– मदन भण्डारी
(१) संविधानको सर्वोच्चता
– कुनै पनि वर्ग, व्यक्ति,संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन ।
– संविधान सवैको निम्ति अनुल्लघनिय हुनुपर्दछ ।
– समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।
(२) बहुलवादी खुला समाज
– प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र वोल्ने तथा आफना अनुभुतिहरु अभिव्यक्ति गर्ने स्वतन्त्रता हुनुपर्दछ ।
– बाहिरी दुनियावाट अलगथलग, बन्द र एकेहोरो समाज हुनुहुदैन ।
(३) शक्ति पृथकीकरणको सिद्धान्त
– शक्ति व्यक्तिकोहातमामात्र होईन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुदैन ।
– एउटै संस्था कार्यकारी,विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुदैन ।
(४) मानव अधिकारको रक्षा–
–साँचो अर्थमा कम्युनिष्टहरु नै मानव अधिकारको सवभन्दा ढृढ योद्धा हुन र हुनसक्दछन् ।
– मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।
(५) बहुदलिय प्रतिष्पर्धा प्रणाली
– राज्य र त्यसका राजकीय निकायहरु सम्पूर्ण जनताो चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनु हुदैन ।
– वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरु हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।
(६) आवधिक निर्वाचन
– जनताले एकपटक गरेको निर्णय सधैको निम्ति शास्वत हुन सक्दैनन ।
– निर्वाचन–विचार, कार्यक्रम र नीतिहरुको आधारमा निश्चित अवधिमा हुनुपर्दछ ।
– एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।
(७) बहुमतको सरकार र अल्पमतको विपक्ष
– वहुदलिय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो ।
– अर्को मुल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो ।
– सरकारको विपक्षमा वैधानिक रुपमा काम गर्न पाउन प्रणाली लोकतान्त्रिक प्रणाली हो ।
(८) कानुनको शासन
– कुनै पनि व्यक्तिमाथी कानुन अधिकार प्राप्त निकायको औपचाकि निर्णयवाट मात्र दण्डित गर्न सकिने व्यवस्था ।
– सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन र ती सवै प्रचलित कानुन अनुसार गरिने छन् ।
(९) जनताको जनवादी व्यवस्थाको सुढृढकरण
– जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रुपमा अगाडी वढाईनेछ ।
– पहिलो चरण अन्तरगत पुरानो व्यवस्थाको शोषणका अवशेषहरु सवै क्षेत्रवाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।
– दोश्रो चरण अन्तरगत नयाँ उत्पादन सम्वन्धको आधारमा समाजका सवै क्षेत्रमा भौतिक र सास्कृतिक दुवै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।
– तेश्रो चरण अन्तरगत समाजवादमा संक्रमणको निम्ति केन्द्र्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
(१०) विदेशी पुँजी र प्रविधि
– वैदेशिक पुँजी र प्रविधिको सवालमा नीतिगत रुपमा ढोका वन्द गरिने छैन ।
– संविधान र ऐन कानुनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिनेछ ।
(११) क्षतिपुर्ति
– नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंशमा लाग्ने सामन्ती जमिन्दार वाहेक अरुलाई जमिनको क्षतिपुर्ति दिईनेछ ।
– क्षतिपुर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिईने छ ।
(१२) विदेश नीति
– पंन्चशिलको सिद्धान्त अनुरुप वैदेशिक सम्वन्ध कायम गरिनेछ ।
– आफनै प्रत्यक्ष पहलवाट अन्तराष्ट्रिय समर्थन जुटाउने ।
– क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई वेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहवाट मात्र वैदेशिक नीति निरुपित नहुने ।
(१३) नेतृत्व र अधिनायकत्व
– सेवा, पहलकदमी र प्रतिष्पर्धाद्धारा नेतृत्व प्राप्त गर्ने ।
– अधिनायकत्व शव्दको सट्टा आम रुपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने ।
(१४) जनताको बहुदलिय जनवाद
– यो नेपाली सन्दर्भको नयाँ जनवाद हो ।
– नयाँ जनवादी क्रान्तिको सारातत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको वहुदलीय जनवाद नामाकरण गरिएको हो ।








