म्याग्देका जनप्रतिनिधीहरुलाई २ दिने योेजना तर्जुमा प्रशिक्षण शुरु

वन्दिपुर

स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको साझेदारी र म्याग्दे गाँउपालिकाको आयोजनामा म्याग्दे गाँउपालिकाका नवनिर्वाचित जनप्रतिनिधी कर्मचारीहरुका लागी २ दिने योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको सो कार्यक्रममा स्थानिय विकास प्रशिक्षण का उपनिर्देशक हरिकृष्ण कोईराला, श्रोत व्यक्ति उदय खनाल लगायतले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई जनप्रतिनिधिको हक अधिकार सम्वन्धि तालिम दिने म्याग्दे गाउँपालिकाका प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीेले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा वन्दिपुर गाँउपालिकाका अध्यक्ष सुरेन्द्र थापाले अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधीलाई काम कर्तव्य र अधिकारीको वारेमा सुसिुचित हुने अवसर प्राप्त गर्ने वताए । जनप्रतिनिधीहरुले जनताका कामका वारेमा जानकारी लिने र कार्यन्वयन गर्ने हो भने जनताले सहज सेवा पाउने समेत विश्वास गर्नभयो । यसैगरि म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जनप्रतिनिधी सधै अनभिज्ञ वन्दा कार्यसम्पादनमा कठिनाई आएको हुदाँ यसको व्यवहारिक कार्यन्वयनमा प्रशिक्षण फलदायी हुने समेत वताए ।
२ दिन सम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा शुभारम्भ, स्थानिय तहको काम कर्तव्य र अधिकार, वडा समिती र वडाध्यक्षको काम कर्तव्य र अधिकार, संघ, प्रदेश र स्थानिय तहविचको अन्तरसम्वन्ध सम्वधि प्रशिक्षण रहनेछ । यसैगरि स्थानिय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तिय हस्तान्तरण, स्थानिय तहमा उपभोक्ता समितीको गठन, काम कर्तव्य र अधिकार, व्यवहिारिक समस्या केन्द्रित छलफल र सार्वजनिक खरिद, विकास योजना, भवन निर्माण सम्वन्धि आचार सहिंता तथा मापदण्ड कार्यक्रम, मुल्यांकन सम्वन्धि अभिमुखीकरण हुनेछ ।
यसैगरि अभिमुखीकरणको दोश्रो दिन स्थानिय तहको योजना तर्जुमा प्रक्रिया, मध्यमकालिन खर्च संरचन, सकारात्मक सोच र स्थानिय तहमा सुशासन प्रव्रर्धन, स्थानिय तहको असल अभ्यास र संघ र प्रदेश र स्थानिय तहको अन्तरसम्वन्ध सम्वन्धि प्रशिक्षण हुने कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम म्याग्दे गाँउपालिकाका अधिकृत श्रीराम खनालले संचालन गर्नुभएको सो अभिमुखीकरण कार्यक्रमा म्याग्दे गाँउपालिकाभित्रका वडा वडाध्यक्ष, सदस्य, कार्यकारीणी सदस्य, कर्मचारी लगायत जनप्रतिनिधीहरुको उपस्थिती रहेको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.