सधै जनताको घरदैलोमा हुनेछु । विद्या ढकाल (फोटोफिचर)

भानु नगरपालिका वडा नं ५ – मैवल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का क्षेत्र नं १ (क) का उम्मेदवार विद्या ढकालले आफु सधै जनताको घरदैलोमा हुने वताएका छन् । चुनावी अभियानमा क्रममा भानु नगरपालिका वडा नं ५ को मैवलमा भएको घरदैलो कार्यक्रममा वहाँले सो कुरा वताउनुभएको हो ।


मैले राजनितीमा धेरै समय व्यतित गरेको छु । शिक्षण पेशामा आवद्ध हुदाँ समेत भुमिगत भएर जनताको सेवामा मैले धेरै काम गरेको छु । जनताको चाहना भन्दा मेरो कुनै व्यक्तिगत स्वार्थता छैन, उम्मेदवार ढकालले भने ।


राजनितीमा देखिएको विचलनका लागी प्रदेश सभामा उम्मेदवार दिएको छु । विचार, दर्शन र जनचाहनालाई नजिकवाट वुझेको छु । पद प्राप्तिका लागी नभै जनताका लागी उम्मेदवारी दिएको हुँ, ढकालले भने । लामो समयको राजनैतिक आन्दोलन, त्यसले प्राप्त गरेको उपलव्धीको रक्षाको लागी मेरो उम्मेदवारी हो । राजनीतिमा लागेर धेरै कष्ट भोगेको छु, जुन कुरा जनतालाई राम्रो सँग थाहा छ, अवश्य पनि जनताले न्याय गर्नुहुनेछ, अभियानका दौरानमा ढकालले भने ।


जनताको घरदैलोमा जाँदा सकारात्मक प्रभावले उत्साहित भएको विद्या ढकालले वताउनुभयो । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फवाट रामवहादुर गुरुङ र गठवन्धनका तर्फवाट अशोक कुमार श्रेष्ठले प्रतिष्पर्धा गर्देछन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.