माधव नेपालको दुर्दशा…………

वि वि श्रेष्ठ

लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा होमिएका माधव नेपाल जीवनको उत्तरार्धमा भने दुर्दशामा फसेका छन् । कम्युनिष्ट आन्दोलनको स्थापनाकाल देखि नै आरोह अवरोहका वीचमा रहेका माधव नेपाल कम्युनिष्ट आन्दोलनका एउटा अथक योद्धा हुन् । जसको नेपालको कम्युनिष्ट आन्दोलनको ईतिहासमा सधै रहिरहनेछन् । यति धेरै ईतिहास वोकेको नेता आज कम्युनिष्ट आन्दोलनको पुर्नस्थापनामा लागेका छन् कि विर्सजनमा ? यो विषयमा घोत्लिन आवश्यक छैन ।
२००९ सालमा जन्मिएका माधव कुमार नेपाल पार्टी र सरकारको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । २०४८ सालमा नै राष्ट्रिय सभा सदस्य वनेर काम गरेका माधव नेपाल अहिले प्रतिनिधीसभाका सदस्य हुन् ।२०४७ सालकोराजाको प्रत्यक्ष शासनकालमा नै संविधान मस्यौदा आयोग सदस्यमा रहेर काम गरेका माधव कम्युनिष्ट आन्दोलनका अगुवा हुन् । २०५६ सालमा भएको चुनावमा रौतहटको १ र ४ नं क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फवाट विजयी वनेका माधव नेपाल २०५५ देखि २०५८ सालसम्म विपक्षी दलका नेता समेत वने ।
२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीको झक्कु प्रसाद सुवेदीसँग काठमाण्डौ २ नं क्षेत्रवाट चुनावमा पराजय भोगेपनि २०६४ देखि २०६९ सालसम्म संविधानसभा सदस्य वनेर संविधान निर्माणमा योगदान गरे । १३८५८ मत ल्याएर झक्कु प्रसाद सुवेदी विजयी हुदाँ माधव नेपालले १२३२५ मत ल्याएर पराजय भोगेका थिए ।

२०५१ सालदेखि ५२ सालसम्म उपप्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री समेत वनेका माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा २०४९ सालदेखि २०६४ सालसम्म निरन्तर रुपमा पार्टीको सर्वोच्च पद महासचिव वने । यहि महासचिवको लामो समयमा माधव नेपालले नेकपा एमालेलाई तेश्रो पार्टीमा पुरयाए । स्पष्ट अडान र प्रष्ट अडान नभएका माधव नेपाल शाही सरकारका पालामा प्रतिगमनका विरुद्ध देशमा आन्दोलन भईरहदाँ प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गयो । यहि घटनाक्रमवाट माधव नेपालको चौतफी विरोध भयो । देशको नै सवैभन्दा ठुलो कम्युनिष्ट पार्टी (एमाले) २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनवाट तेश्रो पार्टी भएपछि माधव नेपालले नैतिकताको आधारमा राजीनामा दिए । त्यो निर्वाचनवाट पार्टी मात्र हारेन, आफै पनि झक्कुप्रसाद सुवेदीसँग हारे । सुवेदीसँगको लज्जाजनक हार र पार्टीको ३३ सिटमा खुम्चिन वाध्य पारेका नेपाल भने झक्कुसँग हारेता पनि २०६४ सालदेखि २०६९ सालसम्म संविधानसभा सदस्यको रुपमा मनोनित भए । यहि समयमा नै माधव नेपाल २०६७ सालदेखि २०६९ सालसम्म देशको नै सर्वोच्च पद प्रधानमन्त्रीमा आसिन हुन पुगे ।
२०६४ मा निर्वाचनमा हारेर पनि संविधानसभा सदस्य वन्नु र त्यहीवाट प्रधानमन्त्री सम्म वन्नु माधव नेपालको क्रियाशिलताको उपज हो । पार्टी नेतृत्वमा रहदाँ गरेका काम कारवाही विवादित वनेता पनि राजनैतिक पार्टी र नेकपा एमालेका कारण माधव नेपाल पटक पटक मन्त्री र प्रधानमन्त्री सम्म वन्न पुगे । नेकपा (एमाले) का कारण भएको माधव नेपाल आफै भने अहिले एमाले सवैभन्दा ठुलो दुष्मन वनेको छ । जसरी पनि एमाले हराउ अभियानमा जुटेका माधव नेपाल जीवनका यो उत्तरार्धमा नेकपा एकीकृत समाजवादीको गठन गरेर एमालेको भुमिकालाई ओझेल पार्न चाहन्छ वा आफनो । यो परिणाम देख्न अव धेरै समय पर्खन पर्देन ।
२०६४ सालमा भएको चुनावमा हारेता पनि माधव नेपाल २०७० सालमा रौतहट १ वाट ८३६१ मत ल्याएर विजयी वने भने २०७४ सालमा काठमाण्डौ २ वाट २७३६६ मत ल्याएर विजयी वने । जीवनका कालखण्डमा ६ पटक सम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाट चुनाव जितेका माधव नेपालको अव हुने चुनाव भने अग्निपरिक्षा हुनेछ । जीतको यो श्रृखला नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्दा साख जोगाउने चुनौती माधव नेपालको काँधमा आईपुगेको छ । किनकी नेकपा(एमाले) को लामो समयसम्म नेतृत्व गरेर सम्पुर्ण लाभ लिईसकेका माधव नेपाल अव आफनो जीवनमा हुने अन्तिम चुनावमा जित्ने ल्याकत राख्छन् कि राख्दैनन ? त्यो हेर्न मंसिर ४ पर्खनुपर्नेछ ।
नेकपा (एमाले)को १५ वर्षसम्म सर्वोच्च पद महासचिव रहेर काम गरेका माधव नेपाल अहिले आएर एकीकृत समाजवादी गठन गर्नु वाध्यता कि महत्वकांक्षा ? यसका लागी माधव नेपालका विगत अध्ययन गर्नुपर्ने हुन्छ । १५ वर्षसम्म एकछत्र राज गरेर पनि नपुगेर कहिले झलनाथ सँग त कहिले केपी ओलीसँग मिलेर नेतृत्व हत्याउन गरिएको तिकडमले माधव नेपाल के चाहन्छ भन्ने पुष्टि हुन्छ । आफनो भन्दा अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने माधव नेपाल चरम महत्वकांक्षी नेता हुन् । पार्टीवाट चरम अवसर प्राप्त गरिसकेका माधव नेपालले पार्टी विभाजका लागी गरिएको कर्म पार्टीको कार्ययोजना, विचार र सिद्धान्तमा रहेर हैन, कुष्ठामा रहेर भएको हो । पार्टीमा कुनै पनि कुराको वैचारिक मतभेद विना लोभ, कुष्ठा र ईश्र्याले अन्तत माधव नेपाललाई नेपालको कम्युनिष्ट आन्दोलनका धोकेवाज वनेका छन् । विचारमा असमानता हैन, पार्टीमा वैचारिक र सागंठनिक मतभेद हैन, जसरी पुन आफै अध्यक्ष वन्ने लालशाले अन्तत माधव नेपाल पतनोन्मुख हुन पुगे ।
नेकपा(एकीकृत समाजवादीको गठन र आवश्यकता किन ? यो पुष्टि गर्न माधव नेपालले कदापी सक्दैनन् । प्रतिगमनका मतियार भनेता पनि माधव नेपालको विगतको कार्यविन्यासले केपी ओलीलाई प्रतिगमनकारी र आफुलाई अग्रगमनकारी पुष्टि गर्न सक्दैनन । दक्षिणपन्थी सँगको अनुचित गठजोडले केपी ओली र नेकपा एमालेलाई प्रतिगमनको मतियार हो भनेर पुष्टि गर्न सक्दैन । माधव नेपाल जत्तिको लामो समय राजनिती गर्नेले पनि वुझन नसक्नु वा वुझेर पनि आफनो हैसियत राख्न नसक्नु माधव नेपालको सवैभन्दा ठुलो भुल हो ।
२०७९ सालमा भएको स्थानिय तहको निर्वाचनमा माधव नेपालको मुख्य ध्येय नै केपी ओली र एमाले हराउ अभियान वन्यो । यसैका लागी माधवका तिकडम अनेकौ भए । यसका वावजुद पनि एमालेको मत हेर्दा देशको नै पहिलो पार्टी वन्यो । विचार र सिद्धान्त विनाको वेमेल गठवन्धनको नाराले पनि अन्तत्वगत्व माधव नेपाललाई चैनको सास फेर्न दिएन । जनतालाई सधै आफु मातहत राख्ने सामन्ती चिन्तन वोकेको माधव नेपालले जतिसुकै गठवन्धनको नारा ओराले पनि एमाले ईतरको दलले माधव नेपालको हैसियतलाई राम्रो सँग वुझेका थिए । केन्द्रमा वसेर काग्रेस, माओवादीसँग अपमानजनक गठवन्धन मानिदैन भनेर धम्काएका माधव नेपाल अव हुने संघिय निर्वाचनमा आफनो हैसियत जोगाउन गठवन्धनको चर्को नारा ओकालेका छन् । जुन आम जनतालाई मान्य हुन सक्दैन ।
पार्टीमा विचार र सिद्धान्त हुन्छ, कमिटी प्रणाली अन्र्तगत पार्टी चल्दछ । जनता र कार्यकर्ता परिवर्तन चाहन्छन भन्ने सत्यतालाई आत्मासात गर्न नसकेका माधव नेपाल गठवन्धनका नाराले अस्तित्व रक्षाका गर्न सकिदैन भन्ने वुझिसकेका छन् । तर पनि माधव नेपाललाई फर्कन सजिलो छैन । किनकी राजनितीको नाममा अराजकता निम्ताएका माधव नेपाल त्यसैको रोईलोमा अहिले गठवन्धनका नाममा अन्याय सहन सकिदैन भन्दै वर्वराईरहेका छन् । सायद अहिेलेको सन्र्दभमा माधवले वुझेका होलान्, विचार र सिद्धान्त विना राजनिती हुदैन भन्ने कुरा ।
२०७८ मा आफनै पार्टीको सरकार विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गरेर परामादेश मार्फत पार्टी वनाएका माधव नेपाल स्थानिय तहमा गठवन्धनको पार्टीले दिएको धोकाले मर्माहत वनेका छन् । अव पार्टी गठनका वेलामा आफुसँग भएका सासंदलाई र नेतालाई जोगाउने भन्ने ध्येय माधव नेपालमा छ । माधवको ध्येय त्यो भन्दा देश र जनतको समृद्ध र विकास हुन सक्दैन । पार्टी स्थापनाका वेलामा भएका नेता कार्यकर्ताको व्यवस्थापनमा नेता नेपाल जे जस्तो पनि सन्धि सम्झौतामा हस्ताक्षर गर्न सक्दछन । यसका लागी काग्रेस र माओवादीको जस्तो सुकै अपमान पनि सहन वाध्य छन् । किनकी माधव नेपालको हविगत अव पछाडी फर्कन सक्ने अवस्था छैन । कुनै व्यक्ति सँगको ईगो र द्धेषले कतिसम्म फरक पार्दछ भन्ने कुरा माधवले अहिले सहेको अपमानको घडिमा वुझेका छन् । यसलाई सच्चाएर अगाडी जाने हिम्मत माधव सँग छैन । किनकी सत्ता र शक्ति सधै कसैमा मात्र सिमित हुदैन भन्ने माधवले वुझेनन् ।
चुनावको घोषणा सँग समाजवादीवाट नेकपा एमालेमा फर्कनेको लहरले माधव नेपाललाई पिरोलेको छ । अवसरका लागी गएका नेताहरु माधव नेपालको शक्तिक्षीण सँगै फर्कने अभियानमा छन् । सासंदहरु पनि पुन सासंद वन्न पाईने लोभमा वसेका माधव नेपालको अवस्था माओवादी र काग्रेसले राम्रो सँग वुझेका छन् । त्यसैले पनि मान अपमानको वर्षा माधव नेपालमाथी वेजोड भईरहेको छ।
स्थानिय तहमा झै संघिय चुनावमा पनि केन्द्रको गठवन्धनको निर्णयले आम जनता र कार्यकर्ता मान्ने तहमा छैन । पार्टी विचार र सिद्धान्तमा चल्दछ । जितका लागी गठवन्धन । जितको मुख्य उद्येश्य के हो भन्ने वुझाउन नसक्ने हो भने गठवन्धन के का लागी ? अहिलेको मुख्य प्रश्न यहि हो । फगत शक्ति र सत्ताका लागी नेपाली जनता सधै सति जादैन भन्ने कुरा माधव नेपालले अव पक्कै वुझलान् ।
एमाले र केपी ओली हराउन गठवन्धन । यसैका लागी मात्र गठवन्धनलाई जनताले जिताउछन् भन्ने माधव नेपालको सोच नै शक्ति र आफु केन्द्रित छ । जुन आम जनताले वुझिसकेका छन् । ओली सँगको कुष्ठा र महत्वकांक्षाले अन्तत माधव नेपाललाई पतन गरायो । ओली रहलान वा नरहलान् तर एमाले रहिरहनेछ र एमाले परिवर्तनका संवाहक भन्ने समेत नवुझेका माधवको रोईलोले वैतरणी तर्न नसक्ला !


चुनावको घोषणा सँग समाजवादीवाट नेकपा एमालेमा फर्कनेको लहरले माधव नेपाललाई पिरोलेको छ । अवसरका लागी गएका नेताहरु माधव नेपालको शक्तिक्षीण सँगै फर्कने अभियानमा छन् । सासंदहरु पनि पुन सासंद वन्न पाईने लोभमा वसेका माधव नेपालको अवस्था माओवादी र काग्रेसले राम्रो सँग वुझेका छन् । त्यसैले पनि मान अपमानको वर्षा माधव नेपालमाथी वेजोड भईरहेको छ ।


एमाले र केपी ओली हराउन गठवन्धन । यसैका लागी मात्र गठवन्धनलाई जनताले जिताउछन् भन्ने माधव नेपालको सोच नै शक्ति र आफु केन्द्रित छ । जुन आम जनताले वुझिसकेका छन् । ओली सँगको कुष्ठा र महत्वकांक्षाले अन्तत माधव नेपाललाई पतन गरायो । ओली रहलान वा नरहलान् तर एमाले रहिरहनेछ र एमाले परिवर्तनका संवाहक भन्ने समेत नवुझेका माधवको रोईलोले वैतरणी तर्न नसक्ला ! जीवनका उत्तरार्धमा माधव नेपाल कम्युनिष्ट आन्दोलनको नै धमिरा वने ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.