एमालेका प्रदेश उम्मेदवार महत भन्छनः विकास र सपना मात्र होइन योजना लिएर आएको छु ।

दुलेगौंडा, १७ कार्तीक ।

नेकपा एमालेका नेता एवम् तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले विहिवार शुक्लागण्डकी–११ का विभिन्न क्षेत्रबाट मतदाता भेटघाट शुरु गरेका छन् । उनले वडाको जरेवर, नाम्सीकोट, पाल्पालीछाप, अलैचे, दशगाहा लगायतका क्षेत्रमा पुगि आफ्ना योजना मतदातालाई सुनाए । विभिन्न स्थानमा भएको भेटभाट र अन्तरक्रियामा उम्मेदवार महतले आफु विकास र सपना मात्र नभई योजना लिएर आएको प्रष्ट पारे ।

उनले निर्वाचित भएर गएपछि पाँच वर्ष जनताको घरदैलोमा छाइरहने बताए । भेटघाटका क्रममा जिल्ला कमिटी सदस्य गोविन्द महत, नगर कमिटी सदस्य रमेश महत, मणिरत्न सिग्देल शुक्लागण्डकी– ५ का वडा कमिटी अध्यक्ष प्रकाश तिमील्सीना, वडा नं. ११ का उपाध्यक्ष निलकण्ठ अर्याल, लगायतको सहभागिता रहेको थियो ।

अभियान अन्तरगत शुक्रवार वडा नं. १ को थप्रेक, वडा नं. २ को दगाम र वडा नं. ७ का विभिन्न क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिने महतको सचिवालयले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.