‘दास मानसिकता’


बिबि श्रेष्ठ
जीवनको प्रधानता रहेको सोच नै दास हुने रहेछ । मात्रात्मक रुपमा कम वेशी भएता पनि सवैमा प्रवल हुने दास मानसिकताले सिगों जीवन नै प्रताडित हुने रहेछ । कहि न कही, कसै न कसै प्रति रहने दास मानसिकताले जीवन नै तरंगित वनाईदियोे ।
दास मानसिकताको सुत्रधार के हो ? आफैमा निहितार्थ हुने सोचको कारक तत्व के रहेछ ? दास मानसिकता वीनाको जीवन सम्भव छ, कि छैन ? दास मानसिकताको मात्रा असिक्षितमा वढी र शिक्षितमा कम हुने हो कि यसमा पनि चेतनाले काम गरेको हुन्छ ? कसैमा अधिनस्थ रहने कि नरहने अथवा परनिर्भरता रहने कि नरहने भन्ने विषय आम व्यक्तिको चेतनाले कति प्रभाव पार्ला ?
मानव जाति आफैमा आफै सिर्जित समाजिक प्राणी हो । समाजिक प्राणी हुदै गर्दा अन्य असमाजिक प्राणीमा देखाईने स्वभावमा स्वत दास मानसिकता झल्किएको हुन्छ । यसको मात्रामा व्यक्तिको स्वभाव निर्भर रहेको हुन्छ । अरुमा दास मानसिकता प्रकट गरिरहँदा आफैमा पनि कसैले दास मानसिकता थोपरिरहेको हुन्छ । कसै न कसैको अधिनस्थ रहने प्रवृत्ति भित्र दास मानसिकताका प्रतिकहरु वेगल्ती देखिरहन्छन् ।
सोचको वन्धक दास मानसिकताको उच्चतम स्वरुप हो । सोचको वन्धक समान्य चेतनाले महशुश गर्न सक्दैन । यसको महशुशका लागी जीवनका न्युनतम आधारशीला वुझन सक्ने चेतनाको विकास हुन जरुरी छ । जसका लागी समाजको विकासक्रम, मानवजातिको आवश्यकता र चाहनाको पृष्ठभुमि जान्न जरुरी छ ।
मानसिकता भित्रको सोच आफैमा समान्य भएता यसको जटिलताको मुख्य कारक भनेको मानव जाती स्वयं नै हो । दास मानसिकताको मुख्य आधार भनेको व्यक्तिको परनिर्भरता हो । यही परनिर्भरतामा फसको जीवनले जीवनको वास्तविकता वुझन दिदैन । अथाह समस्याका वीचमा गुज्रने तत्वहरु दास मानसिकताको उपज हुन् । मानसिकताको उच्चतम सकारात्मक प्रयोगले दास मानसिकतामा कमी ल्याउन सकिन्छ । तर त्यो सहज हुदैन ।
दास मानसिकता आम समस्या हुन् ? या यसको प्रकृति पनि असमान हुन्छन् ? यो दास मानसिकता समाज, व्यक्ति, चेतनास्तर र समाजिक वातावरणले प्रभाव पार्देन ? स्वभाविक रुपमा दास मानसिकता आम समस्या हुन् । यसका प्रकृति पनि असमान हुन्छ, व्यक्तिमा निर्भर रहने क्षमता र चेतनास्तरले यसको मापन गर्ने गर्दछ र सोही अनुसार यो पनि मात्रात्मक रुपमा कम वेशी रहने गर्दछ । दास मानसिकता समाजिक वातावरणको प्रभाव, समाजमा रहने व्यक्तिको चेतनास्तरमा पुर्ण निर्भर रहन्छ तर यो औषतमा सर्वव्यापी रहेको हुन्छ ।
सम्पन्न व्यक्ति हुदैमा दास मानसिकताको प्रभाव नहुने र अशिक्षित वर्ग हुने वित्तिकै यसको मात्रा अत्याधिक हुने सोच सर्वमान्य हुन सक्दैन । किनकी व्यक्तिमा निहित हुने मानसिकतालाई व्यक्ति स्वंयले कन्ट्रोल गर्ने हुँदा व्यक्तिको क्षमता र जीवनलाई हेर्ने दृष्टिकोणमा यसको भाष्य निर्माण हुने गर्दछ ।
मान्छेमा किन दास मानसिकता पैदा हुन्छ ? यो प्राकृतिक नियमको अंग हो । समाज विकासको घटनाक्रम र मानवजातीको उत्पतिलाई नियाल्ने हो भने सजिवको मस्तिष्कमा नै डर पैदा भएको हुन्छ । जहाँ डर हुन्छ, त्यहाँ सोचको विकास हुन्छ, जहाँ सोच रहन्छ त्यहाँ दास मानसिकता पैदा हुन्छ ।
मानसिकता आम पयार्य हो । तर मानसिकताको प्रारुप भित्र दास हावी भएको हुन्छ । जसमा आफैप्रति विश्वास हुदैन, त्यसमा दास मानसिकता वढी झल्किन्छ भने जो स्वनिर्भर छ उसमा कम ।

किन हामी दासित वन्यौ ? किन हाम्रा सोचहरु दास वने ? यसको विषय उठान त्यति सहज छैन, जति हामी सोचिरहेका छौ । आफैप्रतिको भरोशा नहुदाँ वेगल्ती दास मानसिकता हावी वनिदियो । कसैलाई लाग्दो हो, म सम्पन्न छु, सवैमा आफनो विचार लादिरहेको छु । तर उसलाई हेक्का हुदैन, उ पनि कसैवाट दासित वनिरहेको छ । यो सवै जीवन भित्रका डर र भ्रमका उपज हुन् ।


परनिर्भर रहनुपर्ने समाजिक न्यायको सिद्धान्त नै हो । तर यसको मात्राले भने जीवनको आयाममा धेरै प्रभाव पार्दछ । कोही कसैपति आग्रह र पुर्वाग्रह समाज विकासको आवश्यकता नै हो । तर कसैलाई कसैमाथी दास मानसिकता लाद्दै गर्दा उ पनि कसैवाट दासित भईरहेको महशुश नै हुदैन । ठुलोले सानोमाथी देखाउने भावमा पनि दास मानसिकता हावी हुन्छ भने कोही कसैप्रति प्राप्तिकको आशा गरिरहदाँ पनि दास मानसिकताले काम गरेको हुन्छ । कोही सधै दासित मात्र भईरहने र कोही सर्वमान्य भईरहने भन्ने हुदैन ।
दास मानसिकता लाद्न खोज्नु पनि कमजोर मानसिकताको उपज हो । कसैलाई कसैको अधिनस्थ राख्न खोज्नु भने त्यो उसको अल्पज्ञान हो । म ठुलो भन्ने मानसिकता नै दास मानसिकता हो । जो हरेकमा कम वेशी पाईन्छ ।
प्राप्तिमा जीवनको उपलव्धी ठान्ने र गुमाउनु पर्दा संसार हारे जस्तो सोच्नु भनेको नै दास मानसिकता हो । कोही पनि आफनो स्वार्थलाई प्रधानता सोच्दछ भन्ने कुरालाई हेक्का राख्न सक्नुपर्दछ । अनि मात्र दास मानसिकता कमजोर वन्दछ । आफुमा नै केन्द्रित व्यवहार मानव जातिको उच्चतम रुप हो । यहि सर्वमान्य सिद्धान्त समेत वुझन नसक्दा हाम्रो मानसिकता झन झन दासित वनिरहेको छ । जसको प्रभाव आम जीवनमा परिरहेको छ । जव मानसिकता शिथिल वन्दछ, जीवनमा अनेकन समस्याहरु जटिल वनिदिन्छन् ।
किन हामी दासित वन्यौ ? किन हाम्रा सोचहरु दास वने ? यसको विषय उठान त्यति सहज छैन, जति हामी सोचिरहेका छौ । आफैप्रतिको भरोशा नहुदाँ वेगल्ती दास मानसिकता हावी वनिदियो । कसैलाई लाग्दो हो, म सम्पन्न छु, सवैमा आफनो विचार लादिरहेको छु । तर उसलाई हेक्का हुदैन, उ पनि कसैवाट दासित वनिरहेको छ । यो सवै जीवन भित्रका डर र भ्रमका उपज हुन् ।
एक अर्काको परिपुरक का रुपमा रहेको समाजिक व्यवस्था यसका अनुयायी हुन् । जसभित्र समाजिक व्यवस्थाको कल्पना गर्न सकिदैन । मुख्य चुरो भनेको दास मानसिकताका हावी हुनेहरुले जीवनका मुल्य मान्यता वुझन जरुरी छ ।
भौतिक, आर्थिक र सर्वमान्य सोचका मतियारहरु दास मानसिकताका पर्याय हुन् । जो आफुलाई ठुलो र योग्य महशुश गर्दछ र कमजोर ठानिएको वर्गमाथी अनेकन दास प्रवृत्ति देखाईरहन्छन् । अरुलाई कमजोर देखाएर आफु वलियो सोच्नेहरुका भीडमा दास मानसिकता नै मुख्य कारण हो । यहि मानसिकताका कारण समाजमा अराजकता, असह्ैयाता र असमानताको अवस्था सृजना भएको छ । आफैले आफुलाई चिन्ने प्रयत्न गर्ने हो भने दास मानसिकता कम हुदै जानेछ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.