म्याग्दे गाँउपालिकाले निशुल्क माटो परिक्षण शिविर गर्ने

म्याग्दे गाँउपालिकाले यहि मंसिर २५ गते निशुल्क माटो परिक्षण गर्ने भएको छ । पालिकाको कृषि शाखाको आर्थिक वर्ष ०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत माटो तथा मल परिक्षण प्रयोगशाला, पोखराको प्राविधिक सहयोग तथा पालिकाको आयोजनामा निशुल्क माटो परिक्षण शिविर गर्न लागिएको हो ।


जथाभावी रसायनिक मलको प्रयोग तथा चाहिने भन्दा कम प्रयोग गर्नाले वालीलाई नकारात्मक असर पर्न गई उत्पादकत्व पनि घट्न जाने हुदाँ यसको सन्तुलित प्रयोग कसरी गर्न सकिन्छ भन्ने हेतु माटो परिक्षण गरिनेछ ।

किसानलाई आफनो खेत वारीको माटोको अवस्था कस्तो छ, आवश्यक खाद्यतत्व पुगेको छ या छैन, माटो अम्लिय वा क्षारिय छ भन्ने कुराको शिविरमा जानकारी गराईने कृषि शाखाका प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो ।
निशुल्क माटो परिक्षण शिविर यहि फागुण २५ गते म्याग्दे ३ को गणेश आमा समुहको भवनका हुनेछ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.