विदेशवाट फर्केर होजियारी उद्योग (फोटोफिचर)

व्यास–५, रानीटारी

१९ वर्ष लामो विदेशको वसाई सकेर श्रीकुमार श्रेष्ठले होजियारी उद्योग संचालनमा ल्याएका छन् । गएको वर्षमा विदेशवाट फर्केर के गर्ने भन्ने दुविधामा परेका श्रीकुमार श्रेष्ठले व्यास नगरपालिका वडा नं ५ मा चण्डीदेवी होजियारी उद्योग संचालन गरेका हुन् ।
जीवनका उर्वर भुमि विदेशमा विताएका श्रीकुमार श्रेष्ठले ११ लाख लगानी गरेर आफनै घरमा होजियारी उद्योग खोलेका हुन् । लेडिज, जेन्स स्विटर, स्कुल ड्रेसका सुईटर, टोपी र टाउजर उत्पादन गर्ने होजियारी उद्योगमा श्रेष्ठले १ जना कामदार समेत राखेका छन् ।


विदेशमा सधै कति वस्नु भन्ने मनसायका साथ घरमा आएर उद्योग खोलेको श्रीकुमारले वताए । उत्पादन राम्रो गर्न सकेमा होजियारी उद्योगमा वजारको समस्या नभएको श्रीकुमारले वताए । उत्पादन सँगै वस्तुको क्वालिटीमा ध्यान दिएका छौ, त्यसैले गर्दा वजारको खासै समस्या छैन, श्रेष्ठले भने । आफनो वजार दमौली र दुलेगौाडा सम्म भएको र विक्रीमा कुनै समस्या नभएको समेत श्रेष्ठले वताए । कच्चा पदार्थको आयात गरि वस्तु उत्पादन गरेर विक्री वितरण गर्दे आएको श्रेष्ठले आफनो पेशामा सन्तुष्ठि मिलेको वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.