प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ-मनाङको वार्षिक भौतिक प्रगती ९१.४ प्रतिशत

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ-मनाङको वार्षिक भौतिक प्रगती ९१.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९-८० को कार्यालयको यतिका वार्षिक भारित प्रगती भएको हो । यस कार्यालयको पूँजिगत तर्फ १०. ३५ प्रतिशत प्रगती भएको छ भने, चालूतर्फ ८१.१० प्रतिशत प्रगती भएको छ ।

परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार पूजिगततर्फ बार्षि प्रगती लक्ष्य १०.३५ रहेकोमा यतिनै अर्थात १०० प्रतिशत नै प्रगती भएको छ । त्यस्तै, चालूतर्फ ८९.६५ रहेकोमा ९०.४६ प्रतिशत प्रगती भएको छ । त्यस्तै, कार्याललयको बार्षित वित्तिय प्रगती ८३.७१ प्रतिशत भएको छ । सोमध्ये पूँजिगततर्फ ८९.८४ प्रतिशत प्रगती भएको छ भने, चालूतर्फ ८३ प्रतिशत प्रगती भएको परियोजना कार्यालयले जनाएको छ ।

गत आवमा विनियोजन भएको ५ करोड १० लाख ६९ हजारमध्ये ४ करोड २७ लाख ५२ हजार रुपैयाँ खर्च भएको उक्त परियोजना कार्यालयले जनाएको छ । यस कार्यालयले लमजुङमा अलैँची, मौरी, तरकारी, सुन्तला जातका फलफुल, बाख्रा लगायतका क्षेत्रमा कार्यक्रम संचालन गर्दै आएको छ । त्यस्तै, मनाङमा स्याउ, ओखर, आलु, दलहन, चौरी गाईको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

लमजुङमा अलैँची जोन, तरकारी जोन र मौरी जोन रहेको छ भने, मनाङमा स्याउ जोन र आलु जोन रहेको उक्त कार्यालय प्रमुख अजय अधिकारीले बताउनुभयो । साथै यस परियोजनाले चक्लाबन्दी कार्यक्रम, कृषि प्रदर्शन, प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायीक कृषि उत्पादन कार्यक्रमहरु पनि सचालन गरेको छ ।

कृषक संस्थाहरुको क्षमता अभिवृतिको लागि समय समयमा जिल्ला स्तरीय तालिम, स्थलगत तालिम, र परियोजनाबारे सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले गोष्ठी, अन्तरनिकाय संयूक्त भ्रमण लगायतका कामहरु समेत सम्पन्न गरेको छ । यस परियोजनाको प्रभाव जिल्लामा राम्रो रहेको देखिन्छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.