बिबि श्रेष्ठ
खर्किएको खोला पनि शान्त रुपमा वगिरहेछ । लाग्दथ्यो, हिजोको खहरे खोला र आज वीचमा असमानताको विशाल खाडल छ । त्यही खोलाको वेगमा वग्दै गर्दा वनेको सोच वाध्यतावश आजको शितलतासँगै परिवर्तन भएको छ । हिजोको पाईलाहरु धुमिल हुदै निखार वनेको छ । उर्लिएको भेलले विगारेको संरचनासँगै सोचको महत्वकाक्षांले पनि धेरै पर पुरयाईसकेछ ।
फर्केर हेरे, सुस्ताएर हेरे, समिप वसेर हेरे, वहाव त निर्मल वन्दैछ तर कुनै दिनको त्यसको वहावले विगारेका संरचना निर्मल वन्दै छैनन । वर्षो भेलजस्तो मस्तिष्कको ज्वारभाटले पनि अनन्तदीपमा पुरयाएछ । जसलाई निर्मल वनाउन सहज छैन । सायद यसमा नै टेकेको होला, प्रकृतिले, अनुपम छटा भित्रको निरन्तरता । हिजोको उन्मादमा सोचको महत्वकांक्षाले थिचेता पनि त्यसको प्रभाव र अभावमा जीवन हल्लिरहदाँ प्रकृति भने समानता उन्मुख वनिरहदाँ सोच र जीवन भने धेरै पर पुगिसकेछ ।
समय र भाग्यलाई दोष दिनेहरुको वेगल्ती भीडमा हराउँदा पृथकता खोज्ने सोच पनि वन्धक वन्दोरहेछ । पलको आत्मावोधले छटपटिदा यहि भाग्य र समयलाई दुत्कार्ने सोच हावी वनिदियो । त्यहि पुरानै सोच र शैलीमा हिजो वित्यो, आज वित्दैछ र भोलि वित्नेछ ।
विश्वासको सम्वन्ध नै धर्मराए जस्तो । सम्वन्ध भित्र पनि महत्वकांक्षाको अविरल पहाड । देखिने र भोगिने मात्र जीवनको परिभाषा हो भन्ने सोचले अंग अंगमा घर गरिदियो । वुझाईमा मात्र सत्यता खोज्ने शैली र सोच नै दास मानसिकताको उपज वनिदियो । अहंमताको पहाडमा चुचुरोमा पुगेको भान हुने सोचले अस्तित्वविहिन जीवनयात्राको निरन्तरता वनिदियो । लाग्दथ्यो, म नै सर्वेसर्वा, योग्य र सफल हुँ भन्ने महत्वकांक्षा सर्वत्र भईदिदाँ वास्तविक जीवनको अर्थ छाँयामा परिदियो ।
शान्ति र शितलता खोज्ने अनेकन दुश्प्रयासहरु अन्तत मनोवादमा अल्झिन वाध्य वनेका छन् । अनेकन पीडा र असन्तुष्टि खोज्ने प्रयास अन्तत्वगोत्व आफैभित्र सल्वलाईरहेका छन् ।
प्राप्तिमा मात्र सवल जीवन सोच्नेहरुको आम जीवनमा प्रकृति र पलको आत्मानुभुतिको आभास नै भएन । सत्यताको सीमालाई वुझने कोशिश नहुदाँ आत्मरतिमा रम्ने रवैया आम वनिदियो । यहि आम रवैया भित्रको जीवनमा हराएको जीवनवाट जलिरहँदा त्यहाँवाट सोचिने सोचले जीवनवोध हुने रहेछ । साँच्चै सोचको विविधता भित्र समय र पलको फरक फरक रस्वदान र परिभाषाहरु भाष्य वने । त्यहि उत्ताउलो पललाई नियन्त्रण गर्न नसक्दा आफैभित्रका रवैयाहरु नै सर्वेसर्वा वनिदियो । त्यही रवैयाभित्र वगिदिदाँ समयको परिवर्तनशीलको हेक्का नहुदाँ जीवन नै वोझिलो वनिदियो ।
पलमा पनि यति धेरै असमानता, क्षणिक आवेगको निर्णयहरु जीवनका नर्क रहेछन् । आवेगका निर्णयहरु सच्चाउन त्यति सम्भव नहुने रहेछ, जति सहज तरिकाले सोचिनेछ । पटक पटकका वाचा वन्धनहरु वायुको कम्पन सँगै धुमिल वने । हिजोको त्यहि समयमा वगेको वायु र आजको वायुमा धेरै असमानता रहेछ, मात्रामा असमान विविधता रहेछ । भाग्यलाई दोष दिने संस्कारमा त्यसैको अनुयायी वन्न विवश वनेको छौ । सोचको एकाग्रता पनि असम्भव नै रहेछ, क्यारे । प्रत्येक हावाको कण र मात्राले नै छताछुल्ल पारिदिने । सोचको पलमा पनि असिमित असमानता । त्यहि असमानता भित्र समानता खोज्ने हाम्रा सोचहरु दास मानसिकताका घोतक रहेछन ।
साँच्चै प्रतिविम्विमा यति धेरै अत्यास आईसकेछन् । समयको गतिसँगै शरिरका अंगहरु पनि गुटमुटिसकेछन । लाग्दथ्यो, सवै सत्यता म मात्र हुँ । यहि रवैयाले डेरा जमाउन खोजेता पनि विस्तारै विस्तारै धुमिल हुदै गईरहेको पत्तो नै भएन । पीडा र प्रश्नका गतिहरु पनि लुक्न र छेकिन वाध्य वनेका छन् । विस्तारै हिजोको सोचहरु मस्तिष्कमा कहिल्यै नआउन जस्तो । जसले अनेकन प्रश्नले पाईलालाई नै वन्धक वनाईदिन्छ ।
जीवन नै स्खलित वनेपछि सोच हरु स्वभाविक रुपमा स्खलित हुने रहेछ । प्रकृतिको नियमनको महत्वपुर्ण पाटो नै यहि रहेछ । यहि पाटोलाई केही भएता पनि आत्मासात गर्न सकेका भए जीवनमा यतिधेरै पीडाका पहाडहरु ठड्डिने थिएनन । खुशी र हाँसोको पनि आफनै सीमा रहेछ । जुन अस्थिर हुने रहेछ ।
पलमा पनि यति धेरै असमानता, क्षणिक आवेगको निर्णयहरु जीवनका नर्क रहेछन् । आवेगका निर्णयहरु सच्चाउन त्यति सम्भव नहुने रहेछ, जति सहज तरिकाले सोचिनेछ ।
शान्ति र शितलता खोज्ने अनेकन दुश्प्रयासहरु अन्तत मनोवादमा अल्झिन वाध्य वनेका छन् । अनेकन पीडा र असन्तुष्टि खोज्ने प्रयास अन्तत्वगोत्व आफैभित्र सल्वलाईरहेका छन् । विचार पनि विस्तारै खीया लाग्दै गर्दा विगतका घटनाक्रमहरु खुल्ला नयनमा पनि घुमिरहे । दिनको उज्यालो भन्दा पनि रातको अन्धकार नै प्यारे । अहिलेको मान्छे भन्दा पनि विगतको नै राम्रो लाग्छ रे ! सायद अहिलेको मान्छेमा अनेकन जालझेल, तिकडम, स्वार्थताको खानी भएर होला । आभासका अनुभुतिको छुट्टै आनन्द हुने रहेछ । अनेकन समस्या भित्र पनि उत्सुकता र मिठास ।
कल्पनाको अद्भुत परिकल्पनाले मन्त्रमुग्धको क्षणिकतामा केही पल भएता पनि हरायो होला । चाहनाको अविश्रान्त सोचहरु दिनको उज्यालो सँगै पोल्यो होला, कहि न कहि गल्तीको महशुशले आत्मा रोयो होला, फेरि पनि निरन्तरताको श्रृखलाको यात्रु वन्नेको विकल्प नै नहोला ।
जीवनको दैननुचर्या लाई आत्मासात गर्नु नै जीवनको पयार्य रहेछ । जहाँ सृष्टिको अविरलता झल्किन्छ । सोचमा आएको विविधता पनि जीवनमा गरिएको मिठो भुलको परिचायक रहेछ । जुन विगत र भविश्य हुदै अनन्तकालसम्म चलिरहन्छ । असिमति चाहनाको सहि व्यवस्थापन नहुँदा महत्वकांक्षाको भारीले थिचिदै गर्दा सोच पनि धुमिल हुनुपर्ने र वाध्यातामा चल्नुपर्ने रहेछ । वाध्यताका जीवन धेरै महत्वकांक्षाको उपज रहेछ ।
वगेको नदिमा वगेको पानीको वहावमा पनि अनेकन उतारचढाव । समान देख्ने सोच भनेको अल्पसोच रहेछ । अनेकन घुम्तिमा ठोकिएका जीवनका पलहरु वीच पानीको वहावमा असमानता देख्ने धृष्टता पलाएको छ । यहि धृष्टता क्षितिज मा पुगेर विलिन हुनेछ ।








