वि वि श्रेष्ठ
गोरेटोको गुन्जायस पनि स्वभाविकै लाग्न थाल्यो । आफनै मुल्य र मान्यताको वीचमा दौडेको पाईलाहरु ढल्पलाउने भईरहदाँ जीवनमा आउने उतारचढाव स्वभाविक नै हुने रहेछ । क्षणिकतामा पौडिएका भावहरु अन्तत डुवुल्की मार्नुको विकल्प रहेनछ । यहि विकल्पविहिनतामा विगतका पलहरु निरन्तर रुपमा पौडिरहे । लाग्दछ अवका वाकी पलहरु यसैको दृश्यचक्रमा नियतिहरु दोहरिनेछन ।
हिजोको पालुवाले आज अन्देखा परिवर्तन गरेछ । स्वाभाविकताको नियमन नै यहि रहेछ । यद्यापी यहि नियमन जीवनको उर्वरतामा सोच्न नसकिने मानविय प्रवृत्ति रहेछ । लाग्दछ, सवै सम्भावना मात्र छ । आवेग र उत्तेजनाले वैयक्तिक भावनामा कति चोट पुगे, यो निर्मम आत्माले सोच्न सकेन । सायद यहि नै आत्मानुभुतिको परिचय हो । भोगाई र देखाईको तादात्म्यता किञ्चित सम्भव रहेनछ । जीवनका स्वर्णतामा उपलव्धतालाई नै सर्वेसर्वा सोच्नेहरु समयसँगै पराजित हुने क्रममा स्खलित हुने रहेछ । निरन्तरता भित्र अन्धकार त क्षणिक मात्र रहेछ । दिनको उज्यालो ले रातको भ्रम चिर्न सहजै सक्ने रहेछ । यद्यापी आत्मारतिले जीवनमा ठुला ठुला महत्वकांक्षाको पहाड समिपमा रहे ।
आभाषको पनि मात्रा हुन्छ क्यारे, आवश्यकतामा ग्रहण गर्न नसकेका आभाषहरु जीवनका उत्तरार्धमा चम्किलो घाम वनेर घोचिरहे । सोचको वन्धकतामा आभासका किरणहरु चम्किरहे । लाग्दछ, त्यो चम्किलो किरणको राप सजिलै ढल्मलाउने छैन । विद्याताो यो नियमनमा छिर्ने पर्ने वाध्यतामा अनकण्ठ तवरवाट लामवद्ध हुन हानाथाप गरिरहे । सोचको वन्धकता भित्र वाट निस्कने प्रयत्न फगत हुने शिवाय अन्य रहेन । त्यहि उन्मादको वीचमा हुर्किएको महत्वकांक्षाले अन्तत डेरा जमाएको छ ।
धर्तिमा टेकेको पाईलामा पनि जव अनायासै प्रश्नहरु खडा हुन्छ तव जीवनको वास्तविक वोधले घर गर्दा रहेछ । हरेतकतामा अर्थले राज गरेपछि सृष्टिका भौतिक वस्तुहरु फिक्का हुनु स्वाभाविकै रहेछ । सवै परिवर्तनशील तर सोचमा वन्धकता वनिदिदाँ त्यसले पार्ने प्रभाव र असरहरु भयानक हुने रहेछ । आत्मानुभुतिको यो श्रृखलामा अनेकौ प्रश्नका वाढीहरु थुप्रिदा पुरिनुपर्ने स्वभाविकतलाई समेत नजरअन्दाज गर्नु भनेको जीवनको दुखका कारण रहेछ ।
हिजोको घमाईलो घामले आज पोलेको छ । सायद सृष्टिको यो सहज नियमनलाई समेत आत्मासात गर्न नसक्दा पोलिने क्रमको शुरुवातले व्यापकता पाएको छ । निश्चल र निर्मम आत्माहरु निरिह सावित हुने तिव्रताका साथ लागिरहेका छन् । हिजोको वलियो आधार त्यहि प्रहारमा पनि ढरमराएको जस्तो, आत्माले हारेको जस्तो र सवै प्रहार आफुमा वज्रिएजस्तो समयको नै माग होला सायद !
हेर्ने दृष्टिकोणमा पनि चेतनाले डेरा जमाउँछ क्यारे, नत्र यति धेरै आत्मानुभुतिको कसी किन ? स्वाभाविकता भित्र पनि प्रश्नको ज्वारभाटाहरु यसैको पराकम्पन होला । सच्चिने कि सक्किने को दोधारमा रहेका सोचहरुमा सकारात्मक प्रभावले जित्ने आशामा विर्को लागेको छ । अव त रातको अन्धकारमा नै अपनत्व देख्ने वानीको विकास भएको छ । यसैभित्र जीवनका फुलहरु फक्रिएका कल्पनाहरु ह्दयंगम हुने आधार वनेको छ ।
त्यो चम्किलो नयन भित्र पनि उदासिनताको प्रकाशले ढाकेको जस्तो । खोलाको सुस्केरा भित्रको आनन्दमा रम्न खोज्ने आत्माहरु पनि विच्किए जस्तो । हिजो आकास चुम्ने गरि गएका वोटहरुमा आज त कतै घुम्रिएजस्तो । सायद जीवनको शाव्दिकता यहि भित्र भेटिन्छ क्यारे । कोईलीको चिर्चराहटमा भेटिने आनन्द जीवनको कुन पलमा सम्भव होला र ? वनाउने र वन्ने त जीवनका साधन मात्र रहेछ । साध्य त वर्तमान रहेछ, अन्य सवै मिथक ! वगिरहेको त्यो वेगमा पनि असमानता रहेछ, हिजो वेस्सरी चिच्चाएको खोलीको गर्जन आज सुस्ताएको छ । वेगमा वगेको पानीको मात्रामा असमानता रहेछ । हुने र नहुनेको वीचमा फरकपन जीवनको पलहरुसँगै चेतनाको मात्रा सँगै अनुभुति हुने रहेछ । हिजो कल्कलाउदै वगेको वेग आज सुख्खा वनेछ, त्यो वेगमा आएको उतारचढाव र उभारमा जीवनका अणुहरु केलाउन सकिने रहेछ । यथार्थतालाई आत्मासात गर्न काशी नै जानुपर्ने रहेनछ । देखिने, भोगिने र टेकिने वस्तुको समागमलाई नियाल्ने दृश्प्रयास गरियो भने शाव्दिक जीवनवोध हुने रहेछ । यद्यापी यो वाटो सवैमा सम्भव नहुने रहेछ ।
भीडको वीचमा पनि एक्लो र एकान्तको अनुभुति जीवनको नित्य कर्म वनिदियो । यहि सोच सायद सवैमा हुन्छ कि कुष्ठामा । उपयोगका यो प्रतिष्पर्धामा अपनत्व खोज्ने दृश्साहस समयले धेरै पछि दिलाईदियो । प्राप्तिमा सायद जीवनको रंग थाहा हुदैन क्यारे ! अनुकुलताको जीवनले अन्तत एकदिन निरिहता वनाउने निश्चित रहेछ । जव जीवनको रंगवोध हुन्छ, त्यसलाई आत्मासात गर्नु भनेको असम्भवप्राय रहेछ ।
नयनको परेली पनि गतिको निरन्तरताको अभ्यास गर्दे छ क्यारे । झुम्रिएको र लद्रिएको छ । सधै सवै समान नहुने यथार्थ सवैमा लागु हुने रहेछ । एक्लो वृहस्पति वन्ने प्रयास महत्वकांक्षाको घोतक मात्र रहेछ । भौतिकतामा जीवन सम्पुर्णता देख्नेहरु धर्तिका वोझ रहेछन् । जुन वोधले जीवनको उत्तरार्धमा सजिलै वाँच्न नदिने रहेछ ।
भोजनमा, सयनमा र नयनमा समेत प्रत्याभुत हुने अवस्था सायद कमैमा रहला ! टेकेको पाईलामा पनि जीवनवोध हुने अवस्था निश्चिय पनि सरल होईन । सोध्ने र प्रश्नको उत्तर खोज्नेको यो प्रतिष्पर्धामा जित सोध्नेको नै हुने निश्चितप्रायः छ ।
शुन्यता भित्रको जीवनको मार्धुयतामा पनि प्रश्नको वर्षा भईदियो, जीवनमा जीवनको न्याय कति ?








