म्याग्दे गाँउपालिका वडा नं ४ को कृषि कार्यक्रम अभियान अन्तरगत १६०० थान कागतीको विरुवा शतप्रतिशत अनुदानमा वितरण गरिएको छ । वडामा १ घर १ कागती कार्यक्रम अन्तरगत कृषकलाई सुनकागती २ नामको कागती को विरुवा वडामा वितरण गरिएको वडाका अध्यक्ष दीपक कुमार श्रेष्ठले वताए ।
वडाको १७ वटै टोलको कृषकलाई वितरण गरिएको कागतीको विरुवाले कृषकलाई आत्मनिर्भर वनाउन, स्वनिर्भर वनाउन र आर्थिक रुपमा सवल वनाउने उद्येश्यले कृषकलाई सुनकागती नामक कागतीको विरुवा वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले वताए । यसले उत्पादन दिएपछि कृषकलाई आर्थिक उपार्जनमा सहयोग र कृषीमा उत्पे्ररित गर्न मद्यत पुग्ने अध्यक्ष श्रेष्ठले वताए ।
वडाले वस्नेत मिश्रित फलफुल तथा नर्सरी फर्म गोरखावाट अव्वल जातीको सुनकागती नामको विरुवा खरिद गरि कृषकलाई शतप्रतिशत अनुदानमा वितरण गरेको हो ।








