छैटौ राष्ट्रिय महाधिवेशनमा ‘जनताको बहुदलीय जनवाद’

(क) पाँचौ राष्ट्रिय महाधिवेशनवाट परिमार्जित नौलो जनवाद, नँया जनवाद, समाजिक जनवाद र वातावरणीय जनवाद जस्ता अनेकन् कार्यक्रमहरुसँगै प्रतिष्पर्धा गर्दे अत्याधिक वहुमतद्धारा स्वीकृत प्राप्त गर्न सफल जनताका बहुदलीय जनवाद छैटौ राष्ट्रिय महाधिवेशनमा सर्वस्वीकृत कार्यक्रम वन्न पुग्यो ।
(ख) छैटौ राष्ट्रिय महाधिवेशन सम्म आईपुग्दा जनताको बहुदलिय जनवादले आफुलाई व्यवहारको कसीमा एकहदसम्म सही सावित गर्न सफल भएको छ । यस कार्यक्रमको आधारमा अघि वढ्दा नेपालको कम्युनिष्ट राष्ट्रिय राजनितीको प्रमुख शक्ति वनेको छ ।
(ग) जनताको वहुदलीय जनवादको कार्यक्रमका आधारमा अघि वढ्ने क्रममा नेकपा (एमाले) राष्ट्रिय राजनितीमा सर्वाधिक लोकप्रिय र जनआधारित पार्टी वन्न पुगेको छ । पार्टीको संसदीय दलमा आएको विभाजन पश्चात् पनि केकपा (एमाले) सवैभन्दा जनआधारित पार्टी रहिरहने स्थिती छ ।
(घ) जनताको बहुदलीय जनवाद नौलो जनवाद भन्दा दक्षिणपन्थी वा सुधारवादी विचार, नीति र कार्यक्रम नभएर नेपाली विशिष्ठततामा आधारित र आफनै विशेषताहरु भएको नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र रणनीतिलाई निर्देशित गर्ने नेतृत्वकारी विचार हो भन्ने मान्यता छैटौ राष्ट्रिय महाधिवेशनले अघि सारेको छ ।
(ङ) छैटौ राष्ट्रिय महाधिवेशन पश्चात् जनताको बहुदलीय जनवादको कार्यक्रमले नयाँ उचाई प्राप्त गरेको छ । नेपाली क्रान्तिको सिद्धान्तको रुपमा यसको वैचारिक नेतृत्प र निर्देशनमा अघि वढेर नै नेपाली समाजको क्रान्तिकारी ध्येय एवं लक्ष्यलाई हासिल गर्न सकिन्छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.