अविचल आस्था मणि तनहुँ, नेपाल ।
मन्दाक्रान्ता छन्द
समस्या पूर्ती हामी खपी दुइ दिन कहाँ जान्छ यो जिन्दगानी मन्दाक्रान्ता छन्द
साँची राखौं अटल मनमा प्यारका गीत सारा बाँच्दा आफ्नै पन हृदयमा नव्यता पूर्ण धारा राखी राखौं
कुसुमित बनोस् दिव्यताको जवानी हाँसी खेली दुइ दिन कहाँ जान्छ यो जिन्दगानी ।
आफैं रम्ने सुख, कपटले भाग्य बन्दैन साथी स्वार्थी बन्दा रहर चुलिई देश उठ्दैन
माथि साँची राखे पनि रहरले, जान्छ उड्दै जवानी हाँसी खेली दुइ दिन कहाँ जान्छ यो जिन्दगानी ।
मान्छे मान्छे सहमिलनको भाव धारा समेटी फालौं हाँसी अवगुण सबै, प्यारको भाव भेटी बढ्दा
सङ्गै सुख हृदयमा जिन्दगी बन्छ पानी हाँसी खेली दुइ दिन कहाँ जान्छ यो जिन्दगानी ।
आऊ सङ्गै रसिक मनमा, खेल लौ हात थामी आत्मा एकै दुइ तरफका देहको बात मानी
आफ्नै सोचौं सकल जगको मग्नतापूर्ण बानी हाँसी खेली दुइ दिन कहाँ जान्छ यो जिन्दगानी ।
आफ्नै मान्ने हृदय सुषमा, दुष्टता नाश पारी आलोकी होस् शुभ रथ चढी भव्यताको सवारी
उच्चा आस्था मणिमय बनून् बैंसका यी कहानी हाँसी खेली दुइ दिन कहाँ जान्छ यो जिन्दगानी । क्रमशः








