विकल्प विहिनता !

वि वि श्रेष्ठ

अन्तत्वोगत्व भोगाई र कल्पनावीचको तादात्म्यता दुई खोलाको किनारा रहेछ । सोच्नु पाउनु नैसर्गिक अधिकार भएता पनि परिणाममा पाउनु अलग रहेछ । सोचको स्वखलित पनि उमेरको नियमन झै वाध्यतामा वाच्नुपर्ने अनिवार्यता रहेछ । यहि अनिवार्यताको पहिलो अंश जीवनको उर्वरतामा वुझन नसक्दा पीडाको सागरमा डुवुल्कुमार्नुको विकल्प रहनेछ । धर्मराएको र हौसिएको जीवनमा त्राण भर्ने सोच पनि सुर्यको किरणसँगै तेज र फिक्का हुँदा रहेछन् । उर्वरतामा मौलाएको त्यो वृक्षमा उपयोगिताको गन्ध पल पलमा आउने रहेछ । चाहे त्यो वृक्ष होस वा प्राणी । अधिनस्थमा धावा वोल्नु निश्चित समयका लागी सहज भएता पनि अन्तत हार नै त्यसको लक्ष्य रहेछ ।
गन्तव्यको त्यो क्षितिज पनि प्राप्तिमा मिठो लागेता पनि प्रतिकुलनमा सवैभन्दा हानिकारक वन्दो रहेछ । दम्भका वीचमा वाँचेको जीवनको ढल्कदो उमेरसँगै वोझ वन्दो रहेछ । रुप फेर्नु समान्य सृष्टिको निरन्तरता रहेछ । विचारको अडिगता पनि अनुकुलनतामा पाच्य हुदोरहेछ । जता पनि फर्कने सक्ने व्यवहारका वीचमा जीवन तैरिएको हुदाँे रहेछ । जीवन काँडा कि फुल ? प्रश्नको उत्तर गर्भमा नै रहने रहेछ, त्यसको व्याख्यता त भ्रम रहेछ । सोच र चेतनावीचको तादात्यमता आकाश रहेछ । जसको सार भेटन असम्भवप्राय रहेछ । सोच पनि कस्ता, कस्ता ? उमेरको त्यो उन्मादमा सोचिएको सोच अन्तत जीवनको सवैभन्दा घातक वस्तु रहेछ । उपयोगको दुनियामा सोचलाई एकाकार गराउन नसक्दा पानीको निश्चलतामाथी पनि प्रश्न उठ्ने रहेछ ।
जीवन दर्शनका चरण लाई समयको त्यो वेगसँगै चिन्न नसक्नु भनेको मुर्खता रहेछ । प्राप्तिमा खुशी हुने र अप्राप्तीमा दुखी हुने सोच भनेको दृष्टि दोष रहेछ । आखिरमा प्रकृति पनि त स्वार्थी रहेछ । गतिको त्यो मापनमा ढल्कने प्रकृतिको त्यो रौद्धरुपमा मानव जाति घुलन हुन नसक्दा जीवनमा देखिएको नैराश्यता जीवनको महत्वपुर्ण परिभाषा रहेछ । आखिर घमण्ड पनि पतन हुने रहेछ । मात्र त्यसको स्वरुप भने विभिन्न आकार प्रकारमा मिश्रित हुने रहेछ । त्यही घुलित स्वरुपमा हुने प्रकार्य नै जीवन दर्शन रहेछ । हिजो चम्किलो देखिने नयन पनि त आज धुमिल हुदै गएको छ भने सोचमा विचलन समान्य अध्येता रहेछ । विश्वासको पनि आफनै विविधता हुने रहेछ । विश्वासमाा पनि धमिराले जग हल्लाउने रहेछ । सोच्दा समान्य लाग्ने धमिराले पनि सिगो रुप नै ढालेझै विश्वासको धमिराले जता पनि ढल्काउने रहेछ । यहि सोचको विविधतालाई र प्रकृतिको नियमनलाई वुझन नसक्दा देखिएका आत्मिक विचलन जीवनका सवैभन्दा शत्रु हुने रहेछ । भौतिकतालाई प्रधान देख्नु प्रकृतिको नियमनको एउटा अंश रहेछ । प्रकृति पनि सधै सदावहार त कहाँ हुदोँ रहेछ ?
गतिका वन्धक सृष्टिका अनुयायीहरु हुने रहेछ । हिजो समान्य लाग्ने वस्तुहरु आज विशाल पहाड वनेर जीवनका गतिमा वाधक वनेका छन् । आहा, सोच पनि कति नतमस्तक ! जता पनि ढल्कने, त्यो ढल्काई अनुकुलतामा राम्रा लाग्ने, प्रतिकुलतामा खराव । यहि विषयका विविधतमा अल्झेका मानव जीवन गतिहिनतामा प्रभावहीन वनिदियो । नतमस्तकतामा समाहित वनिदियो । वाध्यतामा पनि क्रान्तिकारिता । सोच पनि जता पनि ढल्कने, जता पनि वग्ने, हावाको वेग जस्तै । जसको निरन्तरतामा कुनै समानता छैन । हावाको वहावमा उडेको चंगा अन्तत झर्नुु नै पर्ने रहेछ । मानव जीवनको नियती पनि त्यो भन्दा पृथक कदापी नहुने रहेछ । फरक भनेको मात्रात्मक रुपमा मानवमा देखिएको दम्भ र घमण्ड । जव त्यो दम्भ र घमण्ड धर्तिम पटाक्षेप हुन्छ । जीवन निरर्थक र वोझ वन्दा रहेछ ।
धर्तिको चाहना पनि संयमता होला, तर र्धित आफैले चाहदैमा मात्र पनि त्यो प्राप्ति भएको पाईदैन । सृष्टिको यो अनुपमता भित्र धर्ति त सफल हुन सकेन भने त्यसको एउटा कण ले प्राप्तिको चाहनामा सदैव मृगतृष्णा देख्नु भनेको फगत मिथ्या मात्र रहेछ । हिजोको त्यो चर्को स्वर आज विस्तारै मलिन भएछ क्या हो, वा उन्मादमा अस्तित्व रक्षाका लागी हुँकार । मलिन नभएता पनि झर्नु नै सत्यता हो । झर्छ, धर्तिमा अवश्य नै । धर्तिमा झर्नु र विलिन हुनु नै सृष्टिको सत्यता हो । मात्र त्यसको समयमा फरकपन मात्र । अव त नयनको वोलावत पनि विस्तारै धुमिल भएछ, क्यारे । आत्माको पुकारमा पनि विर्को लागेछ क्यारे । वाध्यता नै सत्यता हो । देखाउटी व्यवहार निश्चित समयका लागी राम्रो लाग्दछ । भोगाई र सोचाईको मिलन कदापी नहुने रहेछ । यहि नै सत्य रहेछ ।
वाध्यताका पनि विभिन्न आयाम हुदाँे रहेछ । त्यही वाध्यता प्राप्तिका वीचमा पनि प्रकट हुँदो रहेछ । वाध्यता सवैमा समान नहुँदो रहेछ । यसको रुप पनि असमान हुदँो रहेछ । चेतना पनि वाध्यताका अगाडी लाचार हुँदो रहेछ । वाध्यताका अगाडी क्रान्तिकारिता पनि स्वखलित वन्दो रहेछ । पलमा नै असमान हुने सत्यतामा सधै समानता खोज्ने सोचहरु नै जीवनका घातक वस्तु रहेछ । जसलाई हामी जीवनभर सिरानी हालिरहेका हुदोरहेछौ । दम्भका वीचमा अभ्यस्त हुनेहरुका चेतना अपुर्णता हुन् । जसले जीवन दर्शनसँग घुलित हुने हिम्मत गर्देनन् ।
पल पलमा वगेको नदिका वहावमा पनि समान प्रवाह नहुँदो रहेछ । नाङ्गो आँखाले देखेका सवै सत्यता नहुने रहेछ । वाध्यतामा वाँच्नु नै जीवनका अनिवार्य शर्त रहेछ । वाध्यताको रौद्ध रुप विभिन्न कालखण्डमा पटाक्षेप वन्दो रहेछ । त्यसलाई ग्रहण गर्नु आम प्रवृत्ति रहेछ । जसलाई हामी नतमस्तक वनेर ग्रहण गरिरहेका छौ । हिजोको त्यही पलमा देखिएको किरण आज पनि खोज्नु मुर्खता रहेछ ।
वक्स १
वाध्यतामा वाँच्नु नै जीवनका अनिवार्य शर्त रहेछ । वाध्यताको रौद्ध रुप विभिन्न कालखण्डमा पटाक्षेप वन्दो रहेछ । त्यसलाई ग्रहण गर्नु आम प्रवृत्ति रहेछ । जसलाई हामी नतमस्तक वनेर ग्रहण गरिरहेका छौ । हिजोको त्यही पलमा देखिएको किरण आज पनि खोज्नु मुर्खता रहेछ

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.