(क) जनताको बहुदलीय जनवाद नयाँखाले पूजीवादी जनबादी क्रान्तिको कार्यक्रम हो । त्यसैले नयाँ जनवादी कार्यक्रम र जनताको बहुदलीय जनवादका वीचमा आधारभूत विषयमा धेरैहदसम्म एकरुपता छ । तर स्वरुपको पक्षमा भने निकै ठूलो भिन्नता छ र सारगत रुपमा कतिपय पक्षमा भने जनताको बहुदलीय जनवादले नयाँ जनवादका केही नविन मान्यताहरुलाई आत्मसात् गरेको छ ।
(ख) जनताकोबहुदलीय जनवाद नेपालीसमाजकोविशेषता एवं विशिष्ठता बोकेको र राष्ट्रिय एवं अन्तराष्ट्रिय अनुभव एवं परिस्थितीलाई समेत विश्लेषण गरी अघि सारिएका नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो ।
(ग) नेपाली क्रान्तिको कार्यक्तमकारुपमा सुत्रवद्ध जनताको बहुदलीय जनवाद माक्र्सवादको सिर्जनात्मक विकास हो । यसले माक्र्सवाद र लेनिनवादको मार्गदर्शनमा अघि वढ्ने क्रममा नेपाली क्रान्तिका सिद्धान्तहरुको विकास गर्न सकेको छ । त्यसैले जनताको बहुदलीय जनवाद माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा अघि वढ्ने क्रममा नेपाली क्रान्तिका सिद्धान्तहरुको विकास गर्न सकेको छ । त्यसैले जनताको बहुदलीय जनवाद माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग र विकास पनि हो ।
(घ) नेपालको जनवादी क्रान्ति रविश्व कम्युनिष्ट आन्दोलनकै सन्र्दभमा जनताको वहुदलीय जनवादले थपेका विशेषतालाई जननेता मदन भण्डारीले १४ वुँदामा प्रस्तुत गर्नभएको छ । जो निम्न अनुसार रहेका छन् ।
(१) संविधानको सर्वोच्चता
(२) बहुलवादी खुला समाज
(३) शक्ति पृथकीकरणको सिद्धान्त
(४) मानव अधिकारको रक्षा
(५) बहुदलीय प्रतिष्पर्धाको प्रणाली
(६) आवधिक निर्वाचन
(७) बहुमतको सरकार–अल्पमतको विपक्ष
(८) कानूनको शासन
(९) जनताको जनवादी व्यवस्थाको सढृढीकरण
(१०) बिदेशी पुँजी र प्रविधिको उपयोग
(११) क्षतिपुर्तिको सिद्धान्तको उपयोग
(१२) राष्ट्रिय हित अनुरुपको विदेशी नीति
(१३) नेतृत्व र अधिनायकत्व
(१४) जनताको बहुदलीय जनवाद
(ङ) उपयुक्त विशेषताका कारणले जनताको वहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक कार्यक्रम मात्र होईन । यो विश्व कम्युनिष्ट आन्दोलनकोनयाँ मान्यताका रुपमा आएको छ । जसरी कार्ल माक्र्सले हेगलको द्धन्द्धवाद र फायरवाखको भौतिकवाद लाई नयाँ रुपमा प्रस्तुत गरेर दर्शन र सिद्धान्तको क्षेत्रमा महत्वपूर्ण क्रान्ति ल्याउनुभयो, त्यसरी नै मानव जातिले आर्जन गरेका महत्वपुर्ण र जीवन्त उपलव्धि जसलाई पूँजीपति वर्गले आफनो सेवामा लगाएका थिए–त्यसलाई आधारभुत जनताको सेवामा लगाउने मान्यता विकास गर्नुभयो । यस योगदानका कारणले पनि यो अत्यन्त महत्वपुर्ण उपलव्धि वन्न पुगेको छ ।
–माक्र्सवादी अध्ययनका लागि केही सन्दर्भ सामग्रीहरुवाट साभार








