले अवको राजनिती नेपालको पुरातनवादी सोच वोकेको राजनैतिक दलमा मात्र सिमित छैन भन्ने कुरा सावित गरिदियो ।
गठवन्धन के का लागी ? गठवन्धनकर्ता राजनैतिक दलहरुले ठोस जवाफ दिन नसक्दा, देशमा आर्थिक रुपमा कमजोर भईरहँदा, भष्ट्राचार मौलाईरहँदा, रोजगारीको अवसर सिर्जना नहुँदाको विकल्प अहिेलको चुनावमार्फत जनताले प्रस्फुटन गरेका छन् । अवको राजनितीमा हिजोको जस्तो यहि राजनैतिक संस्कारवाट हिड्न कदापी सम्भव छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको जर्वजस्त उदय, स्वतन्त्र उम्मेदवारको विजय, स्थानिय तहमा स्वतन्त्र उम्मेदवारको विजयले पनि अवका पुराना राजनैतिक दलहरु कि त सच्चिन सक्नु पर्दछ, नत जनतावाट तिरस्कृत हुनुपर्ने देखिन्छ ।
रवैयाको पनि सिमा हुन्छ भन्ने कुरा अहिलेको आम निर्वाचनले प्रष्ट पारेको छ । समान विचारधारा, हराएको सिद्धान्तको वीचमा नयाँ पुस्ताको आगमनले साँच्चै नेपालको राजनितीलाई तरंगित वनाएको छ । यथास्थितीमा देश चल्न सक्दैन । अवको युग भनेको प्रतिष्पर्धाको हुनेछ भन्ने कुरा युवाहरुको जर्वजस्त उदयले पुष्टि गरेको छ । युवामा पनि पुराना पार्टीमा आवद्ध युवा हैन, नयाँ पुस्ताका कुनै पनि राजनैतिक दलमा आस्था नराखेका, विचार र दृष्टिकोण दिन सक्ने युवाको जितले देश तथा विदेशमा रहेका आम नेपालीमा नयाँ रक्तसंचार प्रवाह गरेको छ ।
सरकार वन्न जस्तो पनि गठवन्धन गर्ने, सरकार टिकाउन विभिन्न हत्कण्डा गर्ने, जनअभिमतको कदर नगर्नेको प्रतिफल हो, अहिलेको चुनावी नतिजा । जुन एक्काईसौ शताव्दीमा आवश्यक पनि हो । सत्ता र शक्तिका लागी जनताको नाम भजाउने तर शक्ति र सत्तामा पुगेपछि स्वार्थ केन्द्रित व्यवहारको वीचको लडाईले अवको राजनिती प्रतिष्पर्धामा केन्द्रित हुनुपर्ने वाध्यकारी अवस्था सिर्जना गरिदिएको छ । राजनितीका नाममा गरिएका तिकडम अव जनतालाई सह्य छैन भन्ने कुरा स्थानिय तहमा वालेन, हर्कको उदयले पनि नवुझेको नेपालका राजनैतिक दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीको जर्वजस्त उदय, स्वतन्त्र व्यक्तिको जीतले पक्कै पनि झस्काएको हुनुपर्दछ ।
देश किन वनेन ? नेपाल किन परनिर्भर वन्यो ? रोजगारीको अवसर किन सिर्जना भएन ? यी प्रश्नहरु आम जनताको प्रश्न हुन् । जुन प्रश्न नेपाली जनताले पटक पटक नेतालाई सोधिरहे । नेताहरुको दादागिरीमा आजित वनेका जनताले यहि प्रश्न सोध्ने युवालाई संसदमा जिताएर पठाएका छन् । जनताको प्रश्नहरु सधै सोध्ने युवाहरु अव आम युवाको प्रतिनिधित्व गर्ने भएका छन् । निति निर्माण गर्ने, कानुन वनाउने अभिभारामा जिम्मेवारी वोकेका युवाहरु अव आम नेपालीको आशाको किरण हुन् । वर्षोदेखिको एकाधिकारवादी सोचमा व्रेक लगाउने युवाहरु नै अवको नयाँ नेपाल निर्माणका अभियन्त वनेका छन् । पुरानै संसदीय व्यवस्थामा फस्ने छुट नयाँ संसदहरुलाई छैन । यहि चुनौतीको पहाडमा उभिएका युवाहरुको दवाव र खवरदारीले पुराना राजनैतिक दलहरु पनि जनताप्रति वफादार वन्नेमा आम जनता आशावादी वनेका छन् । जनताको यो अभिमतलाई स–सम्मान ग्रहण गरि विकसित नेपाल र समृद्ध नेपाल निर्माणमा लाग्नुको विकल्प देखिदैन ।








