वि वि श्रेष्ठ,
म्याग्दे
हरितालिका तीजको अवसरमा म्याग्दे गाँउपालिका स्तरीय खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । नेपालीहरुको मौलिक चाडको रुपमा रहेको तीजको अवसरमा म्याग्दे गाँउपालिकाले पालिका स्तरीय तीज गीत प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्रघाटन गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
२१ महिला समुह सहभागी भएको उक्त प्रतियोगितामा संगम आमा समुह पहिलो भएको छ भने दोश्रो स्थानमा मिन मावि छात्रा समुह थर्पु, गणेश आमा समुह वेलटारले तेश्रो स्थान हासिल गरेको थियो । पालिकाभरको आमा समुहहरुको उपस्थित िरहेको प्रतियोगितामा प्रजनन स्वास्थ्य र वाल अधिकार, समृद्ध म्याग्दे हाम्रो सरोकार विषयमा सहभागिहरुले गीत संगितको माध्यामवाट प्रस्तुति दिएका थिए । प्रतियोगितामा प्रथम, दित्तिय र तृतिय हुनेलाई क्रमशः १० हजार, ८ हजार र ८ हजार पुरस्कार प्रदान गरिएको थियो ।
यसैवीच म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला र संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य भएको वताए । दिदीवहिनी, आमाहरुले वर्षभरिका तितामिठा घटनालाई तीज गीतको माध्यामवाट प्रस्फुटन गर्ने अवसरको दिन भएको वताए । मौलिक परम्परायुक्त तीज गीतको संरक्षण हामी सवैको दायित्व हो । तीज गीतको माध्यामवाट महिलाको प्रजननको स्वास्थ्य र वाल अधिकारको विषय उठानले समाजिक चेतनाको अभिवृद्धि हुने समेत अध्यक्ष श्रेष्ठले वताए । तीज आफैमा मौलिक संस्कृति भएको हुँदा तीज मनाउने नाममा यसलाई भड्किलो र संस्कृति विरोधी वनाउन नहुने समेत वताए ।
कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारी, पालिकाका कार्यपालिका सदस्य लगायतले धारणा राखेका थिए ।








