भगवान (बिबि) राज श्रेष्ठ
कमल नयनमा देखिएको स्पन्दन नै जीवनको वोझ रहेछ । हुटहुटीको क्रन्दनले अन्तत पीडा शिवाय केही नदिने रहेछ । सोचको तादात्म्यतामा जव महत्वकांक्षा हावी हुन्छ, त्यो जीवनको मिथक वन्ने रहेछ । त्यही मिथकको वरिपरि सम्पुर्ण जीवन घुम्ने रहेछ ।
सोच फर्काउन सकियो तर त्यो यथार्थतामा हुन सकेन । सोच्नका लागी सोचमात्र वन्ने सोच मानसिक रुपमा वन्धक वन्दो रहेछ । फेरि पनि त्यहि निरन्तरतामा लाग्नु नै यथार्थ रहेछ । हिडेको पाईलालाई मेट्न किञ्चित सम्भव नहुने रहेछ ।
सोच र ह्दयको स्पन्दनमा सायद ह्दय कमजोर र सोच हावी हुने रहेछ । सोचमा जव महत्वकांक्षा हावी हुन्छ । वगेको हावा पनि विपरितार्थ हुने रहेछ । अत्यावश्यकता भन्दा आवश्यकताले प्रशय पाउछ, त्यसपछि जीवन फिक्का फिक्का हुने रहेछ । ह्दयको पुकार पनि मस्तिष्कको अगाडी लाचार वन्दो रहेछ, जुन कर्म र भाग्यमा गएर लीन हुने रहेछ । जीवनको न्युनतम अर्थ नवुझदा धेरै आत्माहरु विलिन भए, हुदैछ र यो क्रम निरन्तर तिव्रताका साथ चलिरहेछ ।
हिजोको वहाव कहिल्यै समान भएन क्यारे, तर लाग्दथ्यो, सवै समान छन् । वाहिरी दृष्टिकोणले आत्मिक पहिचान गर्न नसकिने रहेछ । जानेको र लागेको कुरालाई नै सत्यता सम्झि गरिएका हत्कण्डाहरु अन्तत जीवनपयोगी वन्न सकेन । क्षणिकता र प्राप्तिमा नै जीवन सम्झने हुतहुतीले न फर्कन सक्ने न सम्हाल्ने सक्ने अवस्था वन्दो रहेछ । स्वार्थताको पनि हद हुन्छ क्यारे जसलाई सजिव जातिले थेग्न सक्दैन । यहि स्वार्थताको गन्धले अन्तत्वगोत्व नैराश्यतको पहाड वन्दो रहेछ ।
समयको पलजस्तै घडिका सुईहरु घुमिरहे । प्राविधिक रुपमा फर्काउन खोज्नु मनोभावना मात्र रहेछ । जीवनको गति पनि यहि रहेछ, जसमा सोच र महत्वकांक्षा हावी वन्ने रहेछ भने ह्दय र मस्तिष्क वन्धक

मात्रात्मक रुपमा कम र वढी भएता पनि निरन्तर वगिरहेको जल अविरल रुपमा यात्रामा रहेजस्तै जीवनको गतिमा अविरलता सत्यता रहेछ । अनुकुलतामा वातावरणीय प्रभाव साधन भईरहँदा जीवनका साध्यहरु धुमिल हुँदो रहेछ । जसको आभास कमैलाई हुने रहेछ । सोच सधै आफनो अधिनमा नहुने सत्यता जवसम्म चेतनामा रहदैन, गल्ती र पीडाका महासागरहरु नजानिदो रुपमा सहयोगीका रुपमा नजिकिने रहेछन् । देख्दा र सोच्दा समान्य लाग्ने परिपुरकहरु जव जीवनका यथार्थवोध तर्फ ढल्कने छन् तव मात्रा आभास हुने रहेछन् । यो नै सत्यताको घोतक रहेछ । प्राप्तिको यो उक्साहटमा जव अनियन्त्रित हुन्छ, तव जीवनको तत्ववोधहरु छाँयामा पर्दो रहेछ । जुन जीवनको केही समयसम्म छाँयामा नै विलिन हुदोरहेछ, जसरी दिनमा सुर्यको किरण हावी भएजस्तै । यहि अवधिमा महत्वकांक्षाको पर्खाल ह्वात्तै वढिदिदाँ दिनको सुस्तता र शितलता हुदै अन्धकार तर्फ अग्रसर वन्दछ, त्यहि पल नै जीवनभोगको चरम महत्वकांक्षाको उपज रहेछ । देख्दा र भोग्दा समान्य देखिएता पनि कहिल्यै समान्य नहुने पलमा हाम्रो सोचहरुको उथुलपुथुले यसको असमानता पुष्टि गरेको हुँदो रहेछ । यहि पटाक्षेप भित्रको सत्यता अन्तत मात्तिएको उमेर र सोचपछि देखिदो रहेछ । नजिकवाट यथार्थवोधको सामिप्यता त सायद सृष्टिमा कमैले गरेका होलान् । जीवनभोगलाई नियाल्न सकिएमा र प्रकृतिलाई आत्मासात मात्र पनि गर्ने कोशिश गरिएमा गल्तिका श्रृखलाहरु निरन्तर घटिरहने थिएनन । अल्झिएको जीवन फर्काउन गरिएको अथाह कोशिश उपलव्धी शुन्य हुने रहेछ । यथार्थवोधलाई आत्मासात गर्न हैन, पन्छाउन र छल्न उद्यत हाम्रा व्यवहार फेरि पनि उहि वाटोमा अविरल रुपमा लम्किरहे ।
धेरै वहावहरु यात्री वनेर जलक्रीडा वनेर सारथी वने, निश्चित पलका लागी । फेरि पनि हेक्का हुन सकेन । लाग्दछ उहि सहयात्री साथमा छ, यहि झुटो आत्माविश्वासमा वगेको नियती यथार्थतामा भिज्न सकेन । सहजता खोज्ने र प्राप्तिमा सफल जीवन ठान्नेहरुको भीडमा भीडिरहेको छु, त्यहि आत्मरतिमा रम्नका लागी ।
कहिले त लाग्दछ, यी सवै मिथ्या हुन् । तर त्यो कदापी टिक्न सक्दैन । नयनको दृष्टिदोष हो कि ह्दयको पराकम्प । सोच किन नयनको यो दृष्टि दोषवाट परिचालित हुन्छ ? आत्मा नै उथुलपुथुल हुने गरि मस्तिष्कमा देखिने ज्वारभाटाहरु किन सधै असन्तुलित ?
ह्दयको कुनावाट मेरो नै आभास भएझै । फेरि पनि त्यही ह्दयको क्रन्दन किन असम्भव भयो होला ? त्यो नयनले खोज्ने आकृतिमा किन को वाधक वन्यो होला ? वाध्यता र भाग्यलाई दोष दिने अवस्थाको सृजनाकार हामी आफै कि कोही अरु ? दोष दिएर नै फगत उम्कन खोज्ने दुस्साहस भनेको कमजोरीको घोतक हो । जो हर कोहीमा देखिन्छ । कल्पना पनि वाँच्ने अचुक औषधी रहेछ । त्यहि कल्पना र सपनाले ह्दयको पुकार वोल्छ, जति नै आरोह, अवरोह र पर्खालहरु भएता पनि । तर त्यो आरोह, अवरोध र पर्खाल तोड्ने हिम्मत र समयसम्म जीवित आत्मा रहला वा नरहला भन्ने हो ।
धर्तिमा चालिएको पाईलामा पनि सोधिएका प्रश्नको वाढीले जीवनवोध गराएता पनि त्यसको लक्ष्य सम्भव छैन । चाहना र आवश्यकता फरक फरक विषय रहेछन् जसलाई हामी परिपुरक मानिरहेका छौ । महत्वकांक्षाको यो वाढीले सोचको यो वन्धकता चिर्न सक्ला कि नसक्ला ? समयको पलजस्तै घडिका सुईहरु घुमिरहे । प्राविधिक रुपमा फर्काउन खोज्नु मनोभावना मात्र रहेछ । जीवनको गति पनि यहि रहेछ, जसमा सोच र महत्वकांक्षा हावी वन्ने रहेछ भने ह्दय र मस्तिष्क वन्धक ।








