(क) यस कार्यक्रमले मानव समाजको विकासका क्रमममा मानव जातिले आर्जन गरेका जीवन्त र मुल्यवान उपलव्धिहरुलाई आत्मसात् गरेको छ । त्यसको जगमा उभिएर माक्र्सवाद–लेनिवादको रक्षा र विकास गर्न चाहेको छ ।
(ख) यस कार्यक्रमले समाजको परिवर्तन,विकास र अग्रगतिको लागि सामाजिक नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसात गरेको छ ।
(ग) यस कार्यक्रमले शान्तिपूर्ण संघर्षका यावत रुप र तरिकालाई प्रयोग गर्दे वलात् परिवर्तनलाई सहज वनाउन चाहेको छ ।
(घ) यसले द्धन्द्धवादको अनिवार्यता र सर्व व्यापकतलाई सैद्धान्तिक रुपमा स्वीकार्न मात्र होईन, व्यवहारिक रुपमा प्रयोग गर्न खोजेको छ ।
(ङ) यस कार्यक्रमले जनता नै शक्तिको श्रोत हुन् । राज्य व्यवस्थाको सार नै जनता र राष्ट्रको हित एवं कल्याण हो भन्ने मान्यताको आधारमा राज्यसत्तालाई प्रजातान्त्रिक ढंगले संगठित र परिचालित गर्न चाहेको छ ।
(च) यस कार्यक्रमले देश, काल, परिस्थिती अनुरुप स्थापित मुल्य र मान्यता अनुरुप स्थापित मूल्य मान्यताहरु बदलिन्छन र परिमार्जित हुन्छन् भन्ने मान्यताको आधारमा नेपाली समाजका विशेषता एवं विशिष्टतालाई अघि वढाउन खोजेको छ ।
(छ) यस कार्यक्रमले सवैखाले विशेषाधिकार लाई अन्त्य गर्दे वर्ग, व्यक्ति, पार्टी र संस्था सवैलाई सविधानको अधिनस्थ राख्ने र कानुनको शासन संचालन गर्न खोजेको छ ।
(ज) यस कार्यक्रमले ‘एक्लो वीर’ भन्ने मान्यतालाई अस्विकार गर्दे प्रतिस्पर्धा र पहलकदमीको प्रणालीलाई स्थापित गर्न चाहेको छ ।
(झ) यस कार्यक्रमले शक्तिको अति केन्द्रिकरणलाई अस्वीकार गर्दे शक्ति पृथकीकरण र विकेन्द्रीकरणको सिद्धान्तलाई अवलम्वन गर्न खोजेको छ ।
(ञ) यसले निषेधको निषेध सम्वन्धि अवधारणालाई गहिराईका साथ आत्मसात् गर्दे गतिशील वस्तुको पतनशील पक्षलाई छोडेर सुस्थीर पक्षलाई कायम राख्दै गतिशिल र विकासवान पक्षलाई अघि वढाउने सन्तुलनकारी मान्यतालाई अघि सारेको छ ।
(ट) यस कार्यक्रमले विश्व परिस्थितीअनुरुप कम्युनिष्ट आन्दोलनलाई राष्ट्रिय स्वाधिनता र सामजिक मुक्ति आन्दोलनसँग गाँसेरअघि वढाउन चाहेको छ ।
(ठ) यस कार्यक्रमले राष्ट्रवाद, मानवतावाद र जनवाद लाई नेपाली समाजको विशेषता र विशिष्टता अनुरुप अघि वढाउन खोजेको छ ।
– माक्र्सवादी अध्ययनका लागि सामग्रीहरुवाट साभार ।








