पोखरा, जेठ २३ गते
पोखराको रत्नचोकमा रहेको ला ग्रान्डीका बिबिए अन्तिम सेमेष्टरका विद्यार्थीहरुद्धारा बुधबार रेडियो बाराही ९९.२ को स्थलगत अवलोकन गरेका छन् ।
सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्यले यस अवलोकन कार्यक्रमको आयोजना गरिएको प्राध्यापक दिपेन्द्र पहारीले बताउनुभयो ।
विद्यार्थीहरुलाई मिडिया र व्यवस्थापनको अन्तरसम्बन्धका बिषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा झन् प्रभावकारी हुने पहारीको भनाई थियो ।
सो अवलोकनमा रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरेमात्र विश्व विद्यालयले प्रदान गरेको ज्ञानले सार्थकता पाउने बताउनुभयो । उहाँले व्यवस्थापन बिषय हरेक मामलामा उत्कृष्ट बिषय रहेको भन्दै यसलाई हरेक क्षेत्रमा उपयोग गर्न सक्ने भनाई राख्नुभएको थियो ।

रेडियो आफैमा एउटा सुचनाको संवाहक रहेको हुँदा अहिलेको समयमा रेडियो आधुनिकता तिर ढल्किदै गई केही परिस्कृत भएको समेत उहाँले बताउनुभयो ।
कार्यकारी निर्देशक पौडेलले पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजन जस्ता संचारका माध्यममा मिडिया र म्यानेजमेन्टको अन्तरसम्बन्धका बिषयमा आफ्ना अनुभवहरु विद्यार्थी समक्ष राख्नुभएको थियो ।
उहाँले रेडियोको स्थापनासँगै उपयोग साथै प्रभावकारितामा बारे जानकारी दिनुभएको थियो ।
सो अवलोकनमा आएका विद्यार्थीहरुले रेडियोसग सम्बन्धित आ–आफ्ना जिज्ञासा पनि राखेका थिए ।
अवलोकनमा बिबिए अन्तिम सेमेष्टरका करिब ३५ जना विद्यार्थी सहित रेडियो बाराहीका कर्मचारीकहरुको सहभागिता रहेको थियो ।








