मौरीपालक किसानको मेहनत खेर जादैनः गाउँपालिका अध्यक्ष अधिकारी

जनक श्रेष्ठ, लमजुङ

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मौरीपालक किसानहरुले यस पेशामा गरेको मेहतन खेर नजाने बताउनु भएको छ । दोर्दी गाउँपािलकाको आयोजनामा आईतबारदेखि सुरु भएको मौरीपालक सम्बन्धि ७ दिने तालिमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष अधिकारीले यस्तो बताउनु भएको हो । मौरी पालन व्यवसाय राम्रो रहेको र महको माग पालिका र पालिका बाहिर समेत राम्रो भएकाले किसानको दुःख अनुसारको आम्दानी हुने उहाँको भनाई छ । मौरी पालन किसानलाई आईपर्ने समस्याको समाधान गर्न सहयोगमा बताउँदै उहाँले यसमा दुक्क भएर व्यवसायमा लाग्दै सफल व्यवसाय बन्नुपर्नेमा जोड दिनुभयो । मौरीपालक किसानहरुका लागि यस तालिमले व्यवसाय गर्न थप सहज बनाउने समेत उहाँले बताउनुभयो ।

तालिममा सहभागिहरुलाई तालिममा व्यवसाय सम्बन्धि कुराहरु सिकेर व्यवहारमा उतार्न गाउँपालिा अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो । त्यस्तै, गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कृषिशाखा प्रमुख बेन्जु अधिकारीका अनुसार तालिममा कम्तिमा २ वटा मौरी घार सञ्चालन गर्दै आएका पालिकाभित्रका नौ वटै वडाबाट गरी ३० जनाको सहभागिता रहेको छ । सहभागिलाई मौरी प्रशिक्षक प्रेम अधिकारी र ललित गुरुङ साथै कृषिशाखाका कर्मचारीहरुले प्रशिक्षण दिने भएको छ । सहभागीहरुलाई मौरी पालन व्यवसाय, गोला विभाजन, शत्रु व्यवस्थापन, मौरीमा लाग्ने रोग उपचार विधिलगायतका बारेमा प्रशिक्षण दिने कृषि शाखाले जनाएको छ । उद्घाटन कार्यक्रमको कृषि शाखा प्राविधिक सहायक निरान्जन पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कार्यक्रममा प्रशासन शाखा प्रमुख भिमप्रसाद लामिछाने, आन्तरिक लेखा परिक्षक मानबहादुर बुढालगायतको उपस्थिति थियो । कार्यक्रम गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य अम्विका मरहठ्को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृषिशाखा प्रमुख अधिकारीले गर्नुभएको थियो । तालिममा सहभागिहरुले तालिम पश्चात् दक्ष मौरीपालक किसान बन्ने अपेक्षा गरेका छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.