उत्पादन विना विकास असम्भव ः अध्यक्ष श्रेष्ठ


गणेश आमा समुह प्रथम

वि वि श्रेष्ठ
म्याग्दे

प्राङ्गरिक खेती गरौ, स्वास्थ्य कृषि उपज प्रयोग गरौ भन्ने मुल नाराका साथ भएको खुल्ला तीज गीत प्रतियोगितामा गणेश आमा समुह प्रथम भएको छ । हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको तीज गीत प्रतियोगिता उमाचोक अर्गानिक कृषि सहकारी संस्था म्याग्दे–२,गुन्जाराले आयोजना गरेको हो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको सो कार्यक्रममा प्राङ्गरिक खेती प्रणालीलाई जोड दिने सम्वन्धि सहभागीहरुले गीत गाएका थिए । प्रकृति र मानव स्वास्थ्यको रक्षा गरौ, जैविक विविधता वढाऔ विषयमा सहभागीहरुले तीज गीतका माध्यामवाट उजागार गरेका थिए ।


१० टिमले सहभागी रहेको सो प्रतियोगितामा गणेश आमा समुह प्रथम, पसले आधारभुत विद्यालय द्धित्तिय र महिला जागरण आमा समुहले तेश्रो स्थान हासिल गरेको थियो भने खराडी आमा समहुले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजेताहरुलाई क्रमशः ५, ४, ३ र २ हजार सहित पुरस्कृत समेत गरिएको थियो ।
सो प्रतियोगितालाई सम्वोधन गर्दे अध्यक्ष श्रेष्ठले प्राङ्गरिक खेती प्रणालीको विकल्प नरहेको वताए । आधुनिकताका नाममा खाने वस्तुमा समेत मिसावट हुने अवस्था आएको र त्यसले स्वास्थ्यमा गम्भिर समस्या आईपरेको हुदाँ अव परम्परागत खेतीमा नै जानुपर्ने वताए । गाँउपालिकाले कृषि र उत्पादनमा जोड दिएको हुदाँ कुषकलाई गाँउपालिका सँग हातेमालो गरेर अगाडी वढ्न आग्रह गरे । उत्पादन विना विकास असम्भव भएको भएको हुदाँ कुनै न कुनै उत्पादनमा जोडिन अनुरोध गरेका थिए । जव उत्पादन हुदैन, तव सवै समस्याग्रस्त हुने हुदाँ समृद्ध म्याग्देको आधार नै कृषि र उत्पादन भएको वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.