जनताको बहुदलीय जनवाद भनेको के हो ?

शंकर पोखरेल
(क) जनताको वहुदलीय जनवाद जननेता मदन भण्डारीको अगुवाईमा विकसित नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । सामन्तवाद–साम्राज्यवाद विरोधी पूँजीवादी जनवादी क्रान्तिलाई आफनो न्युनतम् लक्ष्य वनाएर अघि आएको यो कार्यक्रम नयाँ जनवादी क्रान्तिको कार्यक्रमको सारतत्व सहितको कार्यक्रम हो ।
(ख) जनताको वहुदलीय जनवादको कार्यक्रम र कार्यनीतिको आधारमाअघि वढ्ने क्रममा नेपाली क्रान्तिको महत्वपूर्ण अनुभव र उपलप्धि हासिल गर्न सफल भएको छ । यसै आधारमा अघि वढ्ने क्रममा नेकपा (एमाले) कम्युनिष्ट आन्लोलनको प्रमुख धार र रािष्ट्रय राजनितीको प्रमुख शक्ति वन्न सफल भएको छ ।
(ग) यस अवधिमा जनताको वहुदलीय जनवादको सफल परीक्षण समेत भएको छ। जनताको वहदलीय जनवादको मार्ग निर्देशनमा अघि वढ्ने क्रममा नेकपा (एमाले) प्रमुख पार्टी वन्न पुग्यो । एकल सरकार र संयुक्त सरकारको अनुभव हासिल गरयो र स्थानीय निकायको मुख्य संचालक वन्ने अवसर प्राप्त गरिरहेको छ ।
(घ) जनताको बहुदलीय जनवाद माक्सैवादको सिर्जनात्मक प्रयोग र विकासको नवीन रुप पनि हो । अहिले जनताको बहुदलीय जनवाद व्यवहारको कसीमा घोटिदै नेपाली क्रान्तिको सिद्धान्तको रुपमा विकास भएको छ ।
(ङ) नेपाली क्रान्तिको सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको कार्यक्रम, रणनीति, कार्यनिती र कार्यदिशालाई मार्गदर्शन गरिरहेको छ । अर्थात जनताको वहुदलीय जनवाद नेपाली क्रान्तिको नेतृत्वकारी विचार हो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.