तनहुँको दमौलीमा विश्व ॐकार तथा हिन्दु महामिलन पर्व सुरु


चार वेद १८ पुराणका रचयिता वेदव्यासको जन्मस्थल दमौलीलाई विश्वमाझ चिनाउने उदेश्यले तनहुँको व्यास नगरपालिका ३ व्यास गुफा परिसरमा विश्व ॐकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा आठौ विश्व ॐकार तथा हिन्दु महामिलन पव सुरु भएको हो । महामिलन पर्वको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ डा. भक्त राईले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राईले व्यास पराशर क्षेत्र निकै महत्त्वपूर्ण क्षेत्र भएको बताए । वैद्दिक संस्कृति केवल संस्कृति नभएर विज्ञान समेत रहेको डा राईको भनाई छ । समय समयमा हुने धार्मिक अनुष्ठानले सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने समेत उनले बताए । वेदका अनुयायीहरू विश्वभर रहेको र व्यास क्षेत्रको विकासको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताए । वेदका अनुयायीलाई जोड्ने आधार वेद रहेको उनले बताए ।

वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमिति उपाध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति स्वरूपानन्द दामोदर वावाले विश्व ॐकार तथा हिन्दु महामिलन पर्वको माध्यमबाट व्यास क्षेत्रलाई विश्वमाझ चिनाउन कार्यक्रम गरिएको बताए । व्यास अष्टचिरञ्जीवी मध्ये एक भएको कारण उहाँ अझैपनि व्यास क्षेत्रमा रहेको उनले बताए ।

व्यास अध्येता काशीनाथ न्यौपाने सबै ॐकार परिवार एक हुनुपर्ने बताए । यस्ता कार्यक्रमले व्यास क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्ने बताए ।

कार्यक्रममा कृष्ण प्रणामी धाम पोखरा २७ का विष्णु वशिष्ट महाराज, वेदानुयायी प्रतिष्ठान सचिव अन्जनराज न्यौपाने लगायतले व्यास क्षेत्रको प्रचारप्रसारको लागि कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका आजिवन सदस्य पण्डित पुरसोत्तम सोतीले राखेकोे कार्यक्रमको सहजीकरण महासचिव ऋषिराम ढुँगाना सेवकले गरेका थिए । यसैबिच कात्तिक महिनाको प्रत्येक दिन महामिलन पर्व हुने कार्यक्रम रहेको छ । जसमा प्रत्येक दिन प्रवचन लगायतका अनुष्ठान हुने आयोजकले जनाएको छ ।

कात्तिक १६ गतेबाट संस्कृतिविद् नेपाल ऋषि डा जगमान गुरुङ र भागवतलङ्गार नेत्र पराजुलीबाट श्रीमद्भाभागवत ज्ञान महायज्ञ हुनेछ । त्यस्तै २४ गते श्रीमद्भाभागवत ज्ञान महायज्ञको समापन महेशसन्यास आश्रम देबघाटधामका पिठाधिश स्वामी १००८ रमणानन्द गिराीजी महाराजबाट हुने बताइएको छ । भने महामिलन पर्वको समापनका दिन कात्तिक ३० गते काशी भारतका अनन्त विभुषित स्वामी परासरजी महाराजबाट हुने बताइएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.