पालिका जनजीविकाको सवालमा गम्भिर छ – अध्यक्ष श्रीप्रसाद श्रेष्ठ (फोटोफिचर)

३४ जनालाई निस्सा वितरण

म्याग्दे, तनहुँ

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आम जनजीविकाको सवालमा गम्भिर भएको वताउनुभएको छ । म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई वडा नं ३ मा निस्सा वितरण गर्ने कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा वताउनुभएको हो । जनताको आवश्यकतालाई मध्यनजर गरेर पालिकाले विभिन्न कार्यक्रम गर्दे आएको वताउनुहुदै जनताले अनुभुति हुने गरि काम गर्ने दावी समेत गर्नुभयो ।


वडा नं ३ का वडाध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे रहनुभएको थियो ।


म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे–३, मा अव्यवस्थित तर्फ २९ जना, भुमिहिन सुकुम्वासी तर्फ २ जना र भुमिहनि दलित तर्फ ३ जना गरि कुल ३४ जनालाई निस्सा वितरण गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथी पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुकुम्वासीको समस्या राज्यको दायित्व भएको हुदाँ जुन सरकार आएपनि काम जहाँ पुगेको छ, त्यहिवाट शुरु हुने वताउनुभयो । ओली सरकारको पालमा गठित आयोगले गरेको कामले नै यहाँसम्म आईपुगेको हुदाँ सरकारले ढिलो चाँडो यसको समाधान गर्ने वताउनुभयो । विगतमा सुकुम्वासीको नाममा हुकुमवासीले जग्गा प्राप्त गरेको हुदाँ त्यसो नगर्न र आम जनतालाई भुमिसँगको अधिकार दिलाउनका लागी सवैले सहायोग गर्नुपर्ने वताउनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथी गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जग्गा प्राप्तिको लागी यो निस्सा वितरण केही नभएको तर यो नै सवै भएको वताउनुभयो । यसैको आधारमा जग्गा प्राप्तिको प्रक्रिया अगाडी वढ्ने हुदाँ सरकार परिवर्तनले यो काममा केही असर नगर्ने वताउनुभयो । निस्सा वितरणका शुरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुदाँ ढिलो भएको हुदाँ यहि निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने र जग्गाको नाँपजाँचको काम शुरु हुने वताए ।


लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


निस्सा वितरण कार्यक्रम पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ भने वडा नं १,२ र ३ नं वडामा सम्पन्न भईसकेको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.