खाजा व्यवस्थापन सामाग्री वितरण

सामुदायिक विद्यालयहरुका लागी दिवा खाजा व्यवस्थापनका लागी समाग्री वितरण गरिएको छ । म्याग्दे गाँउपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा विद्यालयलाई आवश्यक पर्ने थप समाग्री वितरण गरिएको हो । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे र कार्यकारी अधिकृतको रोहवरमा १२ वटा विद्यालयलाई समाग्री वितरण गरिएको हो ।


पालिका भित्र रहेका पसले आधारभुत विद्यालय, रत्न मा वि, विजया आ.वि, अकला आ.वि, गणेश मावि, प्रभा आ.वि, मिन मा.वि, गणपति मा.वि, महेन्द्र मा.वि, राधा मा.वि, वेदकालिका, पार्वती प्रा.वि लाई विद्यालयमा आवश्यकता पर्ने कचौरा, गिलास, चम्चा, वाटा, चक्कु, जग, चुलो, पनियो, डाडु, वाल्टी, सिलिण्डर, देउची र कुकर लगायतको समाग्री वितरण गरिएको हो ।


वितरण कार्यक्रममा सम्वोधन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यालयमा समाग्रीको वितरणले विद्यार्थीको भोजन र स्वास्थ्यमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । पालिकाले विद्यालयको गुणस्तर सुधारमा दिवा खाजाको व्यवस्था गरेको र आवश्यक समाग्री सहयोग गरेको वताए । विद्यार्थीलाई स्वास्थ्यवर्धक खाजाले विद्यार्थीको स्वास्थ्यमा सकारात्मक सोचको विकास भई समाज रुपान्तरणमा भुमिका खेल्ने हुने हुँदा यसको अधिकतम प्रयोग गर्न विद्यालयलाई आग्रह गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.