म्याग्दे गाँउपालिकाद्धारा दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर)

म्याग्दे गाँउपालिकाले आ.व. ०७९।०८० को दोश्रो चौमासिकमा सम्पादित वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ०७९ मंसिर देखि फागुण सम्मको पालिका वाट भएको गतिविधी सम्वन्धि आम नागरिकलाई जानकारी गराएको हो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं १,२ र ३ नं वडाका वडासचिव र पालिकाका विषयगत शाखा प्रमुखहरुले दोश्रो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएको थियो । पालिकाद्धारा जानकारी गराईएको काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको जवाफ सम्वन्धित पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडाध्यक्षले जवाफ दिएका थिए ।


स्थानीय तहहरु सन्चालन गर्न बनेका ऐन नियमहरुले खास गरि नगरपालिका र गाउँपालिकाहरुले एक आर्थिक वर्षमा सम्पादन गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी दिन तथा नागरिकको राय, सुझाव प्राप्त गर्न, स्थानीय स्वायत्त शासन ऐन, २०५५, स्थानीय स्वायत्त शासन नियमावली २०५६, तथा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ ले स्थानीय निकायको सन्चालन प्रक्रिया तथा अपनाउनु पर्ने शुसासनको प्रत्याभुतीको लागि सार्वजानिक सुनुवाई गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए ।


ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थालाई सरल तथा प्रभावकारी ढङ्गले सन्चालन गर्न सहज होस् भनेर नेपाल सरकारले सार्वजानिक सुनुवाई कार्यविधि, २०६७ कार्यान्वयनमा ल्याएको र यस निर्देशिका बमोजिम कुनै पनि स्थानीय तहहरुले वर्षको तिन पटक सार्वजानिक सुनुवाई गर्नु पर्ने तथा सो कार्य कुनै परामर्शदाता वा विज्ञको सहजिकरणमा गर्नु पर्ने कार्यक्रम अनुसार सार्वजनिक सुनुवाई गरिएको पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताए । आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुदाँ यसको महत्व विशिष्ट रहेको घिमिरेले वताए ।


पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितवहादुर रानाले कार्यक्रमको वारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य जानकी थापा लगायतले धारणा राखेका थिए । यसैगरि कार्यक्रममो सहजीकरण वि वि मिडिया प्रा.लिले गरेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.