अविचल आस्था मणि
लेख्ने काव्य विनोद भर्न मनमा चम्कन्छ स्रष्टा स्वयं सादा जीवन उच्च सोच गरिमा कैल्यै नबन्ने द्वयं वार्तारम्भ हेरम्ब साथ गहिरो साँच्चै सफा सर्वथा यो हो प्राकृत पद्धति अचमको आफ्नै सवारी कथा
आत्मामा शुभ कामना सरलता सौन्दर्य हुन्छन् खडा आँखामा सपना सविस्तृत हुने माधूर्य देखेँ घडा उम्दा उन्नत चाहना छ कविको उत्साहमा भर्भर यात्राको शुभ मार्गमा अघि बढौं भन्दै गरे तर्खर
जादू गर्दछ प्रेमले हृदयमा चस्का च्यसक्कै दिई लेख्छन् रोचक प्रेमपूर्ण कविता औचित्यमा हौसिई गर्छन् वर्णन काव्यमा कवि सफा आलोक डाकी नव पढ्ने पाठक रोज्दछन् कवि यिनै भन्दै खुला गौरव
गर्दैछन् कवि वन्दना प्रकृतिको उद्यानमा आउँदा बन्छन् झल्मल दृश्य झन् प्रकृतिकै आनन्द झल्काउँदा पर्खेकी छ अनामिका उदयको बाटो नयाँ झल्मल आकाङ्क्षा नवनायिका अचमकी फाल्छिन् सबै अल्मल
खान्नन् केवल यी हरेस कविले छन् हौसलामा सदा उच्चा बन्दछ प्रेममा प्रकृतिको आरामदायी कथा ल्याएका उपकार छन् हृदयले औत्सुक्य ताजा तथा काव्योपासनमा सहायक बनिन् आमा रमा, शारदा








