आजको कुशल विद्यार्थी भोलिको समृद्ध नेपाल

आशिष पौडेल

कुनै पनि मुलुकमा परिवर्तन एवम् रुपान्तरणको लागि विद्यार्थीको उत्साह र जागरुकता आवस्यक हुन्छ । क्याम्पस काल देखि नै विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न रहदै आफ्नो क्षमता विकास, वृत्ति विकास एवम् कार्य कुशलताको सुदृढीकरण गर्ने संजोग मिलेको हुनुपर्छ । भविष्यको आवश्यकता लाई संवोधन गर्दै असल, निष्ठावान, अनुशासित, नैतिकवान र मर्यादित बन्नुको लागि विद्यार्थी जीवनकाल मै राम्रो पृष्ठभूमि निर्माण गर्न आवश्यक हुन्छ । अराजकता, अनियमितता, अनैतिक, र अराजकताको लागि बोल्न सक्ने सबैलाई सम्वोधन गरी विद्यार्थीको मर्म र आवश्यकता लाई प्राथमिकता राख्ने कुशल नेतृत्वलाई अग्रसर बनाउन स्वतन्त्र विद्यार्थी युनियनले २०२२ साल देखि यहि ध्याय सहित त्रिभुवन विश्वविद्यालयले निर्वाचन गराउदै आएको छ ।

नेपालमा भएका विभिन्न राजनैतिक एवम् सामाजिक, आर्थिक परिवर्तनमा संलग्न रहदै आएका विद्यार्थीका रुपान्तरण स्वरूपको आन्दोलन सबैलाई स्मरण छदै छ । वि. सं २००४ सालमा राणा प्रधानमन्त्री पद्म शमशेरको पालामा विद्यार्थीका माग सम्बोधन नहुँदा माग सम्वोधनका लागि गरिएको आन्दोलन जयन्तु संस्कृतम आन्दोलन हो । वि. सं २०३६, २०४६, २०६२/६३ सालका राजनीतिक परिवर्तनमा पनि विद्यार्थी परिवर्तनका लागि होमिएका राम्रो इतिहास छ । क्याम्पस तथा शैक्षिक संस्थामा हुने अशोभनीय कार्यका विरूद्ध विद्यार्थीले समग्रमा आवाज उठाउदै आएका छन् र निरन्तर उठाउने छन् । विद्यार्थी आन्दोलन जति महत्वपूर्ण हुन्छ उतिनै राष्ट्र र राष्ट्रियताका लागि राम्रो पक्ष पनि मान्न सकिन्छ । तर विडम्बना भने के रहेको छ भन्द, जसरी राजनैतिक हस्तक्षेपबाट राम्रो कार्य गर्छु भन्नेलाई असफल बनाइएको छ, त्यसको प्रतिफल कतै अहिलेको नेपालले भोग्नु परेको छ हैन नि ?

विद्यार्थी जीवनको नेतृत्व केवल राजनीति संग मात्रै जोडिएको हुदैन, यो त एउटा मार्ग हो जस्ले भविष्यमा आवश्यकता र अपरिहार्यता लाई समावेशी रुपमा राज्यका विविध आर्थिक, सामाजिक, सांस्कृतिक, मौलिक एवम् न्यायोचित समाज र राष्ट्र निर्माणका प्राथमिक कार्य गर्न सिकाउँछ । अन्य विकसित मुलुकमा जस्ले आजको विश्वव्यापीकरणको समयमा आफ्नो राष्ट्रलाई अग्र स्थानमा राख्न सकेका छन्, ति सबै विद्यार्थी जीवनदेखि नै कार्य कुशलताको असल निष्ठा र छवी देखाउदै आएका मध्ये एक हुन् । युरोप तथा अमेरिकी एवम् एसियाली विकसित मुलुक को कुरा गर्दा, जति पनि विकास र समुन्नतिको आधारमा असल नेतृत्व सहेको पाइन्छ । किन नेपालले पनि विकास, समुन्नति र समृद्धि जस्ता संभाव्यता को प्रचुर संभावना बोकेको राष्ट्र होइन र ? यसको साकार पार्नका लागि आजको कुशल विद्यार्थी भोलिको भविष्य हुन्छ ।

अहिलेको समस्याको रुपमा जसरी विद्यार्थी बाहिरीने क्रम जारी छ, राष्ट्रले मागेको जनशक्ति जसरी बाहिरीने क्रम जारी छ यो बिषयको आजको मात्र होइन भविष्यलाई अन्धकारमा धकेल्ने राष्ट्रिय समस्या हो । त्यसतै, कतिपय ठाउँमा अझैपनि शिक्षाको न्यानो ज्योति बल्न सकेको छैन तथा आफ्नो पारिवारिक एवम् विविध समस्याको कारण शैक्षिक क्षेत्र बाट टाढिन परेको त्यसको लागि आवाज उठाउन विद्यार्थी आन्दोलन तथा स्ववियुको एउटा महत्वपूर्ण कार्य हुन्छ । मुलुक केवल काठमाडौं, पोखरा,चितवन मात्र होइन हुम्ला, जुम्ला तथा डोटी, डोल्पा र अन्य पिछडिएका जिल्ला, जात जाति वर्ग, धर्म संस्कृति पनि हो । कतिपय अनैतिक कार्य एवम् हिंसाजन्य घटना र जुन किसिमको शैक्षिक प्रणालीमा रहेको वेथिती आजको प्रमुख समस्या हो । कोरियाको एउटा विद्यालयमा देशमा जेल होइन विद्यालय बनाउन पर्छ भनी लेखिएको पाइन्छ ।

अन्ततः अब आउदै गरेको स्ववियु निर्वाचन जस्ले एक असल नेतृत्व  गर्ने कुशल विद्यार्थी पाउन जरुरी छ । विगतको इतिहासलाई सम्वोधन गर्दै हरेक क्रियाकलापमा विद्यार्थीको उत्साहजनक सहभागिता रहोस् । जसरी मुलुक छाडने को लर्को लागेको छ त्यसलाई समाप्त गर्ने र विद्यार्थीका आवश्यकता र अपरिहार्यता लाई प्राथमिकतामा राखेर काम गर्ने नेतृत्व हुनुपर्दछ ता कि राजनीतिकरण गरेर शैक्षिक प्रमाणपत्र आउने समस्या खडा गर्ने होइन । विद्यार्थीको क्षमता अनुसारको रोजगारीको थालनी गराउने नेतृत्व हुनुपर्दछ ता कि रेमिटेन्स बाट मुलुक चलाउने नेतृत्व होइन ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.