असल शासनको विकल्प होइन, सैद्धान्तिक, संस्थागत अभ्यास हो ।

विकल्पको लागि हाम्रा बा बाजेले नेपालको समृद्धि, समुन्नति देख्न पाएनन् । राजतन्त्र, तानशाह, केन्द्रीकृत, कूलिनतन्त्रको विकल्पका लागि लडेर ल्यएका विश्व शासनले अवलम्बन गरेको शासन व्यवस्थाको पनि विकल्प भन्दा हाम्रो पुस्ताले पनि कता संस्थागत अभ्यास मार्फत हुने समृद्धि, समुन्नति र विकासको प्रतिविम्ब देख्न नपाउने हो भन्ने लाग्छ ।

राज्यको उत्पत्ति संगै मानव सभ्यताले व्यवस्थित, सुरक्षित एवम् मर्यादित जीवनयापनको चाहना सहित शासकीय व्यवस्थाको आकांक्षा गरेको पाइन्छ । त्यसै शिलशिलामा अनौपचारिक तवरले हुँदै आज सम्म विश्वले राजतन्त्र, तानशाह, कूलिनतन्त्र भोग्दै आयो ।
बेलायतमा राजाको कुलिन शैली वापत बेलायती जनताले संघर्ष गरी म्याग्नाकार्टा ९ बेलायती जनताको हक हित, कानूनी शासनको सर्वोच्चता ० जारी गराए । फ्रान्सेली राज्य क्रान्ति जनताले पाएका, अराजकता प्रति लडेको विश्व उदाहरण छ । राजा लुई सोह्रौं को अराजक, निरंकुशता विरुद्ध फ्रान्सेली जनताले लडि हक हित, राज्य सुव्यवस्था कायम गराए ।

कुलिन र तानाशाही शासनबाट उन्मुक्ति ग्रहण गर्दै २००७ सालदेखि २०१७ पूर्वसम्म प्रजातन्त्र, २०१७ देखि २०४७ सम्म पञ्चायती व्यवस्था, २०४७ देखि २०६३ सम्म बहुदलीय प्रजातन्त्र, २०६३ देखि २०७२ सम्म लोकतान्त्रिक गणतन्त्र तथा २०७२ पश्चात संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक र संसदीय शासनको सम्मिश्रित अभ्यास नेपालले अभ्यास गर्दै आएको छ ।

राज्य सञ्चालनको शैली, पद्धति र क्रियाकलापका रुपमा रहने शासन विगतदेखि वर्तमानसम्म का प्रचलनमा सिंहावलोकन गर्दा विविध पद्धतिको अभ्यास पाइन्छ । विगतको निरंकुश र जहानियाँ शासनको आधिपत्य भएको स्थितिबाट अपवादबाहेक विश्व शासन आज लोकतान्त्रिक शैली तर्फ आकृष्ट हुदै गएको छ । राजतन्त्र, सैनिक शासन, तानाशाह, कूलिनतन्त्र जस्ता शासनका व्यक्तिवादी शैली अझ भन्नुपर्दा अतिवादी निरंकुश शैली वा स्वरुपका अभ्यासहरु लगभग समाप्त भएका छन् तिनको विकल्प जनहित, लोक कल्याणकारी, राज्य सुव्यवस्था का निम्ति संसदात्मक, गणतान्त्रिक, अध्यक्षात्मक, संघात्मक, लोकतन्त्रात्मक जस्ता लोकतान्त्रिक शैलीका नूतन अभ्यासहरु अवलम्बन हुदै आएका छन् । एकात्मक वाट शासन बहुल मोडेल तर्फ मोडिएको छ ।

कुलिन र तानाशाही शासनबाट उन्मुक्ति ग्रहण गर्दै २००७ सालदेखि २०१७ पूर्वसम्म प्रजातन्त्र, २०१७ देखि २०४७ सम्म पञ्चायती व्यवस्था, २०४७ देखि २०६३ सम्म बहुदलीय प्रजातन्त्र, २०६३ देखि २०७२ सम्म लोकतान्त्रिक गणतन्त्र तथा २०७२ पश्चात संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक र संसदीय शासनको सम्मिश्रित अभ्यास नेपालले अभ्यास गर्दै आएको छ । चलिआएको शासकीय स्वरुपलाई परिष्कृत तथा अझ प्रभावकारी बनाउने जनहितको रक्षा, शान्ति, सुरक्ष एवम् शासकीय सुव्यवस्था सहित गरी आधुनिक तथा लोकतान्त्रिक अभ्यासको परिप्रेक्ष्य सहित नेपाली जनताको बलिदान स्वरुपको शासकीय व्यवस्था हो यो । ू अब्राहम लिंकन ले लोकतन्त्र जनताद्वारा जनताका लागि जनताले गरिने शासन ू भनि व्याख्या गरेको पाइन्छ । जनताको सर्वोच्चता, सहभागीता र सर्वोपरिता, संविधानवाद, सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा, नागरिक स्वतन्त्रता, समावेशी, सहभागितामुलक, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, प्रेस स्वतन्त्रता जस्ता विशेषताले विशेष शासकीय व्यवस्था नेपालले अभ्यास गरिरहेको छ ।

सिद्धान्ततः लोकतन्त्रमा कुनै खोट छैन, छ त केवल यसको अभ्यासमा, त्यो पनि मानवीय स्वार्थ मा भनिन्छ । त्यस्तै झैं नेपाल र नेपाली जनताले ल्याएका व्यवस्थाको विकल्प चाहिएको छैन, यस व्यवस्थाको सञ्चालक, डेमोक्रेटिक लिडरसिप भएको असल कुशल नेतृत्व पुस्ता चाहिएको छ । बाह्य शक्तिको दवावमा नेपालमा निरन्तर अस्थिरता ल्याउने प्रयासको विरुद्ध नेतृत्व उठ्ने सक्नु पर्दछ । नेपालले अवलम्बन गरेको परराष्ट्र नीति, आफ्ना मित्र राष्ट्रसँगको मित्रता, सहायता बाहेक आन्तरिक विषयमा कसैलाई हस्तक्षेप गर्न नदिइ असल व्यावस्था विरुद्ध विकल्प होइन यसलाई संस्थागत, व्यावहारिक तथा सैद्धान्तिक तवरले अभ्यासमा लैजानु पर्दछ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.