साउनको पहिलो सोमवार दमौलीका विभिन्न शिवालयमा भक्तजनद्धारा पूजाअर्चना

यस वर्षको पहिलो सोमवार तनहुँको व्यास पराशर क्षेत्र लगायत विभिन्न शिवालयमा भक्तजनले पूजाअर्चना गरेका छन् । साउनलाई भगवान शिवको प्रिय महिना र साउनको सोमवारलाई झनै बिशेष मानिने भएको कारण भक्तजनहरुको दमौलीका विभिन्न शिवमन्दिरमा पुजाअर्चनाको लागि पुगेका थिए । व्यास नगरपालिका ३ स्थित व्यास क्षेत्रमा रहेको शिवपाञ्चायन मन्दिरमा भक्तजनहरु शिवलाई जल चढाउन र पुजाअर्चनाको लागि पुगेका थिए । विगतको वर्षको तुलनामा यस वर्षको साउनको पहिलो सोमवार भक्तजनको उपस्थिति कम देखिएको व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईले जानकारी दिए । यस वर्ष गत साउनको सोमवारको तुलनामा भक्तजनको संख्या कम रहेको उनले बताए ।

साउनको पहिलो सोमबार व्यास ५ मा रहेको पराशरेश्वर महादेव मन्दिरमा पनि भक्तजनहरु पूर्जाअर्चनाको लागि पुगेका थिए । विभिन्न मनोकांक्षा राखेर शिवको पूर्जाअर्चनाका लागि पुगेका विभिन्न भक्तजनहरु विगतका बर्षमा जस्तै यस वर्षपनि शिवको पूर्जाअर्चनाको लागि मन्दिरमा आएको बताएका छन् ।

साउन महिना नै सिवजीको महिना र सोमवार विशेष दिन भएको व्यास ५ स्थित महर्षि वेदव्यास वेद विद्याश्रमका शिक्षक रोहित वाग्लेले जानकारी दिए । साउनको सोमवार शिवको पुजा गर्दा मनोकांक्षा पुरा हुने उनले बताए ।

ब्राम्हण समाज नेपालका केन्द्रिय कोषाध्यक्ष उपेन्द्र लम्सालले टोलटोलमा शिव मन्दिर बढेको कारण पनि भक्तजनहरु विभिन्न स्थानमा बाढिएको कारणपनि भक्तजनहरुको मन्दिरहरुमा विगतको तुलनामा कमको सहभागीता रहेको बताए । यद्यपी धार्मिक जागरण भने बढेको बताए ।

शिवपाञ्चायन मन्दिर, पराशरेश्वर महादेव मन्दिर सहित व्यास ३ को दुर्गा मन्दिर, व्यास ४ व्यास २ को पुल्चोक व्यास १ को को विभिन्न शिवालयमा भक्तजनहरु पुजाअर्चनाका लागि पुगेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.