व्यास नगरपालिकाको एकीकृत घुम्ति शिविर शुरु (फोटोफिचर)

व्यास नगरपालिका

व्यास नगरपालिकाले एकीकृत घुम्ति शिविर शुरु गरेको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुष्ठ न्यौपानेले एकीकृत घुम्ति शिविर्र एक कार्यक्रमको विच उद्घाटन गर्नुभएको थियो । पुस ११ गते देखि २० गते सम्म चल्ने घुम्ति शिविर १४ वटै वडामा संचालन हुने प्रमुख प्रशाशकिय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।
एकीकृत घुम्ति शिविरको उद्घाटन गर्दे नगरप्रमुख वैकुष्ठ न्यौपानेले जनताको आवश्यकतालाई ध्यानमा राखेर घुम्ति शिविर संचालन गरिएको वताउनुभयो । वडा र पालिकावाट हुने सम्पुर्ण सेवा घुम्ति शिविरवाट प्राप्त हुने हुँदा जनताको आवश्यकता र चाहना पुरा गर्न शिविर संचालन गरेको वताउनुभयो । एकै ठाँउवाट जनतालाई सम्पुर्ण सेवा दिईएको हुदाँ यसको उपयोग गर्न समेत प्रमुख न्यौपानेले आग्रह गर्नुभयो ।


शिविरमा प्रशासन शाखा अन्तरगत सामाजिक सुरक्षा भत्ताको कार्ड वितरण, व्यक्तिगत घटना दर्ता, योजना सम्झौता तथा किस्ता सिफारिश, कृषि उपशाखा अन्तरगत वालीहरुमा देखापर्ने रोगको जैविक विषादी वितरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, तरकारीको उन्नत वीउ वितरण गर्ने, कृषकलाई प्राविधिक प्रशिक्षण दिईनेछ ।


यसैगरि घुम्ति शिविरमा स्वास्थ्य तथा जनसंख्या शाखा अन्तरगत विशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य परिक्षण गर्ने, परिवार नियोजन सेवा, पाठेघरको मुख र स्तन क्यान्सरको परिक्षण, एचआईभी, टिभि तथा औलो रोगको परिक्षण, मधुमेह र उक्त रक्तचाप परिक्षण, कोभिड १९ खोप सेवा, आङ्गखस्ने समस्या जाँच र उपचार, औषधी वितरण सेवा, स्वास्थ्य सेवाको परामर्श सेवा, २ वर्ष मुनिका वालवालिकाहरुको वृद्धि अनुगमन र पोषण सेवा सम्वन्धि सेवा दिईनेछ ।
आयुर्वेद ईकाई अन्तरगत विभिन्न २५ किसिमको आयुर्वेद औषधी वितरण र आयुर्वेद्ध सेवा सम्वन्धि ज्ञान दिईने, पशुपक्षी उपशाखा अन्र्तगत पशु स्वास्थ्य सेवाको लागी उपचार, रोग निदान, माईनर सर्जिकल सेवा, पशु स्वास्थ्यका लागी औषधी वितरण, पशु भ्याक्सिन लगाउने सेवा दिईनेछ ।


महिला वालकल्याण तथा समाजकल्याण उपशाखा अन्तरगत ज्येष्ठ नागरिक परिचय पत्र वितरण, अपाङता परिचय पत्र वितरण, महिला विकास सम्वन्धि जनचेतना अभिवृद्धि कार्यक्रम संचालन हुने प्रमुख प्रशाशसकिय अधिकृत हरिराम नागिलाले वताउनुभयो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.