संकटमा आरन पेशा (फोटोफिचर)


पुर्खादेखि नै गर्दे आएको फल सिंह विकको आरन पेशा अहिले संकटमा परेको छ । वजारमा नयाँ प्रविधिको विकास सँगै आरान पेशा संकटमा परेको हो । भानु नगरपालिका वडा नं ५ मा वर्षो देखि गर्दे आईरहेको आरन पेशा संकटमा परेपछि ६० वर्षिय फल सिंह विकलाई परिवार कसरी पाल्ने चिन्ता थपिएको छ ।


फलामवाट कुटो, कोदालो, फाली, दाउ, हसियाँ,खुर्पा, चुलेसी, वन्चरो वनाउँदै आएको विक वजारमा पलाष्टिक र अन्य भाडाँ आएसँगै पेशा नै संकटमा परेको वताउँछन् । आरनवाट वनेको साम्रागी वलियो र भरपर्दे भएता पनि रेडिमेड समान आएपछि फलामवाट वनाउने समान वन्न कम भएको विकले वताए । विगत देखि नै यहि पेशामा लागियो अव यो पेशाले हातमुख जोर्न पनि सकिदैन, विकले चिन्ता व्यक्त गरे । परिवार र ३ छोराछोरी हुर्काइयोे, अव सम्भव छैन, उनले भने ।


कुटो, कोदालो, फाली, दाउ, हसियाँ,खुर्पा, चुलेसी, वन्चरो अर्जाप्ने मात्र होईन, नयाँ वनाउदै आएका विक विक्री नहुँदा समस्या परेको वताए । आफनो जुनी यहि पेशामा आवद्ध भएता पनि अवको पिढिले यो काम धान्ने अवस्था नभएको विकले वताए । कुटो, कोदालो, फाली, अर्जापेको ज्याला ६० लिने गरेकोमा गाँउमा त्यो पनि नदिने र काम पनि नआउने उनले वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.