आशिष पौडेल
“प्रतिष्ठित एवम् पूर्ण मानविय जीवनका खातिर अपरिहार्य हुने नैसर्गिक, प्राकृतिक र सार्वभौम अधिकारको समुच्च रुप हो मानव अधिकार “
प्रत्येक वर्ष डिसेम्बर १० को दिनमा मानइदै आएको मानव अधिकार दिवस यो वर्ष पनि ” सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय ” को नारा सहित मनाइयो ।
मानव सभ्यताको विकास संगै नागरिकद्वारा आफ्नो अधिकारको सुनिश्चितता, स्वतन्त्र र मर्यादाको खोजि भएको पाइन्छ । नागरिकले आफ्नो जीवन संचालनका लागि आवश्यक आधारभूत अधिकार, स्वतन्त्रता, सर्वोच्चता र व्यक्तिमा अन्तरनिहित आवश्यकता जन्मसिद्धकै आधारमा पाउनका लागि गरिएका विविध परिवर्तन र आन्दोलनको नै मानव अधिकारको अवधारणात्मक जग हो ।
मानव अधिकारको लागि वेलायती जनताले म्याग्नाकार्टा (१२१५ जुन १५ ) मा महाअधिकार पत्रको रुपमा प्राप्त गरे । वेलायती नागरिक सर्वोच्चता, स्वतन्त्रता र कानून भन्दा माथि कोहि नहुने जस्ता विविध कानूनी आधार पत्र सहित यो दस्तावेज राजा जोन द्वितीय द्वारा घोषणा भयो । भने, मानव अधिकारको औपचारिक प्रयत्नको थालनी संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८, सन् १९४८ डिसेम्बर १० का दिन सार्वजनिक भई विश्वव्यापी रुपमा यो महापत्रको पालना गरियो ।
त्यस्तै अर्को विश्वव्यापी सन्दर्भ VIENA Declaration and Program of Action सन् १९९३ मा UN ले भियनामा आयोजना गरी मानव अधिकार सम्बन्धी महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्यो ।
नेपालमा पनि विक्रम सम्वत २०५३ सालमा राष्ट्रिय मानव अधिकार ऐन, २०५३ जारी भएको पाइन्छ । नेपाली जनतालाई मानव अधिकार थप कानूनी तथा संवैधानिक व्यवस्थाको सुनिश्चित गर्न नेपालको अन्तरिम संविधान, २०६३ को भाग १५ धारा १३१ मा र वर्तमान संविधानमा भाग २५ धारा २४८ मा राष्ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक निकायको रूपमा राखीएको छ । राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ जसले मानव अधिकार सम्बन्धी काम, कर्तव्य र अधिकारको सुनिश्चितता गरेको छ ।
मानव अधिकार सर्वव्यापकता, एकरुपता, अहरणीयता, स्वतन्त्रता, समानता र सामाजिक न्यायको सिद्धान्तमा आधारित छ । साथै वर्तमान संविधानको भाग ३ मा आधारित धारा १६ – ४६ सम्म ३१ वटा मौलिक हकलाई समेत समेट्दै नेपाली नागरिकको लागि मानव अधिकारको सुनिश्चितता गरेको छ । राज्यद्वारा नागरिक प्रदान गरिनुपर्ने राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व जुन वर्तमान संविधानकै भाग ४ स्थित मानव अधिकार संग सम्बन्धित छन् ।








