तेश्रो भीमकाली महोत्सव हुने (फोटोफिचर)

भीमाद नपा १, को मदननगर, ठुलोवगैचा

आर्थिक, समाजिक, सास्कृतिक पक्षको जगेर्ना गर्ने हेतुले यहि माघ १६ गते तेश्रो भीमकाली महोत्सव हुने भएको छ । गीत, संगित, रचना, श्लोक मार्फत समृद्ध भीमकाली वनाउने अभिप्राय स्वरुप महोत्सव गर्न लागिएको समाजको अध्यक्ष केदार सिग्देलले वताउनुभयो । भीमाद नगरपालिका वडा नं १, को मदननगर ठुलोवगैचामा हुने महोत्सवमा व्यवसायिक कृषकलाई सम्मान का साथमा कृषि समाग्रीको प्रर्दशनी हुनेछ भने उत्कृष्ट कृषक र समाग्रीलाई पुरस्कृत समेत गरिनेछ ।


भीमाद नगरपालिकाको वडा नं १,२, ६, र ७, स्याङजाको चापाकोट नगरपालिकाको ६ र ७ वडा र घिरिङ गाँउपालिकाको २ र ३ कार्यक्षेत्र रहेको समृद्ध भीमकाली समाज ४५ किलोमिटर क्षेत्र आसपास लाई आफनो कार्यक्षेत्र वनाएर काम गर्दे आईरहेको छ ।


समृद्ध भीमकाली समाज भित्र रहेको क्षेत्रमा रहेको स्थानिय कलाकार, गीतकार, साहित्यकारले महोत्सवमा आफनो कलामार्फत भीमकाली समाजको विशेषता कला मार्फत प्रस्तुत गर्नेछन् । कार्यक्षेत्र भित्र रहेको स्थानियलाई आर्थिक, समाजिक रुपमा सवल वनाउने हाम्रो अभियान हो, यसैमा यो महोत्सव केन्द्रित हुनेछ, अध्यक्ष सिग्देलले वताए ।


हरेक वर्षको माघ १६ गते महोत्सव गर्दे आएको तेश्रो भीमकाली महोत्सवमा भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, घिरिङ गाँउपालिकाका अध्यक्ष होम वहादुर थापा, स्याङजा चापाकोट नगरपालिकाका मेयर देव वहादुर खाँडले कार्यक्रममा सम्वोधन गर्नेछन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.