समाज रुपान्तरणको लागी सहकारीको भुमिका महत्वपुर्ण – वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ (फोटोफिचर)

व्यास नगरपालिका वडा नं ५,

फोटो – आश्विन किशोर श्रेष्ठ

व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ ले समाज रुपान्तरणका लागी सहकारीको भुमिका महत्वपुर्ण भुमिका भएको वताउनुभएको छ । श्री दभुङ्ग वहुउद्येश्यीय सहकारी संस्थाको प्रथम सााधरणसभालाई सम्वोधन गर्दे अध्यक्ष श्रेष्ठले सो कुरा वताउनुभएको हो ।


समाजमा परिवर्तनका लागी सहकारी भरपर्दो माध्याम भएता पनि सहकारी आफनो उद्येश्यअनुरुप नचल्दा त्यसले समस्या पारेको छ । एकअर्काको सहकार्य मात्र समाज मा धेरै कुरा गर्न सकिने हुदाँ वहुउद्येश्यीय सहकारीको दायरा धेरै फराकिलो भएको समेत अध्यक्ष श्रेष्ठले वताउनुभयो । सहकारीले अव उत्पादन र कृषिमा जोड दिनुपर्दछ । नगरपालिकाले कृषि र उत्पादनमा जोड दिएको हुदाँ अव त्यसका लागी वडाले सकेको सहयोग गर्ने वताउनुभयो । अव सहकारीले सामुहिक खेतीमा जोड दिन, हाट वजार संचालन गर्न समेत आग्रह गर्नुभयो ।


संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रथम साधारणसभामा मानुङ्ग वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकाजी श्रेष्ठ, कण्टार चापाघाट खानेपानीका सचिव सन्त कुमार श्रेष्ठ, वडासदस्य खिम वहादुर थापा, संस्थाको संस्थापक अध्यक्ष काजीमान श्रेष्ठ, पतेनी टोल विकास समितीका अध्यक्ष सुरेन्द्र पौडेल, सहसचिव आश्विन किशोर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा संस्थाका लेखा समितीका संयोजक विष्णुकुमार श्रेष्ठले लेखा प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन र सचिवले समग्र प्रतिवेदन पेश गरेका थिए ।


२५८ जना शेयर सदस्य रहेको वहुउद्येश्यीय सहकारीले तोरी मिल संचालनका लागी प्रक्रिया अगाडी वढाएको अध्यक्ष मोहन कुमार श्रेष्ठले वताए । सहकारी ऋण र वचतलाई मात्र प्राथमिकता नदिई उत्पादन र कृषिलाई जोड दिने अध्यक्ष श्रेष्ठले वताए ।


कार्यक्रममा उपाध्यक्ष तिर्थ कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने ऋण समिती संयोजक पदम कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो । कार्यक्रमको संचालन संस्थाको सचिव राजकुमार श्रेष्ठ विविले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.