भगवान राज श्रेष्ठ
उहि परिवेश, वाहिरी सुन्दरताको त्यो चक्र असमान भएता पनि मस्तिष्कको प्रभावले जरा गाड्दा सवै फिका हुने रहेछ । यहि वास्तविक जीवनको अमुल्यनमा समय गुज्रादा अन्तत उहि परिवेश र सोचले ग्रसित वनाउने रहेछ ।
विश्वासको सम्वन्ध पनि अजिवको हुने रहेछ । यहि विश्वासको सम्वन्ध भित्रको आत्मियताले कयौ असम्भवहरु सम्भवको श्रृखला वनिरहदाँ कता कता समयको गतिसकै फिक्का भएको महशुशले घर गरेको छ । पक्कै पनि जीवन ढल्ला, तर विश्वास त नढल्ला । यहि सोचको व्यग्रतामा कयौ रातहरु निरर्थक वने । फेरि पनि यहि विश्वासमा रहने, रमाउने गतिविधिमा अभ्यस्त हुनुको विकल्प छैन ।
कहि कतै, यतै कतै, वरपर गुन्जिएजस्तै लाग्ने माधुर्यता पनि जीवनको पीडाको पल वनिदियो । लाग्दथ्यो । यो पीडाको सागरले उठ्नै नसक्ने गरि थलाउने छ । फेरि पनि उहि शुसुप्ताले जगाउने आशले संसार जितिने आभास पनि ह्दयको कुनामा जीवितै रहेको छ ।
साँच्चै निर्मम मानव ह्दय कि समय ? मानव ह्दय त निश्चल र सरस नै हुन्छ, क्यारे । तर पनि समयलाई दोषी देखाउने प्रवृत्ति घोतक नै हो । यहि दोषी देख्ने र देखिने घोतकका वीचमा जीवनका उर्वर समयहरु वगिरहे । डगमगाएको विश्वासमा वायुमण्डलमा गुज्रिने वस्तुहरु पनि महत्वपुर्ण साधन हरु वन्दा रहेछन् । लाग्दछ, साधनले नै जीवनको विश्वासलाई उम्कनै नसक्ने गरि घेरेको छ । भौतिक स्वार्थताको वाढीमा विश्वास र ह्दय पनि वन्धक वन्दछ क्यारे । अनुभुतिको यो निर्ममतामा गिजोलिरहेको छ ।
अनुभुतिको प्रत्याभुति पनि सहज रहनेछ । अनुकुलतामा रम्नेका वीचमा यथार्थको भारी वोक्न गाह्रो हुने रहेछ । यहि गाह्रोलाई सहज वनाउन अनुभुतीलाई नै आफु अनुकुल गराउन निरन्तर अथक प्रयत्नहरु रहे । यद्यापी यो साध्य वन्न सकेन । साधनको धेरै सिढी वनेता पनि साध्य सँगको सामिप्यता पाउन ह्दयको स्पर्शले दिन सक्ने रहेनछ । भएको यहि हो ।
नयनको क्रन्दनले प्रत्याभुत गरेता पनि यो उज्यालो प्रकाशमा सम्भव नहुने रहेछ । असम्भवको पर्खाई निर्मम हुन्छ । पुरा नभएको र हुने आशामा दिनचर्यामा दिनहरु वितिरहे । मानव आत्मा पनि स्वार्थको वन्धक वन्छ, क्यारे । भोगाईको यो चित्कारले यहि भनेको आभास भईरहेको छ । शव्दवृष्टिको यो विशालतामा रुमल्लिनेहरु यथार्थतालाई अंिगकार गर्न सक्दोरहेनछ । कुनाकुन्तरामा अल्झिएको आशा कुनै दिन फल्ने र फुल्ने सपना जीवितै हुने रहेछ । वालापनको त्यो स्वप्नदृष्टिताले रसाएको यो नयनमा प्रष्ट झल्किएको हो । त्यो नयनमा देखिएको विश्वासको अभिशप्त आशाले यो ह्दय नै पग्लियो ।

घुम्रिएको जीवनमा आशाको किरणहरुलाई रातको अन्धकारमा आत्मासात गर्ने रहर तिव्र रुपमा अगाडी वढेको छ । जहाँ विश्वासको खानी र मायाको सामिप्यताको समुन्द्र रहेको छ । झकझकाउने पलले नै जिम्मेवारी वढेको छ । विश्वासको सम्वन्धको अन्त्य हुदैन । वाध्यताहरु जीवन र पलसँगै हराएर जाने सृष्टिको नियम नै हो ।
सामिप्यताको पनि मापन हुन्छ, क्यारे, जुन चेतनास्तरले मापन गर्ने रहेछ । जीवनको पाठशालामा अनुभुतिको पर्खालले सामिप्यताको मापन गरिदियो । त्यहि चेतनास्तरभित्रको सामिप्यता भित्र अनगिन्ति प्रश्नहरुले डेरा जमाईदियो । आशाको दियोमा धर्मराएका सम्वन्ध आफनैमा पनि कमजोर हुने रहेछ । त्यहि कमजोर धरातल भित्र विश्वासको ठुलो आशाको किरण सल्वलाईरहेछ । जुन अन्देखा वनेर यत्रतत्र कहि कतै भौतिक शरिरको समिपमा नै रहे झै आभास हुँदो रहेछ । वाध्यताको कडि कि जीवनको भुल या महत्वको प्रत्याभुत । यहि अविश्रित सोचमा जीवनको पलहरु याद वनेर गुन्जिरहे । त्यो पलहरु गुन्जिने घडाहरुको अपनत्वमा नै जीवन घिस्रिदियो ।
साँच्चै निर्मम आत्मा वाध्यता वनिदियो, कि आवश्यकता ? वाध्यता जीवनको अविरल अवस्था कि कमजोर सोचको प्रतिमुर्ति ? यसको आफनै व्याख्या रहला यद्यापी अन्तर ह्दय भित्रको त्यो मर्मस्पर्शी पलहरु सायद अछुतो नरहलान् । महत्वकांक्षाले थिचेको रहरहरु रहरका वीचमा नै हराई जाने त होईन भन्ने त्रास । यहि आश र त्रासमा वितेका पलहरुले पाईला पाईलामा जीवनका उद्येश्यहरु प्रत्याभुत गराईदियो । प्राथमिकताका आधारमा जीवन चल्ने कि वाध्यतामा ? भोगाई र सोचको यो तादात्म्यता नमिल्दा दिने अविश्रान्त पिडा जीवनको पाठशाला वनिदियो । साँच्चै प्रश्नको पहाड मनमस्तिष्कमा घुमिरहने अवस्था सवैमा हुन्छ कि कसै कसैमा मात्र ? चाहेको नपाउने कि नचाहेको भोग्नुपर्नेे वीचको अन्तरसंघर्षमा सत्यको जीत भएता पनि त्यसले दिन नसकेको प्रत्याभुतहरु समाजमा वेग्रल्ती भेटिने रहेछन् ।
रहर कम र वाध्यता वढिमा गुज्रने पलहरु जीवनका साधनहरु रहेछन् । साधनको असंख्या पहाडलाई चिर्न नसक्नेहरुका वीचमा हराईरहदाँ आत्मानुभुतिका पलहरु पनि पाईला पाईलामा भेटिएका छन् । एकान्त र एकाग्रता नै प्यारो । जहाँ आत्मा खुशी हुन्छ । भौतिक रुपमा प्राप्त हुन नसकेका पलहरु भेटिने पल भनेकै एकान्त र एकाग्रतामा रहेछ । जसले मिठो अनुभति सँगै नैराश्यता कम र ईच्छाशक्ति वढि दिने रहेछ । घुम्रिएको जीवनमा आशाको किरणहरुलाई रातको अन्धकारमा आत्मासात गर्ने रहर तिव्र रुपमा अगाडी वढेको छ । जहाँ विश्वासको खानी र मायाको सामिप्यताको समुन्द्र रहेको छ । झकझकाउने पलले नै जिम्मेवारी वढेको छ । विश्वासको सम्वन्धको अन्त्य हुदैन । वाध्यताहरु जीवन र पलसँगै हराएर जाने सृष्टिको नियम नै हो । यद्यापी वितिसकेको पलमा हराएको वाध्यता पछिको स्वतन्त्रतामा त्यहि सामिप्यता पाउने र ग्रहण गर्ने ईच्छाशक्ति कति भन्ने कुरा मात्र महत्वपुर्ण रहेछ ।
कोपिला हुदै फुलको चमकतामा विश्वासको सम्वन्ध घोत्लिएता पनि एक्लोपनको आभासले भने चर्को पोलको छ । साँच्चै यो रापताप छेक्ने सक्ने सामथ्र्य कहिलेसम्म रहला ? अनायासै झरेको नयनका स्पन्दनले ह्दयको कुनामा छुरी रोपेको छ । लाग्दछ, वाध्यताका जीवनलाई आत्मासात गर्न समयले वल प्रदान गर्देछ ।








