म्याग्दे गाँउपालिकाले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर म्याग्देको उद्येश्य, वालमैत्री घोषणा भन्ने विषयवस्तु राखेर गरिएको तीज गीत प्रतियोगितामा १८६ अंक सहित गणेश आमा समुह प्रथम हुन सफल भएको छ ।
२९ टिम सहभागिता रहेको उक्त तीज गीत प्रतियोगितामा भीमसेन टोल आमा समुह दोश्रो भएको छ भने, संगम आमा समुहले तेश्रो स्थान र एकता मगर समाजले सान्त्वना पुरस्कार हात पारेको छ ।

पालिकाले पालिकामा वालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको र आम दिदी वहिनीमार्फत चेतना जगाउन वालमैत्री तीज गित कार्यक्रम गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए ।

तीज गीत प्रतियोगितामा प्रथम हुनेले १८ हजार, द्धित्तिय हुनेले १५ हजार र तृतिय हुनेले १२ हजार र सान्त्वना हुनेले ७ हजार नगद प्राप्त गरेका छन् ।
